टाउको छुट्टयाइएकी बालिका गंगाको मृत्यु
July 30, 2008सुरज कु“वर
आठ वर्षघि मस्तिष्कसहित जोडिएको टाउको छुट्टयाएका जुम्ल्याहा बालिकामध्येकी गंगाको मंगलबार राजधानीमा मृत्यु भएको छ ।
छातीमा समस्या आएपछि बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचाररत गंगाको बिहान साढे ११ बजे मृत्यु भएको हो ।
उपचारमा संलग्न चिकित्सक वसन्त पन्तका अनुसार निमोनिया र मेनेन्जाइटिसबाट प्रभावित उनको आईसीयूमा उपचार भइरहेको थियो । उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।
२०५७ वैशाख २७ गते राजधानी स्थित प्रसूति गृहमा जन्मिएका जुम्ल्याहा गंगा-जमुनाको टाउको ०५७ चैत २५ गते सिंगापुर जनरल अस्पतालका १६ जना वरिष्ठ चिकित्सकको टोलीले ९० घन्टा लामो शल्यक्रियापछि छुट्टयाएका थिए ।
टाउको छुट्टयाइएपछि स्वदेश फर्केका उनीहरूको उपचारमा वरिष्ठ स्नायुरोग विशेषज्ञ वसन्त पन्त संलग्न थिए । निमोनियाबाट ग्रसित गंगालाई उपचारका लागि सोमबार महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा लगिएको थियो ।
कान्तिमा भेन्टिलेटर नभएकाले मोडल अस्पतालमा पठाइएको थियो । मोडल अस्पतालले सोमबार बिहान ७ः३० बजेदेखि उक्त यन्त्र प्रयोग गरी उपचार सुरु गरेको थियो ।
पन्तका अनुसार एघार महिनाको उमेरमा शल्यक्रिया गरिएका बालिकाको स्वास्थ्य अवस्था सामान्य रह“दै आए पनि गंगालाई तीन दिनअघिदेखि गम्भीर प्रकृतिको निमोनियाले छोएको थियो ।
सल्यान खलंगा -हाल मैतिदेवी) का भूषण केसी र सन्ध्या श्रेष्ठ केसीको कोखबाट जन्मिएका यी जुम्ल्याहा बालिकाको सिंगापुरमा निकै मह“गो र जटिल प्रकृतिको शल्यक्रिया गरिएको थियो ।
त्यतिबेला सिंगापुरमा रहेका नेपालीले ३ लाख ५८ हजार अमेरिकी डलर संकलन गरी शल्यक्रियाका लागि खर्च जुटाएका थिए । विश्वकै आकर्षा र चिकित्सा विज्ञानमा चुनौतीपर्ूण्ा मानिएको उक्त उपचारमा ६ लाख ५० हजार अमेरिकी डलर खर्च भएको थियो ।
शल्यक्रियाको नेतृत्व अस्पतालका विशेषज्ञ चिकित्सक किथ गोहले गरेका थिए । चिकित्सा विज्ञानकै इतिहासमा दर्ुलभ र चामत्कारिक घटनाका रूपमा लिइएको उक्त शल्यक्रिया सफल भएपछि अस्पतालले पत्रकार सम्मेलनमार्फ शल्यक्रियाबारे जानकारी गराएको थियो ।
विश्वका अधिकांश मुलुकका सञ्चार माध्यमले उक्त घटनालाई प्राथमिकता दिएका थिए । गंगाजमुनाको शल्यक्रिया सफल भएपछि कानुनका स्नातक इरानी जुम्ल्याहा युवती लालेह र लाडेन विजानीको पनि चिकित्सक गोहको नेतृत्वमा शल्यक्रिया भएको थियो । तर उक्त शल्यक्रिया भने असफल भएको थियो ।
परिवारका अनुसार शल्यक्रियापछि गंगामा बढी घाउ देखा परेको थियो भने जमुनाले गंगाभन्दा चा“डै खानेकुरा खान थालेकी थिइन्् ।(from:kantipur)