जुँगाअधिकार

July 20, 2008

टोकियो/ हुलाकीको सफा र आकर्षक हुने मापदण्डअनुरूप जुँगा सेभ गर्न एक हुलाकीलाई हाकिमले दिएको आदेशविरुद्ध जापानी वकिलहरू उत्रिएका छन् ५५ वषर्ीय हुलाकी नोबोरु नाकामुरालाई दिएको आदेश विवेकहीन भएको र यसले उनको मानवअधिकारको हनन् भएको पश्चिमी ओसाका अवस्थित बार एसोसिएसनले बताएको छ । ‘जुँगा राख्नु व्यक्तिगत जीवनशैलीको पाटो हो र छनोटको अधिकार व्यक्तिमा हुन्छ,’ बार एसोसिएसनका वकिल कानजु ओकावा भन्छन् । नाकामुराले १९९० देखि जुँगा राख्न थालेका हुन् । २००४ मा जापान पोस्टले हुलाकी सफा र आकर्षक देखिने पर्ने नयाँ नियम ल्याएपछि नाकामुराको हाकिमहरूसँग जुँगा विवाद बढेको हो ।

‘जुँगा सफा राख्न मैले यसको राम्रो स्याहार गरेको छु । मेरो जुँगाले ग्राहकलाई असहज महसुस गराएको मलाई लाग्दैन,’ नाकामुरा भन्छन्, ‘मेरा कतिपय सहकर्मीले आफ्नो इच्छाविपरीत जुँगा सेभ गरेका छन् । तर, म यो स्वीकार्न सक्दिनँ ।’ कैयौं जापानीहरूले जुँगालाई भद्दा ठान्ने गरे पनि अहिले फेसनप्रति सचेत युवाहरूबीच दाह्री-जुँगा राख्ने प्रवृति बढेको छ । (from:nayapatrika)

Comments »

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>