गणतन्त्र नेपाल को प्रथम राष्ट्रपतीमा डा. रामबरण यादव निर्बाचित

July 21, 2008

(प्रसन्न मुद्रा मा नबनिर्बाचित राष्ट्रपती डा. रामबरण यदव र उनका सहयोगी,PHOTO:AFP)
Congress-backed presidential candidate Ram Baran Yadav (L) smiles ...गणतन्त्र नेपाल को प्रथम राष्ट्र पती चुन्न पहिलो निर्वाचन असफल भएपछी दोस्रो चरण मा गरिएको निर्वाचन मा राम राजा प्रसाद सिंह को २८२ मत भन्दा बढी मत ३०८ प्राप्त गरी गणतन्त्र नेपाल को प्रथम राष्ट्र पती को पगरी गुथन सफल भएका छन कङ्रेस महामन्त्री डा. रामबरण यादव । डा. रामबरण मधेसी मुल को सबै भन्दा उच्च पद मा पुग्ने ब्यक्त्ती भएका छन ।  र नयाँ ईतिहास आफ्नो नाम मा दर्ता गर्न सफल भएका छन । अब उनले नेपाल र नेपाली लाई एकता को सुत्रमा समाहित गरेर कसरी अगाडि बढाउछन र राष्ट्र लाई अग्रगामी निकास दिन्छन नेपाली जनताको चासो को बिषय बनेको छ । 
अब केही समय पछी संबिधान सभा बैठक मा सभा अध्यक्ष ले यसको औपचारिक घोषणा गर्ने छन र राष्ट्रपतिको रुपमा डा. रामबरण यादव को बास हुनेछ सितल निवास मा ।