भाषा, भानुभक्त र राष्ट्रिय एकता

July 12, 2008

मोदनाथ प्रश्रति


भाषा र राष्ट्रिय एकताको विषय व्यापक चर्चामा रहेका बेला भानुभक्त आचार्यको १९५ औं जयन्ती मनँइ“दैछ । केही समयअघि तर्राईमा भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा आदिका सालिक फोरिएका थिए । नेपालीभाषी समीक्ष्ँक निनु चापागाईंले लेखे- ‘भानुभक्त जातीय समानताको पक्ष्ँमा होइन, जातीय विभेदको पक्ष्ँमा, वर्ण्र्ाादका पक्ष्ँमा साहित्य लेखिरहेका थिए । लोकतान्त्रिक मूल्य-मान्यता तथा संस्कृति र भानुभक्तरचित साहित्य विपरीत ध्रुवका विषय हुन्’ -गरिमा, ०६४, लोकतन्त्र विशेष) ।

हालै मैथिल महाकवि विद्यापतिका भाषिक सन्ततिसहित तर्राईका ६४ सभासदले संविधानसभामा हिन्दीमा सपथ लिए । यी विविध सर्न्दर्भका भाषा, तिनका आदिकवि या विशिष्ट साहित्यकारको भूमिका र राष्ट्रिय एकता विवेच्य विषय बनेका छन् ।

भाषाले मानिसलाई आदिकालदेखि गण, जन, जाति र राष्ट्र हु“दै अन्तर्रर्ााट्रय स्तरसम्म जोड्दै ल्याएको छ । भाषाको जन्म मानिसका भावनाको आदान-प्रदान र जीविकाको व्यवहार सञ्चालन क्रममा हुन्छ । विकास क्रममा त्यो विविध विचारको संवाहक, विभिन्न जातिको एकताको कडी हु“दै विश्वका सम्पर्ूण्ा समस्याको छलफल र निष्कर्षो माध्यम बन्न पुग्छ । मानव जातिका समुदाय आदिम जंगली चरणमा प्रँकृतिक रूपले भौतिकवादी देखापरे पनि विकासक्रममा तिनीहरू प्रायः अनिवार्य रूपले रहस्यवाद, दैवी कल्पना र धार्मिक क्रियाकलापको बाटो अघि बढ्छन् । वर्गीय समाज देखापरेपछि भौतिकवादी चिन्तनको धारा पनि अघि बढ्छ, तर सामन्तवादी समाजसम्म दैवी दर्शन हावी हु“दै रहन्छ । औद्यँेगिक क्रान्तिको प्रक्रियाले भाग्यवाद र उद्योगवादको द्वन्द्वलाई उत्कर्षा पुर्‍याई न्यायको पक्ष्ँधर बहुमतलाई पु“जीवादी शोषण र असमानताविरुद्ध समाजवादी दिशातिर अघि बढाउ“छ ।

विशाल मरुभूमि, कृषि र पशुपालनको न्यूनताले अरबका मुलुक पहिले राष्ट्रिय र अन्तर्रर्ााट्रय व्यापारमा अघि बढे । व्यापार यात्रा मार्ग पहिल्याउन दिशा ज्ञानको आवश्यकताले ज्योतिष विज्ञानले प्रश्रय पायो । ३६० कविला भएको बहुदेववादी समाजको अर्न्तर्द्वन्द्व व्यापार विस्तारमा बाधक हुनाले सातौं शताब्दीमा मोहम्मदले एकर् इश्वर ‘अल्लाह’ र एक धर्म इस्लाममा जोड दिई विशाल जनएकता कायम गरे । इस्लामको मूलभूमि मरुभूमि भएकैले विश्वभर फैलिएको एक अर्ब मुसलमानमा एक्काइसौं शताब्दीमा पनि धार्मिक आस्था ज्यादै प्रबल छ र्।र् इश्वरबारे थोरै प्रश्न उठाउनेहरू पनि सलमान रुस्दी र तसलिमा नसरिनजस्तै संकटमा परिरहन्छन् । त्यहा“ भौतिकवादी चिन्तन र साहित्यको विकास गाह्रो छ ।

