गणतन्त्र नेपाल को प्रथम राष्ट्रपती को ?
July 15, 2008हाम्रो नेपाल मा संबिधान सभा निर्वाचन सम्पन्न भ्एको तीन महिना बितिसक्दा पनि राजनैतीक अन्योल हट्न सकेको छैन । कहिले मधेस बादी दल ले एक प्रदेश एक मधेस को माग गर्दै संसद अबरुध्ध पार्ने त कहिले तीन दल बिच शक्ती बांडफांड बिच कुरा नमिल्ने कारण ले गर्दा देश मा राजनैतीक अन्योल छाएको मा अब साउन ४ गते सम्म मा संबिधान सभा बैठक मा निर्वाचन गरेर भ्एपनी गणतन्त्र नेपाल को प्रथम राष्ट्रपती तोक्ने भन्ने बारेमा हिजो संबिधान सभा बैठक मा सर्ब सहमती ले पारीत भ्एको छ ।
अब आशा गरौ देश मा भ्एको राजनैतीक अन्योल समाप्त भएर संबिधान निर्माण मा सबै दल जोड तोड का साथ लाग्ने छ्न ।र राष्ट्रपती को हुने भन्ने हामी भित्र रहेको खुलदुली पनि समाप्त हुने छ ।