‘भानुभक्तको सुटिङ छाडेर झन्डै इन्डिया भागेँ’

July 13, 2008

कम्मर मर्काउने मामिलामा उनलाई उछिन्न सक्ने अर्को हिरो ‘इन्डस्ट्री’मा सायदै होलान् । उनले नाम र दाम जे-जति कमाए, कम्मर मर्काएर नै कमाए । उनको लचकताको ‘डिमान्ड’ बजारमा अझै घटेको छैन । त्यसैले त उनी शनिबार पनि ‘छायाँ’ फिल्मका लागि दिनभर भृकुटीमण्डपको बगैंचामा कम्मर मर्काइरहेका थिए । अहिले यस्तो चक्लेटी ‘इमेज’ बनेर के भो र ? उनको इन्ट्री भने गम्भीर फिल्मबाट भएको थियो । जसमा उनले कम्मर मर्काएनन्, श्लोक वाचन गरे । फिल्मको नाम हो, ‘आदिकवि भानुभक्त’ र उनी हुन् दिलिप रायमाझी । भानुजयन्तीको अवसरमा ‘भानु-संवाद’ गर्न उनले सुटिङबाट केही मिनेट ब्रेक लिए ।

भानुभक्तको ‘रोल’मा प्रस्ताव गरिएको पहिलो कलाकार तपाईं नै हो त ?

होइन, पहिले, हरिवंश आचार्यलाई दिने भनिएको रहेछ । तर, एउटै मान्छेले १६ देखि ५४ वर्षसम्मको भानुभक्त बन्नुपर्ने अवस्था थियो । हरि दाइलाई १६ वर्षको देखाउन सम्भव थिएन । त्यसैले उहाँले खेल्न नमिल्ने भएको रहेछ ।

त्यसपछि तपाईंलाई नै किन खोजियो ?

हरि दाइसँग मेरो अनुहार मिल्थ्यो । उहाँले नै मेरो नाम प्रस्ताव गर्नुभएको थियो । उहाँसँग चिनजान भएको चाहिँ एउटा स्टेज-कार्यक्रममा डान्स गर्दा हो ।

अनुहार मिल्नेबित्तिकै तपाइं छानिनुभयो ?

त्यसपछि मेरो स्क्रिन-टेस्ट लिइयो । मेकअप गरियो । मैले संस्कृत श्लोकहरू वाचन गरेर सुनाइदिएँ । त्यतिले पनि नपुगेर भानुभक्तमाथि लेखिएको बालकृष्ण समको नाटकको एउटा खण्डमा अभिनय गरेर देखाइदिएँ । अनि, बल्ल छानिएँ ।

छानिएपछि के गर्नुभयो ?

मैले स्कुलमा अलिअलि संस्कृत पढेको थिएँ तर निपुण थिइनँ । त्यसैले संस्कृत उच्चारण सिक्न थालेँ । भानुभक्तका श्लोकहरू कण्ठ गरेँ ।


त्यो साँझ मैले भोलिपल्ट फिल्म छाड्ने र भाग्ने विचार गरेँ । नेपालमै बस्यो भने खोजिहाल्छन् त्यसैले इन्डिया जाने भनेर योजना बनाएँ ।
तपाईंलाई अहिले कुनै श्लोक याद छ ?
बनारसमा भानुभक्तले आफूलाई परिचय दिने बेला वाचन गरेको श्लोक मलाई कण्ठ छ । त्यो यस्तो छ :
पहाडको अति बेस देश तनहुँमा
श्रीकृष्ण ब्राम्हण थिया
खुब उच्च कूल आर्यवंशी हुनगई
सत्कर्ममा मन दिया
विद्यामा पनि जो धुरन्धर भई
शिक्षा मलाई दिया
उनका नाति म भानुभक्त भनिकन हुँ
यो जानी चिनिलिया ।


तपाईंलाई सुटिङ गर्दा एकदम गाह्रो भएको श्लोक कुनै थियो कि ?