युरोपको अधिकांश भूभाग वर्षा ६ महिना हिउ“ले पुरिन्छ । कृषि उत्पादन पनि न्यून हुनाले त्यहा“ दासप्रथा बढ्यो र अति क्रूर भयो । फलस्वरूपर् इसापर्ूव ठूल-ठूला दास व्रि्रँेह भए । दासप्रथामै आधारित अत्याचारी रोम साम्रँज्यविरुर्द्धर् इसाको आन्दोलन केन्द्रित थियो । आन्दोलनले रोम साम्रँज्य खस्क्यो र बहुदेववादी युरोप एकर् इश्वरवादतिर लम्क्यो । नया“ स्थितिले व्यापारिक क्ष्ँेत्रमा लागेका युरोपेलीमा धार्मिक कट्टरता घटी उदार प्रवृत्ति र नया“ सोच बढ्दै गयो । स्थायी बासिन्दा पोप-पादरी र जमिन्दार धार्मिक रुढी र संकर्ीण्ातामा जकडि“दै ज्यू“दै र्स्वर्गका टिकट बेच्ने र भौतिक विज्ञानको कुरा गर्नेहरूलाई डढाउने, मार्ने स्तरसम्म पुगे । द्वन्द्व बढ्दै गई चौधौं शताब्दीमै मध्ययुगको अन्त्य भई पन्ध्रँैं शताब्दीदेखि पुनर्जागरणको बाटोबाट युरोपले विज्ञानमा नया“-नया“ आविष्कार गर्दै पश्चिमी गोलार्द्धका दर्ुइ महादेशतिर पाइला बढायो । जातीय जटिलताको न्यूनता, धार्मिक उदारता, यान्त्रिक विकास र सिंगै दर्ुइ महादेशको प्राप्ति युरोप र अमेरिकाको अग्रगामी विकासका आधार हुन् । औद्योगिक क्रान्तिले युरोपमा मजदुर आन्दोलनको विकासद्वारा मार्क्सवादी समाजवाद जन्मने पृष्ठभूमि बन्यो ।

दक्ष्ँिण एसिया, पर्ूर्वी चार महादेशको मध्यभूमि । जैविक विविधताले परिपर्ूण्ा, अजस्र हिमाली नदीद्वारा सिञ्चित, वाषिर्क तीन खेती हुने उर्वर विशाल भूमि, माछा-मासु, पशुपालन, दूध-दही-घ्यूको भण्डार । यही विशेषताले चारै महादेशका विभिन्न जातिको यो आकर्षा केन्द्र रह्यो । सबैतिरका ज्ञानविज्ञान, तन्त्रमन्त्र, रूढीबूढी यहा“ थुप्रि“दै गए । अनगिन्ती जाति संस्कृति र देवी-देवताका मतभेदले यहा“को बहुजातीय समाजलाई जटिल वर्ण्र्ाावस्थातिर जेल्दै लग्यो । युरोप र चीनतिर जस्तो दर्ुइ/चार, आठ/दश चिन्तक होइन, हजारौं ऋषि, मन्त्रकार उपनिषदकार, अनेक दर्शन, अनेक पूजाविधि देखापरे । धार्मिक मतभेद जातीय छुवाछूतसम्म बढ्दा पनि यहा“को भूमिले मान्छेलाई अन्न माछा-मासु, फल कन्दमूल आदिले पाल्दै आएकाले देश छोडेर मान्छे यताउति लागेनन् । बाहिरबाट जति आक्रामक आए पनि तिनीहरू यही“कै समाजमा, कुनै वर्ण्र्ाातर्गत गाभिएर घुलमिल हु“दैगए । उर्वरभूमिमा वर्ण्र्ाावस्थाको ज्यादै जटिल जालमा जेलिएको तीव्र नशाले यो भूमि यसरी निदायो कि सपनामा भन्दै गयो- शक, हूण, यवन, अंग्रेज चाहे जो राजा होस् हामीलाई

