श्रीपेच कहाँ छ ?

June 7, 2008

पर्शुराम काफ्ले/नयाँ पत्रिका

सरकारी समितिले नारायणहिटीभित्रको सम्पत्ति खोजिरहेको छ, तर मुख्य सामग्री श्रीपेच नै अहिलेसम्म भेटेको छैन । राजा भएलगत्तै ज्ञानेन्द्रले हनुमानढोकामा श्रीपेच लगाएका थिए, तर उनी नागरिक बनेपछि श्रीपेचको खोजी भइरहेको छ, तर समितिले भेटेको छैन ।
‘श्रीपेचको अभिलेख आइसकेको छैन,’ सरकारी समितिका संयोजक तथा सामान्य प्रशासन सचिव डा. गोविन्दप्रसाद कुसुमले नयाँ पत्रिकासँग भने । समितिले आइतबार प्रतिवेदन तयार पार्दैछ । समितिमा पुरातत्त्व विभागका महानिर्देशक कोषराज आचार्य, गृह मन्त्रालयका सहसचिव प्रतापकुमार पाठक, महालेखा नियन्त्रकको कार्यालयका एक सहसचिव सदस्य छन् ।

दरबार स्रोतका अनुसार महेन्द्र मञ्जिलमा रहेको पूर्वराजाहरूको ढुकुटीमा श्रीपेच राखिएको छ । ढुकुटीको साँचो ज्ञानेन्द्रकी आमा रत्नसँग छ ।
म्याद सकिनु दुई दिनअघि शुक्रबार मात्रै सरकारी समितिका पदाधिकारीलाई पूर्वराजाको निवासस्थानमा प्रवेश दिइएको थियो । ‘हामी सबै ठाउँ पुगेनौं,’ सचिव डा. कुसुमले भने । तर, सामानको विवरण थाहा नभएको उनको भनाइ छ ।

सरकारद्वारा गठित समितिलाई दरबारमा कार्यरत सेनाका अधिकृतहरूले पनि असहयोग गरेको स्रोतले दाबी गर्‍यो । ज्ञानेन्द्रको सुरक्षाका लागि स्थापित सुरक्षा समन्वय कार्यालयका प्रमुख जर्नेल विनोज बस्न्यातलाई समितिको सदस्यमा मनोनीत गरिए पनि सम्पर्कमै छैनन् ।
सैनिक स्रोतका अनुसार बस्न्यातले क्याप्टेन निरन्जन कार्कीलाई आफ्नो प्रतिनिधि बनाएर पठाएका थिए । ‘दुईवटा मिटिङमा क्याप्टेनलाई पठाइएको थियो,’ सचिव कुसुमले भने, ‘हामीले फर्काइदियौं ।’
समितिले विहीबार पूर्वराजा ज्ञानेन्द्रको कार्यालय निरीक्षण गरेको थियो । सचिवालय भवनको दोस्रो तलामा रहेको कार्यालय निरीक्षण गरेको डा. कुसुमले नयाँ पत्रिकालाई बताए । उनका अनुसार कार्यालयमा टेबुल, कुर्ची, सोफा र बाघको छाला थिए ।

नागार्जुन पुग्यो सशस्त्र टोली

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षाका लागि सशस्त्र प्रहरीको सुरक्षाबल नागार्जुन पुगेको छ । इन्सपेक्टर उमेश थापाको कमाण्डमा रहेको ५० जनाको टोली शुक्रबार अपराह्न नागार्जुन गएको सशस्त्रको गतिविधि कक्षका डिएसपी अजय छतकुलीले नयाँ पत्रिकालाई बताए ।
यसैबीच, सेनाले पूर्वराजाको सुरक्षाका लागि मेजरको कमान्डमा २५ जना रहेको विशेष सुरक्षा बल गठन गरेको छ । सैन्यप्रवक्ता रमिन्द्र क्षेत्रीले एक-दुई दिनभित्रै सुरक्षा बल नागार्जुन जाने जानकारी दिए । दरबारभित्रै रहेको दरबार रक्षक वाहिनीले सो सुरक्षा बल गठन गरेको उनले बताए । केन्द्रीय सुरक्षा समितिले सिफारिस गरेअनुसार सरकारले पूर्वराजाको सुरक्षाका लागि टोली खटाएको हो । (साभार :नया पत्रीका http://nayapatrika.com/)

नया“ नायकको खोजीमा

 


 

