मातृभूमि र मातृभाषा अविच्छिन्न
July 31, 2008
उपराष्ट्रपतिको मातृभाषा मैथिली हो र उहा“ले सपथ लि“दा त्यसकै प्रयोग गर्नुपर्थ्याे । त्यसमाथि राष्ट्रभाषा नेपालीमै लिएको भए पनि केही ब्रि्रने थिएन । हिन्दीमा लिनाले अनावश्यक विवाद र शंका-उपशंका उब्जिएको छ । बेकारमा झगडाको वीउ निक्लेको छ ।
तर विरोधमा जुन किसिमका प्रतिक्रिया र शैली देखिएको छ, म त्यसको विपक्षमा छु । सडकमा टायर बालेर, आलु बेच्न र रङ्ग लाउन हि“डेका मधेसीलाई कुटेर त्यसको शोधभर्ना हुन सक्दैन । यो झन् गलत कुरा हो । यसले पहाडे र मधेसीबीचको एकतालाई कमजोर पार्छ । दर्ुइ पक्षबीच झगडा र मारकाट आउन सक्छ । यस्तो कुरा गर्नै हु“दैन । विवादले राजनीतिक रूप लिइसक्यो । त्यसलाई राजनीतिक रूपमै सम्बोधन गर्नर्ुपर्छ ।
उनीहरू हिन्दी मातृभाषा हो भन्छन् नि -
यो सरासर झूट कुरा हो । मातृभाषा भनेको के - आमाले काखमा राखेर दूध खुवाउने बेलामा कुरा गर्ने भाषा हो- मातृभाषा । म उपराष्ट्रपति, उपेन्द्र यादव, तमलोपाका अध्यक्ष र यसो भन्ने मधेसीहरूलाई सोध्न चाहन्छु, आमाले सानामा तपाईंस“ग कुन भाषामा कुरा गर्नुहुन्थ्यो - मधेसमा हिन्दी सर्म्पर्क भाषा हुनसक्ला, तर मातृभाषा कहिल्यै हुन सक्दैन ।
यादवहरू अहिले पनि घरमा आमास“ग मैथिलीमा कुरा गर्छन् । होला, उहा“लाई हिन्दी प्रिय लाग्ला, मलाई पनि लाग्छ । तर त्यसो भन्दैमा मातृभाषा बिर्सिन पाइन्छ - मेरो मातृभाषा नै हिन्दी हो भन्न पाइन्छ - यो त बदमासी भयो । नेपालमा त कुरा छाडिदिनुस्, भारतमै पनि कुनै गाउ“मा बंगला, कुनै गाउ“मा तमिल र कुनैमा मैथिली मातृभाषा छ ।
भाषा कुरा बुझाउन प्रयोग हुने संकेत हो, जुनसुकैमा सपथ लिए पनि के फरक पर्छ र -
धेरै फरक पर्छ । सपथ भनेको कुरा बुझाउने काम होइन । यो आफू देश र संविधानप्रति प्रतिबद्ध छु भनेर देखाउने कुरा हो । उपराष्ट्रपतिले कुराकानी गर्दा जुनै भाषा बोल्न सक्छन्, हिन्दीमै बोले पनि केही भएन । उपेन्द्रजीहरू संसदमा हिन्दीमै बोल्दा पनि कसैले केही भनेको छैन, भन्नु पनि हु“दैन । यो व्यक्तिगत स्वतन्त्रता हो । तर जहा“सम्म सपथ लिने कुरा छ, यसमा व्यक्तिगत स्वतन्त्रता भन्ने हु“दैन । नियम र कानुनको सीमामा बसेर बोल्नर्ुपर्छ । फेरि परमानन्दजीको हिन्दी सुन्दा त्यो उहा“को सर्म्पर्क भाषा हो जस्तो लाग्दैन । नेपालीबाट हिन्दीमा अनुवाद गर्दा उहा“ले निकै गल्ती गर्नुभो । ‘बातें’ भन्नर्ुपर्ने ठाउ“मा ‘बात’ भन्नुभो । ‘पनि’ लाई हिन्दीमा ‘भी’ भन्छन् भनेर पनि सम्झन सक्नुभएन । मैथिलीमा उहा“लाई यस्तो समस्यै पर्ने थिएन ।
नजानी-नजानी हिन्दीमै बोल्नाको कारण के
हुनसक्छ -
कुरा गहिरो छ । पृथ्वीनारायण शाहको नेतृत्वमा खस भाषाले २ सय ४० वर्षम्म मैथिली भाषालाई दबायो । हामी गोरखा दरबारको जेलबाट आफ्नो मातृभाषालाई बाहिर ल्याउने सपना देखिरहेका थियौं । आज त्यो दिन पनि आएको छ । तर आफ्नै साथीहरू यसलाई भारतको तिहार जेलमा थुन्न आतुर देखिएका छन् । परमानन्दजीले आफ्नो पार्टर्ीीे नीतिअनुसार हिन्दीमा सपथ लिएको भनेका छन् । यो दुःखलाग्दो कुरा हो ।
भारतमा मैथिली भाषा बोल्ने ६ करोड मानिस छन् । तर त्यहा“ यो भाषाले नेपालीले जति पनि सम्मान पाएको छैन । यो भारतका मैथिली भाषीले भर्खर बुझ्न थालेका छन् । उनीहरूको दबाबमा दर्ुइ वर्षअघिमात्रै भारतको संविधानको आठौं अनुसूचीमा मैथिली भाषा दर्ता भएको छ, जबकि नेपाली भाषा आठ वर्षघि नै त्यही सूचीमा दर्ता भइसकेको छ ।