के मतलव †

नेपाल यिनै विशेषतासहितको एक खण्ड हो । अलि विकट पहाडी मुलुक हुनाले पहाड र हिमाली जनजातिका केही आफ्ना विशेषता बचे । यो उत्तर भारतका पीडित जनजाति र बुद्ध एवं हिन्दु धर्मका विभिन्न शाखाका मानिसको स्वेच्छिक र शरणार्थीको रूपमा आश्रयस्थल बन्दै रह्यो । यसले अधिकांश समयका आफ्नो स्वाधीनता विभिन्न प्रकारले कायम राख्दैरह्यो ।

युरोपमा पुनर्जागरण आयो तर यस भूमिले थाहा पाएन । अंग्रेजले भारत हत्याउ“दा यसले केहीबेर राज्यमा पर्खाल लगायो । तर पछिल्ला सय वर्षयो अंग्रेजका दासको पनि दास भएर सुत्यो । युरोपमा तेह्रँैं-चौधौं शताब्दीमा विश्वविद्यालय खुलेका थिए । भारतमा उन्नाइसौं शताब्दीमा अंग्रेजले स्कुल कलेज खोले । अंग्रेजलाई सलाम ठोक्दै भारतेलीहरू डाक्टर इन्जिनियर, प्रँध्यापक प्रँविधिज्ञ बन्न थाले । तर नेपालले मन्दिरमा राम्रा कला बनाउनेहरूका हात काट्दै रह्यो । अच्युतानन्दलाई सताउ“दै रह्यो । सय-सवा सय वर्षघि दिङ्ला र काठमाडौंमा संस्कृत पाठशाला खुले, ती पनि बाहुनका लागि मात्र । वेद व्याकरणको पढाइसम्म सुरु भयो । धार्मिक आस्था र रूढी चरम शिखरमा थियो । १९७७ सम्म एउटा लोग्ने मर्दा दसौं-बीसौं स्वास्नीलाई र्स्वर्ग जाऊ भन्दै चितामा डढाइन्थ्यो । १९८२ मा बल्ल दासप्रथा समाप्तिको औपचारिक घोषणा भयो । सात साल आयो, छत्तीस, छयालीस हु“दै त्रिसठ्ठी आयो, गणतन्त्र आयो तर छुवाछूत प्रथा कागजमा मर्‍यो । व्यवहारमा ज्यू“दैछ ।

हो, यस देशमा २५०० वर्षेखि वर्ण्र्ााद विरोधी बुद्धको केही प्रचार थियो । तीन-चार सय वर्षेखि कवीर पन्थी र जोसमनी पन्थी सन्त जोगीले आ-आफ्ना समाजमा अखाडामा निर्गुण भजन गाए, छुवाछूतको विरोध गरे । त्यसले वर्ण्र्ाायवस्थाले जकडिएको समाजमा खास प्रभाव परेन । रणबहादुरले सन्की झोंकमा छुवाछूत मुक्तिको घोषणा गरे । त्यसलाई त्रिपुरेश्वरको जगन्नाथ मन्दिरमा थन्काइयो । शताब्दीको अन्त्यतिर पुस्तकालय खोल्दा महाकवि देवकोटाहरू दण्डित भए । हो, लिच्छवीकालमा यहा“ संस्कृतलाई राज्य भाषा बनाइएको थियो । कुनै बेला मैथिली भाषा उपत्यकाको राज्यभाषा थियो तर टिकेनन् ती । हजार वर्षघि जुम्लामा जन्मेको खस भाषालाई चौधौं/पन्ध्रँैं शताब्दीमा कुमाउ पौडी गढवालदेखि पर्ूर्वी अभियानमा हिंडेका हजारौं लाखौं मानिसले कर्ण्ााली, गण्डकी कोसी प्रदेश नाघ्दै सिक्किम दार्जिलिङ आसाम वर्मासम्म सयौं वर्षलगाएर पुर्‍याए । पर्ूवदेखि पश्चिमसम्म सबै जाति जनजातिलाई एउटै भाषाले क्रमशः जोड्दै लग्यो । कुनै विद्यालय विश्वविद्यालय नभएको त्यस जुगमा कुनै सरकारले यति लामो क्ष्ँेत्रमा कसरी एउटा भाषा लाद्न सक्थ्यो र - त्यसैक्रममा तर्राईका थारू, अवधी, भोजपुरी मिथिला आदि संस्कृतमूलका भाषाका तानावाना जोडि“दै गएर वर्तमान नेपाली भाषाले आकार लियो । जनताले यस भाषामा लोकगीत गाउ“दागाउ“दै अनेक लोकगीत र लय बन्दै गए ।