घिमिरे युवराज


आन्दे्रया- -ढोकामा उभिएर) नायक जन्माउन नसक्ने राष्ट्र दयनीय हु“दोरहेछ †

ग्यालिलियो- त्यसो होइन आन्द्रेया, नायकको खा“चो भएको राष्ट्र दयनीय बन्दोरहेछ ।

संसारमा जति पनि नायक हामीले पाएका छौं, तिनको जन्म बढो कठिनस“ग भएको छ । त्यसरी नै अनेकौं त्रासदी, अन्धविश्वास र धार्मिक जडबीच जन्मिएका महान वैज्ञानिक, विचारक, सत्यवादी नायक हुन्- ग्यालिलियो ग्यालिलेइ । यिनको जीवनी पढ्दा थाहा लाग्छ, समाज सधैं नया“ नायकको आगमनका लागि आतुर छ । तर त्यही समाजले नायकको जन्म हुनुअघि बारम्बार अवैधानिक गर्भपतन गरिरहेको हुन्छ । त्यसैले देशमा नायक

जन्मिन समय लाग्छ । हामी पनि यतिखेर नया“ नायकको प्रतीक्ष्ँामा छौं ।

ग्यालिलियोको जीवनीमा आधारित ब्रेटोल्ड ब्रेख्तको नाटक हो- ग्यालिलियो । यसको नेपाली अनुवाद पृथ्वी घुमिरहेको छ बजारमा आएको छ । अनुवादक हुन्- होमर श्रेष्ठ । संसार प्रसिद्ध यस नाटकको नेपाली अनुवाद पढिसकेपछि मलाई लाग्यो, यो कृतिको बिक्री अत्यधिक हुनुपथ्र्यो । यसका केही कारण छन् ।

 खगोलशास्त्रका सम्बन्धमा नया“ विचार दिने दार्शनिक गिओर्दानो ब्रुनो जसले अरस्तुका सिद्धान्तमाथि प्रश्नचिह्न उठाएका थिए । ब्रुनोलाई ६ वर्षम्म बन्दी बनाइयो । आफ्नो सिद्धान्त र विचार फिर्ता नलिएपछि बाइबलविरोधी अनैतिक व्रि्रोहीको अभियोग लगाएर जिउ“दै जलाइयो । एउटा नया“ विचारकलाई तत्कालीन रोमन क्याथोलिकहरूले त्यति क्रूर सजाय दिएको समाजमा अर्को एउटा विचारक ग्यालिलियो

-सन् १५६४-१६४२) उदाइरहेका थिए । ग्यालिलियोको जन्म इटालीको पिसा भन्ने सहरमा भएको थियो । तत्कालीन क्याथोलिकहरू बाइबलभन्दा पर्तिर गएर सोच्नर्ुर् इश्वर र जिससको अपमान ठान्थे । र रोमन क्याथोलिक चर्चको पृथ्वी अटल छ अर्थात् र्सर्ूयले पृथ्वीको परिक्रमा गर्छ भन्ने धार्मिक विश्वास तोडेर वैज्ञानिक आधारका साथ र्सर्ूयलाई फन्को मार्दै पृथ्वी घुमिरहेको छ भन्ने तर्क प्रस्तुत गरिरहेका ग्यालिलियोले आफ्ना नवीन विचारकै कारण धेरै धम्की र यातना खेप्नुपर्‍यो । यिनै महान नायकबारे केन्द्रित

ब्रेख्तको नाटक ग्यालिलियोले सधैं नया“ विचार र युगको आह्वान गरेको छ ।

नाटकमा एउटा प्रसंग छ । ग्यालिलियोले शक्तिशाली दूरविन बनाउ“छन् र दरबारका उच्चपदका कारिन्दा तथा अन्य क्याथोलिक दार्शनिकलाई दूरविनबाट हर्ेन आग्रह गर्छन् । जुन दूरविनबाट आकाशका हजारौं तारा नजिकै देखिन्छन् । तर पुरानो सोचाइ र धर्मको जडका कारण तिनीहरूले दूरविनबाट हर्ेन मान्दैनन् । बरु दूरविनबाट हर्ेर्दैनहेरी ग्यालिलियोको भ्रमपर्ूण्ा साधन भनेर आरोप लगाउ“छन् । ती क्याथोलिकहरूले दूरविनबाट नहर्ेर्नु नाटकमा ठूलो प्रतीक हो । संसारमा अन्य धेरै मानिस नया“ चेतना, नया“ धारणा, नया“ दृष्टिकोण र विज्ञानरूपी दूरविनलाई क्याथोलिकहरूले जसरी लत्याइरहेका छन् भन्ने अर्थ लाग्छ । नाटकमा अन्य धेरै यस्ता सान्दर्भिक विचार छन्, जुन हाम्रँे जीवन र समाजस“ग ठ्याक्कै मेल

