आर्थिक विकासका प्राथमिकता

June 12, 2008

डा.विश्वम्भर प्याकुर्‍याल

 

 

हालै मुलुकको आर्थिक विकास अवरुद्ध भएको समाचार प्रकाशमा आएको छ । विकास अवरुद्ध भयो भन्नुभन्दा पनि देशमा विगत १० वर्षको अवधिमा आर्थिक वृद्धिदर कति हुन सकेको छ, देश कुन रूपमा सञ्चालन भएको छ अनि आर्थिक स्रोत कसरी जुटाएको छ, भन्ने हेर्नुपर्छ । अहिले मुलुक प्रत्यक्ष वा अप्रत्यक्ष करबाट उठेको रकम, रोजगारीका लागि विदेश पुगेका नेपाली कामदारले पठाएको पैसा र केही विदेशी निकायबाट प्राप्त सहयोगले चलेको छ । राज्यले जति पनि स्रोत र साधन जम्मा गर्न सकेको छ त्यसको अनुपातमा खर्च निकै बढी छ । केही वर्षअघिसम्म नेपाल वाषिर्क आम्दानी र विदेशी सहयोगबाट विकासखर्चमा रकम छुट्याउन सक्ने अवस्थामा थियो, तर अहिले त्यस्तो अवस्था छैन । यसमा परिवर्तन गर्न सकिएन भने अवस्था झन् बिग्रने सम्भावना छ ।

एक तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी अहिले वाषिर्क चार सय ७० अमेरिकी डलर पुगेको छ । यो सुधारको अवस्था हो, तर यतिले मात्र पुग्दैन । अर्थतन्त्रको अवस्था सबैतिरबाट नाजुक बन्दै गएको छ । आम्दानीको अनुपातमा खर्चको मात्रा बढी छ । रोजगारीको स्थिति दयनीय छ । दिनप्रतिदिन महँगी बढ्दै छ । आम्दानीमा वृद्धि भएको छैन । यसो भयो भन्दैमा आत्तिनुपर्ने अवस्थाचाहिँ छैन । नेपाल भर्खर द्वन्द्वबाट मुक्त हुने दिशातिर लम्कँदै छ । द्वन्द्वको समयमा चलेको मुलुक द्वन्द्वपछि चल्न सक्दैन भन्ने होइन । यसका लागि विकासका लक्षण देखिएका जति पनि क्षेत्र छन् तिनीहरूलाई प्राथमिकताको सूचीमा पारी योजनाबद्ध ढंगले अघि बढ्नु आवश्यक हुन्छ ।

अब बन्ने नयाँ सरकारमा, द्वन्द्वकै समय भए पनि, अर्थतन्त्रले जुन किसिमको संकेत देखाएको थियो त्यसलाई निरन्तरता दिनसक्ने सामथ्र्य हुनुपर्छ । यसका लागि तत्काल योजनाबद्ध रूपमा गर्नसक्ने प्रमुख कार्य के-के हुन्, छुट्याउन सक्नुपर्छ । नेपालमा आर्थिक असमानता व्यापक रूपमा विद्यमान छ । आठ वर्षयताको स्थितिलाई मात्र हेर्ने हो भने आर्थिक असमानता आठ प्रतिशतले बढेको छ । धनी वर्गका मानिस झन् धनी भइरहेका छन्, गरिब झन् गरिब भएका छन् । यी दुई बीचको आर्थिक असमानताको खाडल बढ्दै गएको छ । सामान्य सोचले यो असमानता हटाउन सकिने अवस्था छैन । धनी वर्गले गरिबलाई थिचिरहेका छन् । जबसम्म यी दुईबीच समानता कायम हँुदैन तबसम्म मुलुकको पूर्ण विकास सम्भव छैन । आर्थिक असमानताको अन्त्य गर्न ठोस र प्रभावकारी योजना बनाउनै पर्छ । प्रत्येक परिवारले राज्यबाट पाउने सबै प्रकारका लाभ र सुविधामा साझेदारी गर्न पाउनुपर्छ र गरिब परिवारमा पनि साझेदारीको हैसियत हुनुपर्छ । राज्यबाट सीमित वर्गले मात्र पाउँदै आएको लाभलाई पूर्णरूपमा कटौती गर्नुपर्छ ।

