आज राजा नारायणहिटी बाट बिदा हुने

June 10, 2008

जन मत को कदर गर्न नजान्दा  निम्तिएको १९ दिने जनअन्दोलन र जनमत प्राप्त संबिधान सभा ले घोषणा गरेको "संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल "लाई स्विकार गर्दै पारीणाम भोग्न तयार भएर आज राजा ज्ञानेन्द्र सदा का लागि नारायणहिटी छाडेर नागार्जुन दरबार तर्फ लाग्दै छन । आज पत्रकार सम्मेलन गरेर बिधिबत रुपमा राज डन्ड , श्रिपेच लगायत अन्य महतवपूर्ण बस्तुहरु सरकार लाई हस्तानन्तरण गरी दरबार बाट राजा बिदा हुने छन साथ साथै २४० बर्ष लामो ईतिहास बोकेको राजतन्त्र पनि अब ईतिहास को पाना मा मात्र सिमित हुने छ ।   आज पत्रकार सम्मेलन मा भुपु राजा ले पानी मुनी को ओभानो बन्ने काम निश्चय नै गर्ने छन । तर अब निकै ढिलो भइसकेको छ । तस्रथ उनलाई बिदा गर्नुको बिकल्प नेपाली जनता संग छैन । राजाको रुपमा २०५८ जेष्ठ १९ को हत्या कान्ड पछी दरबार मा प्रबेश गरेका उनी गणतन्त्र नेपाल को सामान्य नागरिक का रुपमा बहिरंदा को क्षण कस्तो होला ? 

शान्ति कामना गर्दै विश्व यात्रा

रौतहट, जेठ २७ - हिंसा अन्त्य र शान्ति कामना गर्दै रौतहटका दर्ुइ युवक सोमबार मोटरसाइकलबाट विश्व यात्रामा निस्केका छन् । सामान्य परिवारका सन्तपुर गाविस-६ नागिन टोलका २३ वषर्ीय लक्ष्मण शर्मा र २६ वषर्ीय पर्ूण्ाप्रसाद गौतम आफ्नै खर्चमा यात्रामा निस्केका हुन् । उनीहरूलाई बिहानको साइतमा फूलमाला र अबिर जात्रा गरी स्थानीयले बिदाइ गरेका थिए ।

भारतको बिहारस्थित घोडासाहनबाट पटना र बंगलादेश हु“दै अन्य देशमा पुग्ने योजना उनीहरूको छ । यात्रीद्वयका अनुसार हिंसा अन्त्य गरी शान्ति स्थापनामा लाग्न सबैलाई सन्देश दिने उद्देश्यले यात्रा सुरु गरिएको हो । हरेक देशमा स्थानीय बासिन्दास“ग शान्तिसम्बन्धी अन्तर क्रिया गर्ने योजना उनीहरूले सुनाए ।

आफ्नै खर्चमा यात्रा सुरु गरेको बताउने उनीहरूले भ्रमणकै क्रममा सहयोग संकलन गरिने योजना

सुनाए । यात्रामा आवश्यक पर्ने रकमका लागि श्रमसमेत गर्न आफूहरू पछि नपर्ने उनीहरूको भनाइ छ ।

उनीहरूलाई स्थानीय वैद्यनाथ सुवेदीले एउटा भिडियो क्यामरा सहयोग दिएका छन् । मोटरसाइकलको अगाडि दुइटा राष्ट्रिय झन्डा फहर्राई विश्वमा नेपाल र नेपालीको पहिचानसमेत गराउने दुवैले बताएका छन् । (from:http://ekantipur.com/)

‘सर्त फिर्ता नलिए गृहयुद्ध’

नयाँ पत्रिका
काठमाडौं, २७ जेठ

माओवादी नेता नेत्रविक्रम चन्द विप्लवले कांग्रेसले सारेका सात सर्त फिर्ता नलिए मुलुक गृहयुद्धमा धकेलिने चेतावनी दिएका छन् । जनसेना कुनै हालतमा विघटन नहुने उल्लेख गर्दै उनले भने, ‘अहिले नै जनसेना विघटन गरे गृहयुद्धको खतरा रहन्छ ।’
राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउनुपर्ने बताए । कोइरालालाई राष्ट्रपति बनाएर समानान्तर सरकार बनाउन खोजिएको आरोप उनले लगाए ।
कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले माओवादीले कुनै एक पद छानेपछि दोस्रो दलका रूपमा आफूहरूले छान्न पाउनुपर्ने बताए । उनले भने, ‘माओवादीले प्रमुख पद छानोस्, हामीले पनि छानेर प्रस्ताव गरौँला ।’
एमाले स्थायी कमिटी सदस्य विष्णु पौडेलले माओवादी आफ्नो दलकी वरिष्ठ नेतृ साहना प्रधानलाई राष्ट्रपतिका रूपमा स्वीकार गर्न तयार भए त्यसको स्वागत गर्ने बताए । तराई-मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले दलहरूलाई प्रस्ट रूपमा राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्न आग्रह गरे । (from :http://www.nayapatrika.com/)