कमललाई सम्मान थाप्न भ्याइनभ्याई

June 28, 2008


 

मकर श्रेष्ठ

काठमाडौं, असार १३ - सेती नदीको खोचमा खसेकी बालिकालाई उद्धार गरेर चर्चामा आएका कमल नेपाली शुक्रबार राजधानीमा सम्मान र पुरस्कार थान व्यस्त रहे । साहसिक काम गरेपछि बिहीबार उनी बुबा र दाइको साथमा पोखराबाट राजधानी आएका थिए ।

भाइको साहसको कदर गरेर राजधानीवासीले बोलाएपछि आफूहरू आएको कमलका दाइ सलुमले बताए । ‘भाइले साहसलाई सबैले हौसला प्रदान गर्नुभएको छ,’ उनले भने- ‘सम्मानस“गै भाइलाई पढाउने चाहना पूरा भयो ।’ राजधानी आइपुगेपछि १२ वषर्ीय कमललाई सम्मान गर्नेको संख्या बढ्दै गएको छ । सलुमका अनुसार कमल पोखराबाट काठमाडौं आउ“दाको पहिलो अनुभव र सम्मानको हौसलाले राति अबेरसम्म सुत्न मानेन् ।

अपाराह्न तीन बजे विमानस्थल आइपुगेका उनीहरू बेलुका राजधानीको पा“चतारे याक एन्ड यती होटलमा बसेका छन् । ‘भाइको हवाईजहाजबाट पहिलो राजधानी यात्रा हो,’

उनले भने । कमलले शुक्रबार बिहान ११ बजे दशरथ रंगशालामा बास्केटबल प्रतियोगिता उद्घाटन गरे । 

यसपछि सगरमाथा टेलिभिजनले आयोजना गरेको र्‍यालीमा उनी प्रमुख आकर्षा बने । टाटा मोबाइलमा राखेर उनलाई अनामनगर, माइतीघर, न्युरोड हु“दै पर््रदर्शनीमार्गस्थित पर्यटनबोर्ड पुर्‍याइएको थियो ।

उनलाई सम्मान गर्न, रकम दिएर सहयोग गर्न र मोबाइलबाट फोटो खिच्नेको घुइ“चो लागेको थियो । उनले हात हल्लाएर र्सवसाधारणलाई अभिवादन गरेका थिए ।

उनी दाइको आदेशानुसार र्सवसाधारणलाई हेदर्ैर्ैैात हल्लाउ“थे । कहिले उनी खेलौनास“ग खेल्न व्यस्त देेखिन्थे । सम्मान कार्यक्रममा पुगेपछि उनीस“ग हात मिलाउनेको घुइ“चो लागेको थियो ।  उनलाई मितेरी अस्पतालले आजीवन उपचार गरिदिने घोषणा गरेको छ ।  रमपम तयारी चाउचाउले यस वर्षेखि ‘रमपम ब्रेभरी अवार्ड’ स्थापना गरेर पहिलो वर्षो अवार्ड कमललाई दिने घोषणा गरेको छ ।

उनलाई यस वर्षो ‘वीर गणेशमान सिंह बाल प्रतिभा पुरस्कार’ पनि प्रदान गरिने भएको छ । जीवन जोखिममा राखेर बालिकाको उद्धार गरेकोले उनलाई पुरस्कार प्रदान गर्ने निर्ण्र्ाागरिएकोे पुरस्कार कोषकी अध्यक्ष रीतासिंह वैद्यले विज्ञप्तिमार्फ जनाएकी छिन् । कोषले कमललाई ‘वर्षो बालक’ उपाधिसमेत दिएको छ । २५ हजार रुपैया“सहितको उक्त पुरस्कार आगामी चैत २६ गते प्रदान गर्ने निर्ण्र्ाागरिएको छ । कमल र उनका आफ्न्त शनिबार पोखरा फर्किने योजनामा छन । र्फकनु अघि विभिन्न स्थानका सम्मान कार्यक्रममा सहभागी हुने दाइ सलुमले जानकारी दिए ।(from:kantipur)