हुन त यी काम विगतका दिनहरूमा नै गरिनुपर्ने थियो, तर गरिएन । नगरिनुका पछाडि त्यतिबेला अनेकौं कारण थिए । तीमध्ये पहिलो नम्बरमा राजनीतिक कारण पर्न आउँछ । तत्कालीन सरकारलाई राजनीतिक समस्या समाधान गर्दैमा फुर्सद थिएन । राज्यमा आएको सहयोग कुन क्ष्ाेत्रमा पुग्यो र कसरी खर्च भयोे भन्ने पनि एकिन जानकारी राख्नसक्ने स्थिति थिएन । यस्ता थुप्रै कारणले विकासमा बाधा पुगेको थियो । हरेक कुरा राजनीतिबाट निर्देशित थियो । सबैलाई राजनीति बिग्रन्छ कि, वित्यासै पर्छ कि भन्ने चिन्ता थियो । उदाहरणका लागि नेपाल आयल निगमलाई हेर्दा हुन्छ । राजनीतिक कारणले सहरमा रहेका केही धनी व्यक्तिको स्वार्थमा देशभरका जनतालेे दिएको करबाट उठेको रकम प्रयोग गर्नुपरेको थियो । जसले डिजेल, पेट्रोल प्रयोग गर्दैन उसले त्यसमा लगानी गर्नुपर्ने अवस्था थियो ।

पहिले भएको हरेक बाध्यताकारी स्थितिबाट मुक्त गराउँदै जनताका जीवनसँग गाँसिएका वस्तुलाई प्राथमिकतामा पार्दै जानुपर्छ । जनताको जीवनसँग गाँसिएका क्षेत्रको सूचीमा कृष,ि जलस्रोत, पर्यटन, बाटो, शिक्ष्ाा, रोजगारलगायतका विषय पर्छन् । जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यी विषयलाई गर्नैपर्ने बाध्यकारी सूचीमा राखेर अघि बढ्यो भने विकासको सम्भावना छ । नेपाल जलस्रोतले धनी देश हो । यहाँ जलशक्तिबाट प्राप्त हुने ऊर्जाको प्रचुर सम्भावना छ । यसबाट हजारौं नेपालीले रोजगार पाउन सक्छन् । रोजगारीबाट अर्द्धदक्ष नागरिक दक्ष भएर निस्कन्छन् । पेट्रोलियम पदार्थ उत्पादन गर्ने राष्ट्रले पेट्रो डलर भनेजस्तै नेपालमा हाइड्रो डलर आर्जन गर्नसक्छ । जलविद्युत् लगानी गरियो र सोचेअनुसारको प्रतिफल निकाल्न सकियो भने नेपालको बजेटलाई यसैले पूर्णता दिन्छ । बजेटका लागि अरू कसैको मुख ताक्नु पर्दैन ।

