नेपाल मिरर डट कम / रमा लामिछाने
नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापाले विविधताको मुलुक नेपाललाई एकताको शुत्रमा बाँध्न नसकिए स्थिती सन्तुलन भन्दा बाहिर जान सक्नेतर्फ सबैलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।
आज राजधानीमा आयोजित पहिलो रोट्रयाक्ट डिस्ट्रिक्ट एसेम्बली को उद्घाटन गर्दै युवा नेता थापाले विभिन्न भाषा, जात, जाती, क्षेत्र समुह लगाएतको अधिकार स्थापीत गर्नु अबको संविधान सभाको चुनौती भएको औल्याउनुभयो ।
नयाँ नेपाल नामबाट मात्र नभई काम बाट गरेर देखाउनु पर्नै बताउदै थापाले उपलब्ध सबै स्रोतहरुको समान वितरण बाट नयाँ नेपाल बन्ने दावि गर्नुभयो । हिजो भन्दा भिन्न परिस्थिती को निर्माण बाट मात्रै सवल र नयाँ नेपाल निर्माण बन्ने भएकाले सोंच, मुल्य र पद्धती परिवर्तन गर्नु अत्यन्त आवश्यक भएको बताउनु भयो । साथै थापाले नयाँ नेपाल निर्माणको लागी जागरुक भएर लाग्न युवा पुस्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा रोट्रयाक्टहरु रमेश दहाल, अनिल श्रेष्ठ, राजन पिया लगायतले स्वार्थ भन्दा माथि उठेर सेवालाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । (from:nepalmirror.com)