गणतन्त्र नेपाल मा स्वागत छ
May 29, 2008
हिजो बाट हामी गणतन्त्र नेपाल मा प्रबेस गरेका छौं । जुन कुरा यहाँ लेखन पाउदा गौरव लाग्दछ । अब को नेपाल मा हामी राष्ट्रिय झन्डा को छत्र छाया मा सबै नेपाली एक भएर बस्नेछौ । समान्ती राजतन्त्र अब सदा का लागि हामी बाट बिद भएको छ । नेपाल मा नयाँ ईतिहास कोरिएको छ । अब जनता नै राज्य शक्ती का सञ्चालक अनी राज्य शक्ती का शोर्त हुनेछन ।
अब चारै तिर गणतन्त्र नेपाल को रेखा सिमन्कन भएको छ पूर्व मेची देखी पश्चिम महाकाली सम्म । दरबार बाट राजा को झन्डा हट्नु र नेपाल को राष्ट्रिय झन्डा फहराउनु पनि यसै को उपज हो । अब राजा ले नारायणहिटी छाडेका दिन कुर्न बाँकी छ हामीले ।
गणतन्त्र नेपाल मा सबै एक भएर नेपाली भएर रहन सकौ यही नै हाम्रो शुभकामना सबै लाई