त्यस्तै, नेपालको प्राकृतिक वातावरण स्वच्छ छ र यहाँ प्रशस्त पुरातात्विक तथा ऐतिहासिक धरोहर छन् । नेपालमा जति पनि प्राकृतिक सम्पदा छन् तीे अन्य मुलुकमा पाउन सकिन्न । हावापानीदेखि ऐतिहासिक र साँस्कृतिक सम्पदा, कलाकौशल र उत्कृष्ट भूदृश्य आदिलाई राम्रोसित प्रयोगमा ल्याउन सक्यौँ भने आर्थिक उन्नतिको सम्भावना प्रशस्तै छ । पर्यटन क्ष्ाेत्रको कुरा गर्ने हो भने पनि त्यसबाट अहिले नै ६ लाखभन्दा बढी मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । यसमा सुधार गर्न सके रोजगारीको संख्यामा थप वृद्धि गर्न सकिन्छ । केही उद्यमी र विज्ञहरूमा होटलको मूल्य कम गरियो भने पर्यटक संख्या बढ्छ भन्ने सोच पलाएको छ । तर, यो सोच राम्रो होइन । मूल्य घट्नेबित्तिकै पर्यटक आउँछन् भन्ने कुरा सत्यमा आधारित छैन । साँच्चिकै पर्यटक भित्र्याउने हो भने उनीहरू जाने ठाउँमा स्वास्थ्य सुविधा, स्वच्छ खानेपानी, प्रदूषणमुक्त हावापानी, उपयुक्त सञ्चार सुविधा र हिंसारहित वातावरणलगायतका कुरामा ध्यान दिनुपर्छ । यी सबै व्यवस्था गर्न सकियो भने पर्यटन उद्योगमा सुधार आउँछ । यसका लागि उपयुक्त ढंगले सोचविचार गरी नीति, योजना तथा कार्यक्रम बनाउनुपर्छ । विगतमा झैँ योजना योजनाका लागि मात्र हुनुहुँदैन, कार्यान्वयनका लागि हुुनु आवश्यक हुन्छ ।

अहिले प्रमुख राजनीतिक दलका नेताहरूले नेपालीको आर्थिक वृद्धिदर २० प्रतिशत पुर्‍याउने भनेका छन् । विकसित राष्ट्रको उदाहरण हेर्न हो भने पनि यही अवस्थामा त्यो सम्भव छैन भन्ने पुष्टि हुन्छ । यदि, जनताको जीवनसँग प्रत्यक्ष रूपमा गाँसिएका क्षेत्रमा लगानी गरी त्यसलाई सफल पार्ने भगीरथ प्रयास गर्ने हो भने त्यस्तो परिकल्पना साकार हुनु सम्भव छ । विकसित राष्ट्रले यिनै क्षेत्रमा लगानी गरेर अघि बढेकै कारण विकासको शिखरमा पुगेको देखिन्छ । राज्यले सानो क्षेत्रमा लगानी गर्ने होइन, ठूला क्षेत्रमा लगानी गर्नुपर्छ । सामान्य लगानी गर्न स्थानीयस्तरका जनतालाई नै सुम्पिनुपर्छ । ठूला लगानी सम्पन्न गर्न समय लाग्नसक्छ । जसरी अहिले पार्टीहरू राजनीतिक सहमतिका साथ अघि बढेका छन्, आर्थिक वृद्धिदर बढाउनमा पनि त्यसरी नै सहमति र समझदारी गर्नु जरुरी छ । पार्टीहरूले आगामी दुई/तीन दशकसम्म अन्तरपार्टी सहमति कायम गरे भने नेपालको आर्थिक स्वास्थ्य धेरै राम्रो हुनेछ ।

हामी संघीयतामा प्रवेश गर्दै छाँै । आप\mनो सम्पत्ति र साधन निर्धक्क रूपमा प्रयोग गर्दै छाँै । विकास निर्माणका काम पनि हामी आप\mनै अगुवाइमा गर्दै छाँै । तर, संघीय संरचना कस्तो हुने र त्यसअन्तर्गतको विकासलाई कुन रूपमा अघि लैजाने हो भन्ने विषयमा सोचेको पाइँदैन । संघको आर्थिक वृद्धिदरलाई कसरी मजबुत बनाउने, स्थानीय र केन्द्रीय सरकारबीच वित्तीय सम्बन्ध कसरी कायम गर्ने, रोजगारी, स्वास्थ्य, शिक्ष्ााको अवस्था कस्तो छ आदि सबै विषयमा बहस गर्नु जरुरी छ । दलले जसरी राजनीति अवधारण अघि ल्याएका छन् त्यसरी नै आर्थिक अवधारणा स्पष्टसाथ अगाडि ल्याउन सक्नुपर्छ । नेपाल नयाँ मोडलमा प्रवेश गर्दै छ । यसमा केही अप्ठ्यारा आउन सक्छन् । यसमा दलहरूले संघीयताको अभ्यास गरेका अन्य मुलुकको मोडल प्रयोग गर्नु आवश्यक देखिन्छ । अन्य मोडल प्रयोगमा नल्याए पनि आर्थिक मोडललाई भने प्रयोगमा ल्याएर हेर्न सकिन्छ ।