पृथ्वीनारायणको समयदेखि कविहरूले त्यसमा कविता रच्न थाले । केही कविता लोकप्रिय भई विवाह ब्रतबन्ध या मनोरञ्जनमा गाइन पनि थाले । मिथिला क्ष्ँेत्रमा ५/६ सय वर्षेखि विद्यापतिका रचनाको प्रभाव थियो । भोजपुरीमा लगभग त्यसै समयदेखि कवि र साहित्यले छाप पारेको थियो । सत्रौं शताब्दीको तुलसी रामायणले पनि अवध क्ष्ँेत्रमा प्रवेश गर्‍यो । पहाडी क्ष्ँेत्रमा कुनै उल्लेख्य साहित्यिक जागरण थिएन, चर्चित कवि थिएन । त्यही अवस्थामा भानुभक्त आचार्य -१८७१-१९२५) ले सरल नेपालीमा रामायण लेखे । उनले नेपालमा जस्तो धार्मिक सांस्कृतिक वातावरण थियो र रामायणको जेजस्तो कथा थियो, त्यसैअनुसार रामायण र केही फुटकर कविता रचे । उनले ‘लोक’ देखेका थिए, लोकतन्त्र होइन । साधारण ‘जनगण’ देखेका थिए । जनतन्त्र र गणतन्त्र होइन । आफ्नो युग र चेतना सुहाउ“दो भानुभक्त कृषि नेपालका सबै जाति जनजातिलाई मन पर्‍यो । मोतिरामले रामायण छपाएपछि जनताका लागि त्योभन्दा ठूलो साहित्यिक उपहार केही भएन । जनताले हारालुछ गरीगरी पढे । रामायण पढ्नकै लागि मान्छेले अक्ष्ँर चिन्न थाले । त्यो पुस्तक जनताका लागि साहित्य, महाकाव्य, धर्म, दर्शन, उपनिषद, संस्कृति, नारीवेद, जनजाति वेद, शूद्रवेद आदि सबथोक भयो । त्यसले नेपाली भाषाको प्रचारद्वारा सबै जाति जनजातिलाई निकट ल्याएर भावनात्मक रूपमा राष्ट्रिय एकता कायम गर्न ठूलो भूमिका खेल्यो ।