खान्छ । नेपालको वर्तमान परिस्थितिस“ग पनि ठ्याक्कै मिल्दो लाग्छ ।  

ग्यालिलियो एपिक नाटक हो । जसलाई नेपालीमा काव्य नाटक भनेर चलाइएको छ । चलनचल्तीमा ब्रेख्तियन शैली पनि भनिन्छ । एपिक नाटकका केही विषेशता छन् । विभाजित दृश्य, गीतको प्रयोग, कवितात्मक संवाद, हास्यव्यङ्ग्यको मिश्रण आदि । ग्यालिलियो नाटकमा १४ वटा दृश्य छन् । नाटकमा हरेक दृश्यको सुरुवात र अन्त्य गीतबाट भएको छ । हरेक दृश्यका घटनाक्रम यथार्थपरक भए पनि हरेक चरित्रले बोल्ने संवाद दार्शनिक र लयदार छन् । र एकपात्रले अर्को पात्रलाई सिधै नभई व्यङ्ग्यात्मक रूपमा छेडखानी गर्ने र चित्तबुझ्नेगरी हा“स्ने परिस्थिति र संवाद प्रशस्त छन् ।

ग्यालिलियो जर्मन भाषामा लेखिएको नाटक हो । ब्रेख्तले यसलाई तीन पटकसम्म पुनःलेखन गरेका रहेछन् । पहिलोपटक डेनमार्कमा, दोस्रोपटक अमेरिका र तेस्रोपटक बर्लिनमा लेखिएका फरक-फरक संस्करणका विशेष अर्थलाई होमर श्रेष्ठले आफ्नो अनुवादको भूमिकामा खुलाएका छन् । होमरको अनुवादमा धेरै कुरा छन् । १८७ पृष्ठ मोटो कृतिमा होमरले लगभग आधा कृतिलाई इतिहास र विश्लेषणमा खर्चिएका छन् । त्यसैले यस कृतिको पहिलो लोभलाग्दो पक्ष यही हो । भूमिकाका लागि होमरले धेरै दुःख गरेका छन् । तत्कालीन रोमन क्याथोलिक समाज, दार्शनिक ग्यालिलियो र तत्कालीन समय, ब्रेख्त र इपिक थिएटर, नाटक ग्यालिलियो र यसको मञ्चनदेखि नेपाली समाजमा यसको सान्दर्भिकतासम्म प्रस्तुत उक्त भूमिका नेपाली रङ्गमञ्चका विद्यार्थीका लागि उपयोगी छ । मैले पहिलोपटक ०६० मा महेश दत्तको हिन्दी अनुवाद ‘गेलिलिओ का जीवन’ पढेको थिए“ । तर दत्तले कुन भाषाबाट अनुवाद गरे भन्ने आफ्नो अनुदित कृतिमा खुलाएका छैनन् । दोस्रोपटक लग्टनको अंग्रेजी अनुवाद ग्यालिलियो पढ्न पाए“ । तेस्रँेपटक पढे“ होमरको सुन्दर अनुवाद । तर होमरले धेरै कृति र स्रोत जुटाएर यसको अनुवाद गरेका रहेछन् । जर्मन भाषाका ज्ञाता भएकाले पनि उनका लागि सम्भावना धेरै रहेछ । होमरको नेपाली अनुवाद ज्यादै सरल, चुस्त र मीठो लाग्छ । एउटा कृति पढ्दा यति धेरै सूचना र ज्ञान पाएका कमै कृति छन्, मेरालागि । साहित्य पढ्ने अन्य पाठक जो नया“ युग मनपराउ“छन्, तिनले पनि पढ्नैपर्ने कृति हो यो । विश्वविद्यालयको पाठ्यक्रममा पनि यो नाटक छ । नाटकमा रहेका गीतको नेपाली अनुवादमा भने होमरले लयलाई भन्दा अर्थलाई बढी जोड दिएका छन् । गीतको लय र छन्द भने भताभुङ्ग भएको छ ।

गहिराइ तातो-तातो, उचाइ चिसो-चिसो छ ।

टोल-टोलमा हल्लीखल्ली, दरबार सुनसान छ ।

                                             (साभार :कन्तिपुर दैनिक www.kantipuronline.com)