राज्यको पुनर्संरचनासँगै आर्थिक पुनर्संरचना गर्नुपर्छ । नेकपा माओवादी अन्य दलभन्दा ठूलो भएकाले यस्तो संरचनालाई अघि बढाउन उसले नै प्रमुख भूमिका निर्वाह गर्नुपर्छ । उनीहरूले स्पष्ट भिजनका साथ अन्तरपार्टी सहमति खोजेर जानुपर्छ । (कुराकानीमा आधारित) (from:nayapatrika)

नारायणहिटीमा जे देखियो


 

दिनेश वाग्ले/सुरज कु“वर


दक्षिणपट्टबिाट देखिने नारायणहिटी दरबारको मुख्य भवनको भुइ“तलामा रहेको कास्की बैठकहलमा पर्ूवराजा ज्ञानेन्द्र शाह निर्धारित समयको दर्ुर्ुइ मिनेट ढिला पा“च बजेर ३२ मिनेटमा पुगेका थिए ।

उनी हलमा पुग्नु आधा घन्टाअगावै पत्रकारहरू त्यहा“ उपस्थित थिए । त्यहा“ करिब साढे तीन सय छापा र विद्युतीय माध्यमका सञ्चारकर्मी पुगेका थिए ।

कास्की हलमा र्सार्वजनिक कार्यक्रमहरू भएको यो पहिलो होइन । राजतन्त्र रह“दा तत्कालीन राजाले त्यही भवनमा प्रधानमन्त्री लगायतलाई शपथ गराउ“थे भने विदेशी राजदूतको ओहोदा प्रमाणपत्र ग्रहण गर्थे । ‘तर यतिधेरै संख्यामा पत्रकार देखेको पहिलोपटक हो,’ कार्यक्रम व्यवस्थापनमा खटिएका सादा पोसाकका एक सुरक्षाकर्मीले कान्तिपुरस“ग भने ।

कास्की हलको ठ्याक्कै माथि सिंहासन छ । माथ्लो तलामा उक्लिने ठूलो भर्‍याङको फेदभन्दा केही मिटरअगाडि रातो कपडाले मोरिएको पिर्कामाथि राखिएको रंगीन कुर्ुर्सर्ीी बसेर पर्ूवराजाले विज्ञप्ति पढेका थिए । त्यो मुख्य कुर्ुर्सर्ीीाडि गोलाकार रूपमा केही कुर्ुर्सर्ीीाखिएका थिए । भर्‍याङका दर्ुर्ुइतिर दुइ खुट्टामा उभिएर एकअर्कालाई फैलिएका हातले आक्रमण गर्न खोजिरहेका दुइटा बाघका सजावट-मर्ूर्ति थिए । उनी बसेको कुर्ुर्सर्ीी दाया“-बाया“ भित्तामा ठूला गमला थिए जसमा कम्तीमा चार थरी फूल फुलिरहेका थिए । हलका भित्तामा कुनै योजनाबिनै टा“सिएजस्तो लाग्ने ठूला कदका केही पर्ूवराजाका पर्ूण्ाकदका चित्र थिए । मुख्य गेटबाट छिर्नासाथ देब्रेपट्ट िक्रमशः प्रतापसिंह शाह, पृथ्वीनाराण शाह, महेन्द्र शाह र ज्ञानेन्द्र शाहका चित्र थिए । दाया““पट्ट िभित्तामा रणबहादुर र गर्ीवाणयुद्धका चित्र थिए । हलमा हरियो रंगको ठूलो गलैंचा र छिर्ने बाटामा सानो रातो कार्पेट बिछ्याइएको थियो ।