नेपालमा ४० लाखजति मानिस मैथिली भाषा बोल्छन् । नेपालीपछि यो देशकै दोस्रो ठूलो भाषा हो । मैथिल साहित्य निकै समृद्ध छ । तेह्रौं शताब्दीका आदिकवि विद्यापतिले मैथिलीमा निकै राम्रा काव्य सिर्जना गरेका छन् । नोबेल पुरस्कार विजेता बंगलाभाषी रवीन्द्रनाथ ठाकुरले विद्यापतिका अधिकांश कविता बंगालीमा अनुवाद गरेको प्रमाण छन् ।
यति हु“दाहु“दै पनि भारतमा मैथिल भाषा पछि परेको छ । त्यहा“ मिथिला राज्यको माग बढिरहेछ । भारत सरकार यो आवाज दबाउन चाहन्छ । नेपालमा मिथिला भाषा समृद्ध भयो भने विहार टुक्रेर छुट्टै मिथिला राज्य खडा गर्न बल मिल्ने उसको बुझाई छ । त्यसैले दिल्ली दरबार यसलाई दबाउन चाहन्छ । जसको बदलामा ऊ नेपालमा पनि हिन्दी फैलाउन चाहन्छ । अहिलेको घटना त्यसैको प्रतिविम्ब हो ।
अर्थात् उपराष्ट्रपतिले हिन्दीमा सपथ लिनुमा दिल्लीको षडयन्त्र छ -
विलकुल । उहा“मा अचानक हिन्दीप्रति यति श्रद्धा कसरी आयो - किन आफ्नै मातृभाषालाई उपेक्षा गर्नुभयो - यस्ता प्रश्न उब्जेका छन् । यसको उत्तर खोज्ने काम विद्वानहरूको हो । किन उहा“हरूमा हिन्दी प्रेम यति धेरै छ - हिन्दी उहा“हरूको मातृभाषा होइन, कामकाजी भाषा पनि होइन । न यो राष्ट्रिय भाषा नै हो । फेरि उहा“हरू शुद्ध बोल्न पनि जान्नुहुन्न । तर किन सधैं यसको वकालत गरिरहनुपर्यो - के लोभ र लाभको आशाले हाम्रा साथीहरू हिन्दी भाषामा यस्तो अपर्ूव प्रेम देखाइरहेछन् - भारत सरकार विहारको दोस्रो विभाजन रोक्न नेपालमा मैथिली भाषाको उत्थान हुन नदिने ढंगले गतिविधि गरिरहेछ । यो हाम्रोलागि एकदमै चिन्ताको विषय हो । हिन्दी भारतीयका लागि स्वतन्त्रताको भाषा हुनसक्छ, तर नेपालीका लागि गुलामीको भाषा हो । त्यसैले यसमा सचेत हुनर्ैपर्छ । हामी मातृभूमिलाई माया गर्छर्ाा भने मातृभाषालाई माया गर्नर्ैपर्छ । मातृभूमि र मातृभाषा अविच्छिन्न हुन्छ ।
भाषालाई लिएर जुन विवाद भइराख्या छ, त्यसको समाधान के हो -
यो विवाद अहिले अदालतमा पुगेको छ । एक साता उसको फैसलानिम्ति पर्खिनर्ुपर्छ । फैसला उचित भएन भने यसको राजनीतिक समाधान खोज्नर्ुपर्छ । उपेन्द्रजीहरू यसलाई मातृभाषा भन्नुहुन्छ भने हामी यसको फैसला गर्न जनतामाझ पुग्छौं । यसमा चिन्ता पहाडकालाई भन्दा मधेसीलाई बढी छ । यसमा पहाडका मानिसले चासो देखाइरहनु पनि पर्दैन । अन्यथा यो पहाड र मधेसको मुद्दाजस्तो हुन्छ । वास्तवमा यो मुद्दा मधेसी र मधेसीको मातृभाषा वैरीबीचको मुद्दा हो । यसले मधेसका मातृभाषामाथि आघात पुर्याएको छ । अहिले मधेसवासीहरू स्वयम् यसको विरोधमा उठिराख्या छन् । यसले गर्दा भोलि भोजपुरी, मैथिली र अवधी भाषीमाझ हिन्दीलाई मातृभाषा भन्नेहरू बोल्न सक्नुहुने छैन ।
हामी जनतालाई सोध्नेछौं, हिन्दी भाषा प्यारो कि मातृभाषा - आमाको हेला कसले गर्न सक्छ -
फोरम, कांग्रेस र एमालेबीच भएको गठबन्धनलाई यो भाषाको विवादले असर पार्दैन -
गठबन्धनको म्यादै सकिएको छ । हामीले त्यतिखेर स्पष्ट रूपमा भनेका थियौं- राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको चयनसम्मका लागि गठबन्धन सुरु गरिएको हो । सभामुखको चुनावपछि त्यसको औचित्य समाप्त भइसक्यो ।
तर मुलुकको बृहत्तर हितका लागि र कुनै अधिनायकवादी शक्तिलाई रोक्न गठबन्धन जरुरी हुन्छ भने फेरि सहमति जुट्न सक्छ । माओवादीको आधिनायकवादी सोचलाई रोक्न, नियन्त्रण गर्न वा उसलाई समझदारीमा ल्याउन कुनै प्रजातान्त्रिक शक्तिबीच गठबन्धन जरुरी छ भन्ने लागेमा गठबन्धनले निरन्तरता नपाउने छैन । भाषा विवादमा सबैका आ-आफ्ना धारणा छन् । यत्तिमै गठबन्धन टुट्ने र जोडिने सम्भावना मैले देखेको छैन ।
प्रस्तुति ः घनश्याम खड्का/जितेन्द्र साह(from:kantipur)