सुटिङ लगभग सिद्धिने बेलामा यादव सरले भानुभक्तले आफैंले लेखेको सक्कली चिठी फेला पार्नुभएछ । त्यसपछि त्यो चिठी पढेको दृश्य खिच्ने कुरा भो । अघिपछि अरूले लेखेर दिएका श्लोक सजिलै कण्ठ भएको थियो । तर, त्यो सक्कली चिठी कण्ठ गर्न साह्रै गाह्रो भएको थियो । त्यसपछि मैले त्यसलाई सुत्नेबेला तकियामुनि राख्न थालेँ र फुर्सद हुनासाथ पढिहाल्ने गर्थेँ ।

भानुभक्तमा देखिने तपाइंको जुँगा सक्कली हो कि नक्कली ?

नक्कली हो । बूढो भानुभक्तसम्म एकैनासे जुँगा देखाउन नक्कली टाँसिएको हो । मेरो जुँगा नपलाएर भने होइन किनभने त्यतिबेला म २० वर्षको भइसकेको थिएँ ।

तपाईं त डान्सर मान्छे, यस्तो गम्भीर रोलमा काम नगरूँजसो लागेन ?

मलाई त होइन, केही साथीहरूले चाहिँ यस्तो रोलमा काम नगर, अर्कै ‘इमेज’ बन्छ भनेर सतर्क गराएका थिए । तर, मैले कसैको सुनिनँ ।

यो ‘आदिकवि भानुभक्त’ फिल्मले तपाईंको करिअरमा के फाइदा पुर्‍यायो त ?

यो फिल्म खेल्न पाएकोमा म गौरवान्वित छु । यही फिल्मले गर्दा स्कुलको कोर्समा समेटिन म सफल भएको छु । धेरैलाई थाहा छैन होला, धेरै स्कुलका केटाकेटीहरूले इंग्लिस किताबमा मेरोबारे पढ्छन् ।

सुटिङमा भानुभक्त बन्न कति गाह्रो भयो ?

सुटिङको पहिलो दिन मेरो संवाद सिद्धान्तराम जोशीसँग थियो । उहाँलाई मैले रेडियोमा सानैदेखि सुन्दै आएको थिएँ । त्यतिबेला म हतोत्साहित भएँ । नसकिने भो भन्ने लाग्यो । मिडियामा मेरो धेरै चर्चा भइसकेको थियो । त्यसैले फिल्मबाट निकालियो भने बेइज्जत हुन्छ भन्ने ठानेँ । त्यो साँझ मैले भोलिपल्ट फिल्म छाड्ने र भाग्ने विचार गरेँ । नेपालमै बस्यो भने खोजिहाल्छन् त्यसैले इन्डिया जाने भनेर योजना बनाएँ ।

कसरी रोकिनुभयो ?

भोलिपल्ट बिहान यादव खरेल सर आउनुभो र भन्नुभो, ‘हिजोको दृश्य सबैभन्दा गाह्रो दृश्य थियो, तर तिमीले ठीकै गर्‍यौ । तिमीले सक्छौ ।’ उहाँले त्यसो भन्नुभएपछि म किन भाग्थेँ र !

त्यसपछि सजिलै भो ?

एकपटक गाह्रो भो । भानुभक्तलाई जलाएकै ठाउँमा चित्ता बनाइयो र मलाई लेट्न लगाइयो । त्यतिबेला पुरोहितहरू पनि सक्कली बोलाइएको थियो । मलाई त्यतिबेला किन किन एकदम डर लाग्यो । चित्ता जलाउने बेला म नै बस्ने त कुरा थिएन । म उठेँ । पुत्ला राखेर जलाइयो । तर, सुटिङ हेर्न आउने गाउँलेहरू भने ‘छ्या नक्कली पो जलायो’ भन्दै निराश भएर फर्किए ।

बिर्सन नसकिने अर्को घटना छ ?

भानुभक्तले प्राणत्याग्ने दृश्यमा मेरो हात-खुट्टा बाँउडिएको थियो । अनुहार पनि नचल्ने भएको थियो । सुटिङपछि धेरैले मलाई तन्काए, मालिस गरे । तर, म ठीक भइनँ । त्यतिबेला एउटी बज्यैले भन्नुभएको थियो, ‘बाबुको जिउमा भानुभक्त चढेछ ।’

भानुभक्त र तपाईंबीच के समानता छ ?