पर्ूवराजा हलमा प्रवेश गर्नासाथ क्यामेराहरूबाट अनगिन्ती फ्ल्यास निस्केका थिए जसले सिलिङमा झुन्डेका झर्झाउ“दा तथा भित्तामा अड्याइएका मैनबत्ती आकारका बत्तीले दिएको प्रकाशलाई छायामा पारेका थिए । मुुस्काउ“दै र दर्ुर्ुइ हात जोडी नमस्ते गर्दै हलमा छिरेका उनी लगत्तै कुर्ुर्सर्ीी बसेका थिए । उनले लगत्तै भाषण पढ्न चाहेका थिए तर निरन्तरको क्यामेरा फ्ल्यासले अवरोध पुर्‍याएको जस्तो लाग्थ्यो । केहीबेरसम्म फ्ल्यासको सामना गरेपछि उनले हल्का खैरो रंगको सिसा भएको चस्मा लगाएर भाषण पढ्न थालेका थिए । तर फेरि पनि अनगिन्ती फ्ल्यासले प्रकाशको नियमिततामा व्यवधान पुर्‍याउ“दा उनलाई पढ्न थाल्न असजिलो भएको महसुस गर्न सकिन्थ्यो । त्यसबीच उनले मुस्काउ“दै फोटोग्राफरहरूलाई हात फैलाएर तस्बिर खिच्न बन्द गर्न संकेत गरेका थिए । केही समयपछि फ्ल्यासमा कमी आयो, उनले चस्मा पुनः लगाए र भाषण पढ्न थाले ।

उनले बेलाबेला आफंै अगाडिको भीडतिर हर्ेर्दै नेपालीमा लेखिएको भाषण प्रस्टस“ग पढेका थिए । भाषणको लिखित प्रति र अंग्रेजी अनुवाद संवाददाताहरूलाई पछि बा“डिएको थियो । भाषणको शर्ीष्ाक ‘पर्ूव श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको प्रेस वक्तव्य’ छ ।

पत्रकार सम्मेलन निकै अव्यवस्थित र केही हदसम्म अमर्यादित पनि थियो । हलमा क्षमताभन्दा बढी पत्रकारको उपस्थिति भएकाले सबैलाई कुर्ुर्सर्ीीुगेको थिएन । धेरैले उभिने ठाउ“ पनि पाएनन् । पर्ूवराजाले बोलिरह“दाको राम्रो दृष्टि पाउन नसकेका केही रुस्ट फोटोपत्रकारले छेक्नेलाई निरन्तर ठूलो स्वरमा अपशब्द प्रयोग गर्दै गाली गरिरहेका थिए । पर्ूवराजाले बोलिरह“दा कम्तीमा एकपटक उनको आवाजै नसुनिने गरी माइकमा समस्या उत्पन्न भएको थियो ।

राजतन्त्र रह“दा राष्ट्रिय पोसाक लगाएर अदबसाथ बस्नुपर्ने त्यही हलमा बुधबार सञ्चारकर्मीहरू पर्ूण्ा र केही सर्न्दर्भमा आवश्यकताभन्दा बढी स्वतन्त्रता उपयोग गरेका थिए । उनीहरू कुर्ुर्सर्ीी उभिएका थिए, कोही अग्लो बालुवाले भरिएको फोहोर राख्ने मुढामा उभिएका थिए । एउटा त्यस्तै मुढा ढल्दा त्यहा““को बालुवा पोखिएको थियो । यो हलमा पहिले कार्यक्रम हु“दा केही फोटोपत्रकारलाई मात्र प्रवेश अनुमति दिइन्थ्यो । ‘केही सामान छुन पाइ“दैन थियो,’ एक फोटोग्राफरले भने- ‘सुरक्षाकर्मीले छिस्, छिस् इसारा गर्दै हटाउ“थे । कुर्ुर्सर्ीी बस्न पाइ“दैन थियो । एउटा किनारामा उभिएर फोटो र भिडियो खिच्नुपथ्र्यो ।’

