एमालेका पूव महासचिव नेपालद्धारा माओवादीको अभिव्यक्ति प्रति खेद व्यक्त

June 30, 2008

नेकपा एमालेका पूर्व महासचिव माधब कुमार नेपालले राष्ट्रपति पद को विवादमा तानेर माओवादीले आफ्नो चरित्र हत्या गरेको आरोप लगाउनु भएको छ ।

पाराग्वेमा हुने अन्तराष्ट्रिय युथ लिडर समिटमा भाग लिन त्यस तर्फजानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संचारकर्मीहरु सगं कुरा गर्दै उँहाले माओवादीको पछिल्लो अभिव्यक्ति प्रति खेद व्यक्त गर्नु भएको हो ।        

एमालेका विदेश विभाग प्रमुख समेत रहनु भएका नेता नेपालले संविधान निर्माण गर्नु पहिले मधेशवादी दलहरुले एक मधेश एक प्रदेशको माग उठाउनु जायज नभएको बताउदै त्यसमा कुनै सहमति पनि नभएको जानकारी गराउनुभयो ।

समिटमा भाग लिन नेपाली कांग्रेसका सभासद धनराज गुरुङ, नेपाल परिवार दलका सभासद एक नारायण ढकाल, नेपाल जेसिजका अध्यक्ष दिनेश कोईराला त्यसतर्फप्रस्थान गर्नु भएको छ ।(from:nepalmirror.com)

Comments »

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>