अन्तरकृया कार्यक्रम सम्पन्न

July 26, 2008

बिदेश मा छरिएर रहेका  नेपाली हरु का कार्यक्रम लाई सबै माझ पुर्याउने उदेस्य ले स्थापना भ्एको यूरोप को नेपाली पत्र का सम्पादक राजेन्द्र कडेल र लुक्सेम्बुर्ग बसी नेपाली हरु बिच अन्तरकृया कार्यक्रम सम्पन्न भ्एको छ । यूरोप बाट प्रकाशित हुने उक्त पत्रीका मा सबै का भाबना लाई समेटिने र नेपाली हरु बिच हुने गरेका कार्यक्रम लाई प्राथमिकता का साथ प्रकाशित गरिने , यस बाट केही मात्रा मा भए पनि नेपाली भाषा र संस्क्रिती जगेर्ना गर्ने अभिप्राय नेपाली पत्र को रहेको कुरा कडेल ले जानकारी दिनु भएको थियो ।
लग्जेम्बुर्ज बसी नेपाली हरु ले आफु हरु नेपाली पत्र लाई सहयोग गर्न तयार रहेको र यसको हरेक कदम मा लग्जेम्बुर्ग मा बसोबास गर्ने नेपाली ले साथ दिने प्रतिबद्दता ब्यक्त गरेका थिए । कार्यक्रम लग्जेबुर्ग स्थित नेपाली रेस्टुरेन्ट स्वागत मा सम्पन्न भएको थियो ।

जुम्रा-उडुस पनि बिक्छन्


 

चेतन अधिकारी


विराटनगर, साउन १० - तपाईंलाई जुम्राले सताएको छ - कि घरमा उडुस परेर रातभर सुत्न पाउनुभएको छैन - त्यस्तो अवस्थामा के गर्नुहुन्छ - विषादी प्रयोग गरेर जुम्रा मार्नुहुन्छ होला । मेटासिट र्छर्केर उडुस मार्ने उपाय पनि गर्नुहोला ।

यसरी जुम्रा, उडुस मारेर खेर नफाल्नुहोस् । बरु तिनलाई विराटनगरका विज्ञान कलेजहरूमा लगी बेच्नुहोस् र आम्दानी गर्नुहोस् । ती क्याम्पसमा दुवै जीव हारालुछस“ग बिक्री हुन्छन् ।

महेन्द्र मोरङ क्याम्पस प्राणीशास्त्र विभाग प्रमुख शिवनारायण यादवका अनुसार बीएस्सीमा जीवविज्ञान समूहको प्रयोगात्मक कक्षाका लागि क्याम्पसले जुम्रा र उडुस किन्ने गरेको छ । ‘यी जीवको बनोट थाहा पाउन चिरफार गर्नुपर्छ,’ उनले भने- ‘पाठ्यक्रममा राखिएको हुनाले किन्नर्ैपर्छ ।’ विद्यार्थीको संख्या हेरेर कतिवटा किन्ने भन्ने भर पर्ने उनले बताए ।

यादवका अनुसार विज्ञानमा स्नातक पढाइ हुने जुनसुकै कलेजले यी जीव खरिद गर्नैपर्छ । विराटनगरका सबै क्याम्पसमा जुम्रा-उडुस आपर्ूर्ति गर्ने जिम्मा महेन्द्र मोरङका पियन डेढराज कामतले लिएका छन् । उनका अनुसार जुम्राको चार रुपैया“ र उडुसको १० रुपैया“ पर्छ । यी दुवै जीव मासि“दै गएकाले गत वर्षेखि उनले जुम्राको एक र उडुसको दर्ुइ रुपैया“ मूल्य बढाएका हुन् ।

उनी जुम्रा संकलन गर्न गाउ“का महिलालाई फर्मालिन हालेर सिसी वितरण गर्छन् । ‘टाउकामा परेका जुम्रा प्राक्टिकलका लागि राम्रा हुन्छन्,’ उनले भने- ‘कपडाका काम लाग्दैनन् ।’ गाउ“का महिलालाई उनी जुम्रा खोजेबापत एकमुस्ट ३० देखि ५० रुपैया“सम्म थप दिन्छन् । फर्मालिन हालेपछि जुम्रा नमर्ने उनको अनुभव छ ।

जुम्राभन्दा उडुस खोज्न मुस्किल पर्छ । ‘विषादीले सबै उडुस हराइसके,’ कामतले भने- ‘विराटनगरमा त उडुस पाइ“दैन, गाउ“तिरै पुग्नर्ुपर्छ ।’ दर्ुइ दशकदेखि यो जिम्मेवारी पूरा गर्दै आएका उनी विराट साइन्स, कोसी हेल्थ, महेन्द्र मोरङ आदि हरेक क्याम्पसलाई बर्सर्ेे ६० देखि ८० वटासम्म जुम्रा उपलब्ध गराउ“छन् । यसबाट उनलाई पनि व्यापार हुन्छ । ‘यसबाट वर्षो १० हजारभन्दा बढी मेरो आम्दानी हुन्छ,’ उनले भने ।

बर्सर्ेे थपिने गरेका विज्ञान कलेजका कारण आफ्नो व्यापार फस्टाउ“दै गएको उनले सुनाए । ‘पहिला त एउटा सरकारी क्याम्पसमात्र थियो, जुम्रा-उडुस पनि सहजै पाइन्थे,’ उनले भने- ‘अहिले विज्ञान पढाउने क्याम्पस पनि बढे र यी जीव पनि घटे । त्यसकारण मेरो व्यापार सप्रि“दै गएको छ ।’ कामतले लामखुट्टे, भ्यागुता, मुसालगायत जीव पनि क्याम्पसमा आपर्ूर्ति गर्ने गरेका छन् । (from:kantipur)