म पनि घाँसीबाट प्रेरित भएको मान्छे हुँ । स्कुलमा भानुभक्तबारे पढेदेखि घाँसीले भनेजस्तै नाम कमाउन पाए हुन्थ्यो भनेर म सोच्ने गर्थेँ ।

अनि, नमिल्ने पक्षचाहिँ ?

भानुभक्तजस्तो गम्भीर छैन म । एकदम हाँसखेल गर्छु म ।

त्यसो भए तपाई उत्ताउला भानुभक्त ?

उत्ताउला त हो, तर नराम्रो कामचाहिँ गर्दिनँ नि !

भानुभक्तको एउटा गुण लिनुपरेमा के छान्नुहुन्छ ?

उनी आदिकवि मात्र होइनन्, आशुकवि पनि हुन् । आफ्नो प्रतिभालाई तुरुन्तै फुराउन सक्ने कला ममा छैन । त्यो कला ममा भइदिएको भए हुन्थ्यो ।

भानुभक्तलाई मोतीराम भट्टले चिनाए, तपाइंलाई चाहिँ ?

मेरो जीवनका मोतीराम भट्ट थुप्रै छन् । एउटै मान्छेको नाम लिन मिल्दैन । तर, बढी श्रेय तुलसी घिमिरे र नारायण पुरीलाई जान्छ ।

त्यो जमानामा काठमाडौंको गुणगान गर्ने भानुभक्तले अहिलेको काठमाडौं देखेको भए के हुन्थ्यो होला ?

उनले गुणगान होइन, गाली गर्थे होलान् तर, कवितामै ।

तपाइंले अहिलेसम्म कविता लेख्नुभएको छ ?

लेखेको छैन । ‘भानुभक्त’को सुटिङ गर्ने बेला मैले धेरै साहित्यकार भेट्ने अवसर पाएँ । उहाँहरूले भन्नुहुन्थ्यो, ‘एउटा झिल्को सल्किनुपर्छ, त्यसले सबैतिर आगो लगाइदिन सक्छ ।’ मेरो सवालमा भन्ने हो भने, त्यो झिल्को नै सल्किएको छैन ।

प्रेमपत्र पनि लेखिएन ?
अहँ, लेखिनँ । म अरूलाई लेख्न लगाउँथेँ ।

तपाइंलाई भानुजयन्तीका दिन कार्यक्रम आयोजकहरूले कत्तिको बोलाउने गर्छन् ?

बोलाउँछन् । सिक्किम र दार्जिलिङमा समेत भानुजयन्तीको अवसर पारेर मलाई स्थानीय समुदायले सम्मान गरेका छन् ।

भानुभक्त फिल्म खेल्दाका दिनहरू र भानुभक्तको झझल्को तपाइंलाई सधैं आइरहन्छ ?

सधैं आउँदैन । साहित्यिक जमघट र भानुभक्तको सालिकमा पुग्दा र भानुजयन्तीको दिन मलाई पुराना दिन याद आउँछ ।

भानुभक्तले लगाउने बिर्के टोपी तपाइर्ंले सुटिङमा त लगाइहाल्नुभोे । सुटिङ सिद्धिएपछि अरू बेला लगाउनुभयो कि भएन ?

धेरै त लगाइनँ । विदेशका स्टेज-कार्यक्रममा एक/दुईपटक लगाएको छु ।

स्टेजमा भानुभक्तको अभिनय पनि गर्नुहुन्छ ?

गर्दिनँ । अहिलेसम्म गरेको छैन ।

भविष्यमा कसैले फेरि भानुभक्तमाथि फिल्म बनाउँदा तपाइर्ंलाई नै अफर गर्‍यो भने ?

म एकदम गर्वका साथ फेरि भानुभक्त बन्न तयार हुनेछु ।

भानुभक्तको सुटिङ रम्घामै भएको हो ?

हो, उनकै पुरानो घरलाई फेरि निर्माण गरेर सुटिङ गरिएको थियो ।

त्यो गाउँमा तपाईं फर्केर जानुभएको छ ?

