युरो २००८ को बिजेता बन्यो स्पेन
June 29, 2008
अस्ट्रिया को भियाना मा भ्एको युरो २००८ को फाइनल खेल मा जर्मनी लाई १-० ले हराएर स्पेन ४४ बर्ष पछी ठुलो प्रतियोगिता को उपाधी कब्जा गर्न सफल भ्एको छ । जर्मनी कि चान्स्लर आफ्ना खेलाडी हरु लाई हौसला प्रदान गर्न का लागि उपस्थित भ्एपनी तिब्र आत्मा विश्वाश साथ खेल मैदान मा उत्रिएको स्पेन ले जर्मनी लाई हराएर युरो २००८ को उपाधी आफ्नो पोल्टा मा पार्न सफल भयो ।
यस अघी स्पेन सन १९६४ मा तत्कालिन सेभियत संघ लाई हराएर उपाधी जित्न सफल भ्एको थियो भने सन १९८४ मा फ्रान्स द्वारा पराजित भ्एको थियो ।
पुरा खेल अबधी आफ्नो पक्ष मा पार्न सफल स्पेन का स्ट्राइकर फर्नान्डो टारिस द्वारा खेल को ३३ मिनेट मा गरेको गोल नै स्पेन का लागि बिजय साबित भयो ।
तर जर्मन का लागि पनि गोल गर्ने सुनौलो अबसर प्राप्त नभ्एको भने होइन । जर्मनी का खेलाडी माइकल बालक द्वारा गरिएको प्रहार गोल पोस्ट को नजिकै बाट बाहिर गएको थियो । त्यस्तै खेलको ८० मिनेट मा स्पेन का खेलाडी मार्कस सेन्ना गोल गर्न गर्न लाग्दा चुकेका थिए ।
यस सँगसङै अहिले सम्मकै महँगो मानिएको युरो२००८ को संस्करण पनि समाप्त भ्एको छ ।