जनचाहना को कदर गर्छु :ज्ञानेन्द्र शाह

June 11, 2008

Nepal's deposed King Gyanendra addresses the media at the ...(photo:yahoo news)भुपु राजा ज्ञानेन्द्र ले आज पत्रकार सम्मेलन गरी दरबार छाडेका छन ।संबिधान सभा ले गरेको निर्णय को सम्मान गर्दै आफुले नारायणहिटी छआड्न लागेको र  आफु माथि लगाएका सबै आरोप हरु झुटा भएको भन्न समेत् उनी पछी परेनन । आफ्नो दरबार हत्या कान्ड मा कुनै संलग्नता नरहेको र यस्तो गम्भिर आरोप आफु माथि लगाइएको मा दु:ख लगेको उनले बताएका छन । आफु परिस्थिती ले गर्दा २ पटक सम्म राजा बन्नु परेको र अब राज डन्ड र श्रिपेच नेपाल सरकार लाई हस्तान्तरण गर्ने र आफु ले कुनै सम्पत्ति पनि बिदेश मा लुकाएर नराखेको र राजा हुँदा कुनै पनि दुरुपायोग नगरेको र   आफ्नो शासन काल मा भएका कमी कम्जोरी हरु प्रती आफु दुखित रहेको र आफु ले कसै को पनि अधिकार हन्न नगरेको उनले प्रस्ट पारे ।
आफुलाई नेपाल नै प्यारो लाग्ने भएका ले आफु कही बिदेश नजाने र  मातृभूमी नेपाल मै रहने र नागरिक सरह जीवन यापन गर्ने आफ्नो इच्छा रहेको कुरा उनले ब्यत गरे ।

चिनाउदैछन नेपाली ले विश्व मा नेपाल लाई

विश्वमाझ नेपाल अनी नेपाली लाई चिनाउदै विश्व शान्ती को कामना गर्दै बिगत ११ बर्ष देखी पुस्कर शाह विश्व साइकल यात्रा मा निस्केका छन । हाल सम्म १२२ देशको यात्रा गरी सकेका शाह हाल स्पेन मा छन । १५० देश को यात्रा सम्पन्न गरी सगरमाथा आरोहण गरेर कृतिमान कायम राख्ने लक्ष्य का साथ उुनी अगाडि बढी रहेका छन । उनको यो कदम नेपाल र नेपाली का लागि महत्वपूर्ण र गौरबपूर्ण छ । उनको यो कदम मा साथ दिने उदेश्य ले अबको अंक देखी "हाम्रो आवाज "ले उनले भोगेका देखेका तिता मिठा अनुभब हरु लाई यहाँहरु समक्ष्य प्रस्तुत गर्ने जमर्को गरेको छ । कृपया यहाँहरु ले आफ्ना अंमुल्य बिचार पठाएर उनलाई हौसला प्रदान गर्नु होला