केही महिनाअघि मात्र म त्यहाँ गएर आएँ । पुराना कुराहरू सम्झनलाई । तर, वरिपरिका गाउँमा सडक पुगिसकेको छ, भानुभक्तको गाउँमा पुगेको छैन । त्यति चार किलोमिटर बाटो पनि पिच नभएको देख्दा दुःख लाग्यो । त्यो गाउँलाई शैक्षिक भ्रमण र पर्यटकीय स्थलका रूपमा विकास गर्न म नेताहरूलाई अनुरोध गर्छु ।(from:nayapatrika)

बिहेका लागि नर्स

सरिता श्रेष्ठ


केटा अमेरिकाको ग्रिन कार्ड होल्डर । नर्सर्र्केटी चाहियो बिहे गर्नलाई अनि बिहे गरेपछि अमेरिकै लाने रे । अमेरिकामा बस्ने आफन्तले दैनिकजसो फोन गरेर यही खोजीनिति गरिरह“दा समाजमा नर्सहरूप्रतिको आकर्षा किन बढिरहेको छ केलाउन मन लाग्यो ।

छोरीहरूको एक्लो मर्यादित पेसाका रूपमा स्थापित भइरहेको यो पेसामा संलग्नहरूको आम्दानी, रहनसहन र विशेषगरी सहज वैदेशिक रोजगारको उपल्लो पेसामा प्रतिस्थापित यो पेसाको मुख्य आकर्षा एउटा शब्दमा भन्नुपर्दा- पैसा नै हो । त्यसपछि विदेश जान सजिलो पेसाका रूपमा पनि यो पेसाले ख्याति कमाउन थालेको छ ।

अमेरिकी जीवनशैली अ“गालेका युवा देश फर्किरहेका छन् नर्स बिहे गर्नलाई, किन त - निश्चित रूपमा अमेरिकी जीवनशैली धान्न उसको कमाइले मात्र पुगिरहेको छैन । उसको कमाइमा बढोत्तरी गर्न, विदेशी जीवनशैली थप सुविधायुक्त बनाउन र यी यस्तै आवश्यकता पूरा गर्न नर्सहरूको कमाइ मुख्य आकर्षाको केन्द्र भएको छ अमेरिकालगायतका देशमा पुगेकाहरूलाई । यस्तो आकर्षा अहिले विदेशमात्र होइन देशभित्रै पनि महसुस गर्न थालिएको छ ।

निश्चित रूपमा नर्सहरूको आकर्षाले समाजका अधिकांश तह र तप्कालाई कुनै न कुनै रूपमा छोइरहेको छ । छोरीलाई नर्स पढाउनेको बढिरहेको जमातले पनि यही सत्य बयान गरिरहेकै छ ।

समाजको वर्तमान पुस्ताले बुझेको नर्सहरूको यो वास्तविकतामा सत्यता रहे पनि त्यही पुस्ताले नबुझेको नर्सहरूको वास्तविक पाटो यो पनि हो कि नर्सिङ पेसामा लागेकाहरूको जीवन बिरामीका लागि समर्पित हुन्छ । नर्स बिहे गर्छु भन्नेहरूले बुझ्नुपर्ने यथार्थ भनेको नर्सहरूको पेसा, पेसामात्र नभएर र्समर्पण पनि हो । आफ्नो महत्त्वपर्ूण्ा समय बिरामीलाई सुम्पेर बा“की रहेको थोरै समय परिवार र आफन्तका लागि छुट्याउन बाध्य हुन्छन् नर्सहरू । छोरी नर्स भएका परिवारकाहरूले त यी सबै वास्तविकतालाई बुझेका हुन्छन् तर नर्सको दैनिकीलाई नबुझेकाहरूलाई यो सत्यस“ग एकाकार गराउनैपर्ने हुन्छ । पेसा र परिवारबीचमा सानो असामन्जस्यताले पनि ठूलो समस्या सिर्जना हुने सम्भावनालाई आ“कलन गर्दा नर्सलाई जीवनसाथी बनाउनेहरूले कम्तीमा दर्ुइपटक त सोच्नैपर्ने हुन्छ ।

