को को भए त मनोनित सभासद ?

June 26, 2008

आज संबिधान सभा मा मनोनित हुनु  पर्ने सभासद को टुंगो लागेको छ । अब संबिधान सभा ले पूर्णता पाएको छ ।दलिय भाग बन्डा को आधार मा गरिएको मनोनय मा यि नाम हरु समाबेश भ्एका छन :
१।काँग्रेस : पूर्ब प्रधान न्यायधिस बिश्वनाथ उपाध्याय, निलाम्वर आचार्य, राधेश्याम अधिकारी, जगत ताजपुरीया र मानवहादुर उराव।
2. एमाले : पासाङ शेर्पा, सुशिलचन्द्र अमात्य, महेश चौधरी, पार्वती चौधरी, शिला कतिला,
३। नेकपा माओवादी :उद्यमी पद्म ज्योती, वाम बुद्धिजिवी हरि रोका, चन्द्रलाल मेचे, डबलवहादुर शाह, हरिलाल थापामगर, धामी बराम,  इन्द्रकुमारी गुरुङ, कपिल लामा र शेरवहादुर पहरी
४।मधेसी जनअधिकार फोरम:भुपेन्द्र चौधरी र मोहम्मद इकवाल
५। माले : उद्यमी राजेन्द्र खेतान
६ । सद्भावना आनन्दीदेवी:श्यामसुन्दर गुप्ता
७ .जनमोर्चा:नारायणकाजी श्रेष्ठ प्रकाश
८। नेमकिपा:जग्यवहादुर शाही
यसरी भ्एको मनोनयन भ्एका लाई संबिधान सभा बैठक ले पारीत गर्ने छ । अब केही मात्र मा भए पनि संबैधानिक आन्योल को अन्त्य हुने अपेक्ष्या गर्न सकिन्छ ।

प्रधानमन्त्री कोइरालाले दिए राजिनामा

आज बसेको संबिधान सभा बैठक मा प्रधान मन्त्री कोइरालाले राजिनामा दिनु भएको छ । सबै सँगै मिलेरे अगी  बड्नु पर्ने मा उहां ले बिशेष जोड दिन सबै सँग आव्हान गर्नु भ्एको छ । यस बाट केही मात्र भए पनि राजनैतीक निकास निस्कन सक्ने आपेक्ष्या गर्न सकिन्छ । तर  उहाको रजिनामा अब बन्ने राष्ट्रपतीबाट आनुमोदन भएपछी मात्र मान्य हुने छ ।