लिखित भाषण सक्नेबित्तिकै शाह कुर्ुर्सर्ीीट उठेका थिए । केही संवाददाताले प्रश्न गर्न खोजेका थिए जसलाई उनले स्विकार्न चाहेनन् । भीडभाडमाझ मुस्काउ“दै उनी सुरक्षाकर्मीको सा“घुरो घेरामा रहेर फर्किंदै गर्दा कम्तीमा एक पत्रकारले उनीस“ग हात मिलाउन भ्याएका थिए । त्यसपछि उनी निरन्तरको फ्ल्यास, संवाददाताहरूको होहल्ला र सुरक्ष्ँाकर्मीको घेरामाझ नमस्ते गर्दै र मुस्काउ“दै हलबाट बाहिरिए ।

कम्तीमा तीनटा नेपाली निजी टीभी र एउटा विदेशी टीभी, केही नेपाली एफएमले पर्ूवराजाको सम्बोधन र त्यस अघि-पछिका विवरण प्रत्यक्ष प्रसारण गरेका थिए । माओवादी नियन्त्रणमा रहेको सञ्चार मन्त्रालयअर्न्तर्गतको सरकारी टीभीले भने प्रत्यक्ष प्रसारण गरेको थिएन ।

पर्ूवराजा हलबाट निस्कि“दा बाहिर पानी परिरहेको थियो जसले छाता नभएका सञ्चारकर्मीहरूलाई निस्कनबाट रोकेको थियो । हलभित्रै रह“दा केही पत्रकारले उत्तेजित ह“ुदै उनी बसेको कुर्ुर्सर्ीी बस्दै तस्बिर खिचाएका थिए । भीडमा कम्तीमा एउटा कुर्ुर्सर्ीीा“चिएको थियो । धेरैजसो पत्रकारले बाहिर चौरका तोपअगाडि पनि तस्बिर खिचाएका थिए । पर्ूवराजाकै केही सुरक्षाकर्मीले आफ्ना मोबाइलबाट हलको पृष्ठभूमिमा एकअर्काको तस्बिर खिचेका थिए ।

ँहामीलाई पनि केही गर्देला कि -’

कास्की हलमा पर्ूवराजाले प्रेस विज्ञप्ति पढ्दै गर्दा तथा त्यसअघिपछि दरबारका दक्षिण र पश्चिम गेटमा र्सवसाधारणको भीड जम्मा भएको थियो । भीडले यदाकदा राजतन्त्रविरोधी नारा लगाउ“दै होहल्ला गरिरहेको थियो ।

उनले विज्ञप्ति पढ्नु डेढ घन्टाअघि पश्चिमी गेटमा उपस्थित र कान्तिपुरले कुरा गरेका केही र्सवसाधारणले मुलुक शान्तिपर्ूवक गणतन्त्रमा प्रवेश गरेकामा खुसी प्रकट गरे । उनीहरूले सरकारले पर्ूवराजालाई नागाजर्ुर्ुदरबार दिएकामा रोष पनि व्यक्त गरे ।

‘पर्ूवराजालाई दरबारको व्यवस्था गरेछ सरकारले, हामीलाई पनि केही गर्देला कि भनेर आएको,’ अर्घर्ाा“चीको दर्ुर्ुगम गोफुगा गाउ“का ३० वर्षो टोपनारायण पौडेलले भने । उनी उस्तै उमेरका आफ्ना गाउ“ले हर्रि्रसाद पौडेल र कमलप्रसाद पौडेलस“ग त्यहा“ पुगेका थिए । ‘गरिबीले परिवार पाल्न नसकेपछि सकेसम्म स्वदेशमै नभए विदेशमा’ रोजगार गर्ने उद्देश्यले काठमाडौं आएको पौडेल बन्धुहरूले बताए । तीनै जनाले साउदी अरब जान अन्तर्वार्र्ता दिइसकेको तर तलब अति कम भएकाले चित्त नबुझेको बताए । उनीहरूस“ग गरिबी निवारण कोषले निकालेको ‘गरिबी निवारण कोष, एक चिनारी’ शर्ीष्ाकको पुस्तिका थियो । ‘हि“ड्दै गर्दा यसको अफिस देख्यौं,’ टोपनारायणले भने- ‘केही सहयोग पाइहालिन्छ कि गाउ“मा काम थाल्न भनेर त्यहा“ छिरेका थियौं । यही पाइयो ।’