न दिन न रात अनि न घर न परिवार यो पेसाको वास्तविकता भनेकै यही हो कि आफ्ना लागि भन्दा पनि अरूका लागि बा“च्ने यो पेसाकर्मीहरूले पाउने छोटो समयको व्यवस्थापनमा बिहेपछि ठूलो विरोधाभासको सामना गर्नुपर्ने सम्भावना धेरै हुन्छ । दैनिक विभिन्न प्रकारका सयौं बिरामीको व्यवस्थापन गर्नेहरू स्वाभाविक रूपमा तनावमा बा“च्ने गर्छन् । तनावको यो शृंखला घरपरिवारमा पनि दोहोरिए, नर्सहरूको जीवन स्वाभाविक हुन सक्छ

र - परिवारलाई समय व्यवस्थापन गर्न नसक्दा अधिकांशले बेहोरेको पारिवारिक तनावका कथा पनि त बग्रेल्ती

हामीसामु पोखिएका छन् नि । त्यसैले नर्स बिहे गर्छर्ुुन्नेहरूले पनि आफ्नो समयको केही अंश पनि बिरामीहरूका लागि छुट्याउनुपर्ने हुन्छ श्रीमतीका लागि भए पनि ।

सातामा ३ दिन रातको ड्युटी, लिनपुर्‍याउन जाऊ, कतै रमाइलो गर्न जाऔं सिफ्ट ड्युटीको रोकावट अनि कल ड्युटीको समयमा रातबिरात अस्पताल पुग्नुपर्ने चटारोलाई सबैले सहज रूपमा आत्मसात् गर्न सक्छ र - यसलाई सहजताका रूपमा अ“गाल्न सक्ने श्रीमान् वास्तविकतामा असल श्रीमान् हुन सक्छन् नर्सहरूका लागि । त्यो सहजता पछाडिको त्यागले, निश्चित रूपमा नर्सको आम्दानी भन्दा पनि ठूलो महत्त्व राख्छ, भावनात्मक रूपमा । सहजता स्विकार्नेहरूका लागि यो पेसाबाट प्राप्त हुने आम्दानी गौण

भएर जान्छ । यो सत्यस“ग सबै एकाकार भए हुन्छ ।

अमेरिकालगायत विदेशमा बस्नेहरू आफ्नो जीवन सुखद बनाउन किन नर्सहरूको बर्ुइ चढ्नुपर्ने । ग्रिनकार्ड कुन त्यस्तो भाग्यशाली चिट्ठा हो र नर्सहरू त्यसको आकर्षाले पछि लाग्नुपर्ने - आफ्नो पौरखमा बा“च्न र परिवार पाल्न नसक्नेहरूको खोक्रो धाकले धानिन्छ र जीवन सधैं - नर्सका लागि म कि मेरा लागि नर्स - श्रीमती चाहिएको कि र्

नर्स - बिहे गर्न नर्स नै किन - यी विकसित भइरहेको प्रवृत्तिजन्य आकांक्षाका विरुद्धमा यी यस्ता धेरै विरोधाभासयुक्त प्रश्न जन्मिरहेका छन् समाजमा तर सबै चुप छन् ।

प्रश्न त आमअभिभावक अनि छोरीहरूलाई पनि । अमेरिकाको आकर्षा केही होइन । अमेरिकाको नामै सुनेर छोरी दान दिनेहरूले पनि वास्तविकताको यो उपक्रमलाई राम्रैस“ग आत्मसात् गर्नैपर्छ । नर्सिङ पेसामा होमिएका छोरीहरू समाजका लागि जिउ“छन् । उनीहरूलाई एकलका“टे, व्यक्तिवादी समाजमा रमाएका र आफ्नो लागि मात्र सोच्नेहरूको जिम्मा लगाइदि“दा कतिजनाको जीवन बर्बाद हुन्छ सबैले गम खानर्ुपर्छ नि होइन र - यसो भनिरह“दा सबै अमेरिकालगायत विदेशमा बस्नेहरू त्यही प्रवृत्तिका हुन्छन् भन्न खोजिएको होइन । तर विदेशी जीवनशैलीमा घनीभूत रूपमा भौतिकीकरण त भइरहेकै छ । आग्रह यति मात्र हो, विदेशमा बस्नेहरूमा बढिरहेको नर्सहरूप्रतिको चासो पैसाको आकर्षामात्र कदापि नहोस् । नर्सलाई अर्धाङ्गिनी बनाउनेहरूले समाजका अन्य पेसामा संलग्न महिलालाई भन्दा अझ बढी संवेदनशील मान्नुपर्ने हुन्छ उनीहरूलाई ।