हाम्रो जस्तो सयौं भाषाभाषी, सयौं जनजाति भएको र शिक्ष्ँादीक्ष्ँा नगण्य भएको मुलुकमा भाषा र संस्कृतिको त्यति सशक्त र व्यापक आधार तयार हुनु ठूलो ऐतिहासिक उपलब्धि हो । वर्ण्र्ाावस्था र नारी एवं दलितप्रति गरिने हजारौं वर्षेखिको व्यवहार परम्परा अहिले आधा नेपाल मार्क्सवादी कम्युनिष्टहरूले ढाक्दा त जब्बर छ भने संस्कृतका एक पण्डितले लेखेको रामायणले त्यसलाई छ्याल्लब्याल्ल पार्ने कल्पना गर्न सकिन्छ र - हजारौं बुद्धिष्ट र सन्तहरूले गर्न नसकेको काम भानुभक्तबाट हुन सक्थ्यो र - जेहोस्, भानुभक्तले बलियो जग हालेको त्यस रामायणको प्रभावलाई केही कम्युनिष्टले नकारेर गलत व्याख्या गर्न खोजे पनि करोडौं नेपालीले त्यसको ऐतिहासिक महत्त्व बुझेका छन् । त्यसैको जगमा उभिएर साहित्य निकै अग्लो भएको छ । अहिले नेपालका लगभगबाट हजार गाविसका बीसौं हजार विद्यालयमा नेपाली भाषामा पढाइ हुन्छ । अधिकांश नेपाली रेडियो, एफएमहरू सुन्छन्, पत्रपत्रिका र साहित्य पढ्छन्, पार्टर्ीी भाषण सुन्छन् । अब नेपाली भाषा ठ्याक्कै नबुझ्ने र बोल्न नसक्ने बढीमा दस-पन्ध्र प्रतिशत

मानिस होलान् ।

साठी वर्षो राजनीतिक जागरणले हामी लोकतान्त्रिक गणतन्त्रको युगमा आइपुग्यौं । राज्यको नया“ रचनाको तयारी गर्दैछौं । सबै जाति भाषा संस्कृतिको विकास गरी सुन्दर नेपाल बनाउने योजनामा छौं । यस्तो बेला केही दलले आ-आफ्ना भाषालाई बोलेर लेखेर, प्रकाशित गरेर समृद्धितिर लैजाने अभियान चाल्नुसट्टा अर्काे देशको हिन्दी भाषामा सपथग्रहण गरी त्यसैको जयजयकार गर्नुले के सन्देश दिन्छ - आफ्ना देशका सांस्कृतिक हस्तीको योगदानलाई नकार्नु, बंग्याउनु, मर्ूर्ति फोर्नु, आ-आफ्ना भाषाका स्रष्टा र साहित्यको सम्मान गर्नुसट्टा विदेशभक्ति देखाउन अडबांगे मधेस प्रदेशको कुरा गर्नुको वास्तविक भित्री आशय जनताले बुझ्दैनन् र - अब हामी सबै भाषा संस्कृतिका जनता एकताबद्ध भई अघि बढ्नर्ैपर्छ । नेपालमा ० दशमलव ४७ प्रतिशतले बोल्ने हिन्दीलाई दक्ष्ँिणको नव-उपनिवेश कायम गर्न खोज्नेहरूको नियत नंग्याउनर्ैपर्छ ।(from:kantipur)

सपनाको सपना

राजेन्द्र फुयाल

सपना मल्ल प्रधानले दिल्ली युनिभरसिटीबाट कानुनमा स्नातकोत्तर गरेपछि ‘कम्पनी वकिल’ भएर राम्रो आर्जनको सपना पालेकी थिइन् । जब उनको व्यावसायिक यात्रा सुरु भयो, गन्तव्य नै फेरियो । उनी कानुनको अभावमा न्याय नपाएका महिलाको पीडाको वकालत गर्नतिर लागिन् ।

सभासदसमेत भएकी अधिवक्ता प्रधान ‘गु्रबर अन्तर्रर्ााट्रय महिला अधिकार पुरस्कार’ जितेर कर्मको फल पाएकी छन् । साढे तीन करोड रुपैया“का अति सम्मानित उक्त पुरस्कार उनीसहित तीन अधिकारकर्मीले पाएका हुन् ।

अमेरिकाको गु्रबर फाउन्डेसनका अध्यक्ष स्वयंले टेलिफोन गरी आफूलाई पुरस्कृत गरिएको सुनाउ“दा सुरुमा उनलाई सपनाजस्तै लाग्यो । त्यसबारे विस्तृत जानकारी पाएपछि भने उनमा उत्साहको सीमा रहेन ।

