वाषिर्कोत्सवमा नांगो दौड
June 21, 2008मनिला/ फिलिपिन्स विश्वविद्यालयको शतवाषिर्की समारोह विद्यार्थीले नांगै दौडेर मनाएका छन् । डिजिटल र सेल फोन क्यामरासहित धक्का मार्दै, चिच्याउँदै सयौं विद्यार्थी नांगै दौडिएका थिए । विश्वविद्यालयको प्रांगणमा हात फैलाएर डठिएको एक नांगो पुरुषको प्रतीकको नाममा यो -आहुति दौड) को आयोजना १९७७ देखि हुन थालेको हो । यो पुरुषले आफूलाई निःस्वार्थरूपमा राष्ट्रसामु सुम्पेको मानिन्छ । आफ्नो पहिचान लुकाउन निर्वस्त्र धावकहरूले सुनौला मुकुण्डो लगाएका थिए । दौड्नेक्रममै उनीहरूले खितखिताएका छात्राहरूलाई गुलाफ दिएका थिए । छात्राहरूले उनीहरूको फोटो खिचेका थिए । बाङ नामकी छात्राले धावकहरूको साहसको प्रशंसा गर्दै भन्छिन्, ‘यो उनीहरूको शरीरको प्रदर्शनमात्र होइन । उनीहरूले आफ्नो सिद्धान्तलाई प्लेकार्डमा उतारेर बोकेका पनि छन् ।’ केही नांगा धावकले ‘जनताको सेवा गर’ भन्ने प्लेकार्ड बोकेका थिए (from:nayapatrika)