राम राम भगवान राष्ट्रपती मा पनि रामै राम !

July 17, 2008

नेपालको राजनीति मा फेरबदल हुने क्रम जारी छ । आज माओवादी ले रामराजा प्रसाद सिंह लाई राष्ट्रपती मा समर्थन गरेका कारण एमाले र माओवादी बिच को सहकार्य तोडीएको छ । र एमाले अब सरकार मा नजाने भ्एको छ । एमाले ले राष्ट्रपतिमा रामप्रित पासवान को नाम मनोनय दर्ता गरेको छ भने काङ्रग्रेस ले रामबरण यादब लाई राष्ट्रपती मा उठाएको छ । त्यसइगरी १३ साना दलले पनि राष्ट्रपती मा लक्ष्मी लाल चौधरी लाई साझा उमेद्वार का रुपमा प्रस्तुत गरेका छन ।
तरपनी राष्ट्रपती मा यि तीन राम बिच नै कडा प्रतिस्पर्धा हुने छ । र नयाँ नेपाल ले पाउने छ राम नाम धारी र मधेश बाट प्रतिनिधित्व गर्ने राष्ट्रपती ।
तपाईंको बिचार  मा को होला त गणतन्त्र नेपाल को प्रथम राष्ट्रपती ?