‘लैंगिक असमानता र विभेद सम्बोधन गर्न नेपालमा भइरहेको कामप्रतिको यो अन्तर्रर्ााट्रय पहिचान र र्समर्थन हो,’ उनी भन्छिन्- ‘पैत्रिक सम्पत्तिमा समान अधिकार, गर्भपतनका र वैवाहिक बलात्कारसम्बन्धी असमान कानुन सुधारमा हामीले गरेको योगदानको कदर भएको छ ।’ वैवाहिक बलात्कारको मुद्दा उठाउ“दा आएको धम्की र खतरालाई उनले भुलेकी छैनन् । ‘त्यतिबेला मलाई होइन,’ उनी सम्झन्छिन्- ‘हामीले उठाएको मुद्दालाई सञ्चारमाध्यम र अधिकारकर्मीले साथ दिए । म के मुद्दा उठाइरहेकी छु र के उठाउनर्ुपर्छ भन्नेमा प्रस्ट छु ।’

असमान कानुन र हिंसापीडित महिलाको मुद्दा हर्ेदा उनीहरूको पुनर्स्थापनाका लागि सुविधासम्पन्न पुनर्स्थापना केन्द्र बनाउने धोको उनमा पलाएको छ । ‘सेल्टर, औषधोपचार, मनोवैज्ञानिक परामर्श, आवास सबै सुविधा हुनेछ,’ उनी भन्छिन्- ‘यसको सबै खर्च मैले गर्नु पर्दैन । ‘सिड मनि’ राखेर थप रकमका लागि अरू अधिकारकर्मी र दाताहरूलाई आग्रह गर्छर्ुसहयोग गर्न इच्छुकहरू धेरै हुनुहुन्छ ।’

सन् २००३ मा यो पुरस्कार पाएका दक्षिण कोरियाली जर्ज नवीनथम पिया अन्तर्रर्ााट्रय फौजदारी अदालत -आईसीसी) का न्यायाधीश छन् । यस्तो सम्मानित पुरस्कार नेपाली अधिकारकर्मीले पाउनुको पछाडि सञ्चारमाध्यम, महिला आन्दोलनकर्मी, नागरिक समाज र दलहरूको योगदान रहेको उनी बताउ“छिन् ।

‘व्यवस्थापिका नभएका बेला अदालती सक्रियताबाट समेत कानुन सुधार गर्न सकिएको छ,’ उनी सम्झन्छिन्- ‘हामीले उठाएको मुद्दालाई सञ्चारमाध्यमले र्सवसाधारणका घरमा नपुर्‍याएको भए यो अभियान सफल हुने थिएन ।’ लैंगिक समानतासम्बन्धी कानुनलाई व्यवस्थापिकाबाट छिटो पारित गराउन तत्कालीन सभामुख सुवास नेम्वाङ र दलहरूले गरेको योगदानको स्मरण गर्दै उनी भन्छिन्- ‘हामीले गरेको मस्यौदालाई सरकारले सदनमा लान सहयोग गरेको थियो । अदालती सक्रियताबाट मात्रै पनि ६४ असमान कानुन परिवर्तन भएका छन् ।’

नवलपरासीको कसिया गाउ“मा जन्मिएकी प्रधान निम्नमाध्यमिक शिक्षाका लागि राजधानी आएकी थिइन् । विभेदविरुद्ध उभिएपछि आफू वामपन्थी भएको उनी बताउ“छिन् । सामाजिक न्याय र समनताका आन्दोलनका अग्रणी अधिकारकर्मी मल्ललाई एमालेले समानुपातिक सिटबाट संविधानसभाको सदस्य बनाएको छ । सभासद पाएपछि बढेको व्यस्ततामा पुरस्कारको घोषणापछि उनलाई बधाई थाप्न पनि भ्याइनभ्याई भएको छ ।(from:kantipur)