अस्पतालमा नर्सहरूको व्यवहार राम्रो भएन, उनीहरू बिरामीलाई हकारपकार गर्छन् भन्ने आम रूपमा सुनिने गुनासो हो यो । उच्च मानवीय संवेदना बोक्छु भन्नेहरूले झर्किनु ह“ुदैन अनि अझ बिरामी सेवामा लागेकाहरू त जहिले पनि मृदु हुनर्ुपर्छ भनिए पनि नर्सहरू पनि त मान्छे हो भन्ने यथार्थलाई बुझी दिनर्ुपर्छ । सबैभन्दा धेरै त श्रीमान्ले अनि परिवारले नर्सलाई बुझ्नर्ुपर्छ । पेसागत बोझ र तनावलाई त उनीहरूले सजिलै व्यवस्थापन गर्न सक्लान् तर पारिवारिक बोझ र तनावले उनीहरूलाई जर्जर बनाउने अनुसन्धानहरूमा उल्लेख भएकै सत्य हो । पारिवारिक तनावले गुणस्तरीय सेवालाई प्रभावित पार्ने भएकाले पनि अस्पतालहरूमा नर्सहरूको व्यवहारका बारेमा चर्चा चल्ने गरेको हो कि - नर्सहरूको सेवा र बिरामीहरूप्रतिको अमिल्दो व्यवहारको कारक कतै श्रीमान् वा परिवार त भएका छैनन् -

बिहेका लागि नर्स रोज्नेहरूले आफू पनि सेवाका लागि तत्पर छु भन्न सक्नर्ुपर्छ । उनीहरूको सेवामा थप सहयोग गर्दै बिरामी र समाजप्रतिको उत्तरदायित्वलाई अझ सुगन्धित बनाउन सक्छु भन्ने त्याग देखाउन सक्नर्ुपर्छ । बुझाइको यही पाटोस“ग सबै एकाकार भइदिए नर्सहरूप्रतिको व्यवहार र उनीहरूको सेवामा थप कान्ति आउने विश्वास लिन सकिन्छ ।

-लेखक वीपी कोइराला स्वास्थ्य

विज्ञान प्रतिष्ठान, धरानकी सिनियर स्टाफ नर्स हुन् ।)(from:kantipur)

युरोपमा सुरसुधा

काठमाडौं, तबला, सितार र बा“सुरीका माध्यमबाट नेपाली धुन सुनाउ“दै हि“डेको ‘सुरसुधा’ यति बेला युरोपमा छ । टोली सदस्यले लन्डनको कोभेन्ट बगैंचास्थित एर्क्र्टस चर्चमा बिहीबार आफ्ना प्रस्तुति सुनायो ।

बेलायती महारानी र डेसमन्ड टुटु जस्ता विश्वराजनीतिका हस्तीनिम्ति गीत बनाएका जोसुवा फिल्डले समेत ‘सुरसुधा’ टोलीस“ग सहभागिता जनाएका थिए । पियानो बजाउने जोसुवाले कार्यक्रमको दोस्रो भागमा टोलीस“गै खुबी देखाएका थिए । त्यतिबेला हलमा दर्ुइ मुलुकका साधकले तयार पारेको ज्याज संगीत गुन्जिएको थियो । पहिलो खण्डमा सुरसुधा एक्लैले ४० मिनेटसम्म वाद्यवादन गरेको थियो ।

संगीता थापा र सेलिया वासिङटनको संयुक्त आयोजनामा कार्यक्रम त्यहा“ प्रस्तुत भएको हो । सुरसुधा पछिल्ला पा“च सातादेखि युरोपको सांगीतिक भ्रमणमा छ ।

थुप्रै दर्शक-श्रोताले नेपालको अवस्थाबारे जिज्ञासा राखेको तबलावादक सुरेन्द्र श्रेष्ठ बताउ“छन् । ‘पहिले-पहिले यस्ता दर्शक नेपाली संगीतबारे रुचि राख्थे,’ उनले भने- ‘यसपटक राजनीतिक जिज्ञासा राखे ।(from:kantipur)