उनीहरूले पर्ूवराजा दरबारबाट हट्नु राम्रो भएको उल्लेख गर्दै देशलाई उन्नतितिर लैजान ‘भ्रष्टाचारीलाई फा“सी दिइने कानुन बनाउनुपर्ने’ विचार प्रकट गरे ।

पर्ूवराजाको भाषणपछि दक्षिणी गेटमा जम्मा भएको भीड मुसलधारे पानीका कारण तितरवितर भयो । वषर्ा रोकिएपछि भीड पश्चिमी गेटमा जम्मा भएको थियो जहा“बाट पर्ूवराजा सा“झ साढे आठ बजे निस्केका थिए ।

राजावादी-गणतन्त्रवादी आमनेसामने 

पश्चिमी गेटमा राजतन्त्रवादी र गणतन्त्रवादीका दर्ुर्ुइ समूह थिए । पर्ूवराजावादीले गेटस“गै टा“सिएर ‘राजा हटाउने विदेशी दलाल’ लाई धारेहात लगाएर सरापेका थिए भने गेटअगाडिको मुख्य सडकस“गै उभिएका गणतन्त्रवादीले ‘छिटो निस्क ज्ञानेन्द्र’ नारा लगाएका थिए । राजतन्त्रवादी भीड सानो थियो जसमा धेरैजसो वृद्ध तथा आक्रोशित महिला थिए । गणतन्त्रवादी भीड अलि ठूलो थियो जसमा जोशिला तन्नेरी थिए ।

प्रहरीले दुवै भीडलाई त्यहा“बाट हटाउन खोजेका थियो । ‘राजावादीहरूलाई गेटमा राख्ने, हामीलाई चाहि“ हटाउने -’ गणतन्त्रवादीहरूले प्रहरीलाई भने । ‘हामी ज्ञानेन्द्रलाई रोक्न आएको होइन, जान दिन्छौं,’ एक गणतन्त्रवादीले भने- ‘सके एकदर्ुर्ुइ लात हानौंला ।’

राजतन्त्रवादीले त्यस्तै रोष गणतन्त्रवादीप्रति प्रकट गरेका थिए । ‘त्यस्तो हल्ला गर्ने फटाहालाई चाहि“ नहटाउने, हामीलाई चाहि“ हटाउन खोज्ने -’ राजावादी वृद्धाले प्रहरीलाई भनिन् । ‘उहा“ले -गणतन्त्र) स्विकार गनर्ुर्ुो तर हामीलाई स्विकार छैन,’ आफूलाई राष्ट्रवादी बताउने ५२ वर्षो कृष्णप्रसाद शाहीले ज्ञानेन्द्र शाहको भाषणबारे भने- ‘उनीहरूले भन्दैमा छाड्नु हु“दैन ।’

‘ती हिन्दू अतिवादी र विदेशी पैसामा चलेका मान्छे हुन्,’ गणतन्त्रवादी २० वर्षो कृष्ण बा“स्तोलाले भने- ‘देश गणतन्त्र भएकोमा मलाई खुसी लागेको छ । ज्ञानेन्द्र र्सवसाधारण जनता भएर बसून्, केही छैन । राम्रो काम गरेर राष्ट्रपति नै भए पनि केही छैन ।’(from:kantipur http://www.kantipuronline.com/.)