इतिहास, भाषा र जुलुस
August 2, 2008अभि सुवेदी
हिन्दी भाषाको अर्को कथा छ । त्यो मण्डिखाटार फा“टमा उठेको भजनको गगनभेदी हिन्दी होइन । त्यो राष्ट्रपति भवन महाराजगञ्जमा उपराष्ट्रपति परमानन्द झाले मसिनो स्वरमा शपथ ग्रहणमा बोलेको हिन्दी हो । तिनले राष्ट्रभाषा नेपालीमा राष्ट्रपति डा. रामवरण यादवले दिएको शपथलाई आपmनै किसिमको हिन्दीमा अनुवाद गरेर ग्रहण गरेको विषयले नेपाल आन्दोलित भएको छ । उपराष्ट्रपतिले आफूले राष्ट्रभाषाको अनादर नगरेको र यसले चोट पुर्याएकामा दुःख व्यक्त गरेका छन् । अदालतमा यो विषय विचाराधीन रहेकाले अहिले आक्रोश अलिक मत्थर भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले यो भाषाको विषयलाई लिएर विखण्डनवादीले बल नपाउन् र यो विषयमा बौद्धिक छलफल हुन् भनेकाले पनि अहिले अग्निहोत्रीहरूका नारा र कर्म अलिक मत्थर भएका छन् । तर बौद्धिक बहसमा मैथिलीका प्रसिद्ध लेखक धीरेन्द्र प्रेमषिर् -कान्तिपुर १३ साउन) को महत्त्वपर्ूण्ा लेख र राजनेता रामचन्द्र झाको कुराकानी -कान्तिपुर १६ साउन) का केही महत्त्वपर्ूण्ा तर्कबाहेक अरू गहकिला तर्क उठेका छैनन् । धेरैजसो आक्रोशका लेख प्रकाशित भएका छन् ।
केही दिनअघि आक्रोशित जुलुसका अनुभूति गर्दै काठमाडौंका सडकमा हिडे“ । अस्ति पनि दिनभरि नेपाल सहर आन्दोलित भएको हेरे“ । गाडी नचलेकाले पैदलै गएको थिए“ । नाटक लेख्ने सिलसिला छ । अभिनय र मुद्रा हर्ेर्दै हिंडेको छु । अहिले आन्दोलित मानिस युवा पुस्ताका छन् । कलेज र विश्वविद्यालयका विद्यार्थी धेरै छन् । केही युवाले भने, उनीहरू मजदुरी गर्छन् । केही सानै उमेरका केटाकेटी पनि छन् । पचास ढल्केका मानिस अलिक थोरै देखे“ । उपराष्ट्रपतिले हिन्दीमा शपथ लिएको विरोधमा हि“डेको सबैलाई थाहा छ । पहिलेका एकाध यस्तै जुलुसमा पनि म यसरी हि“डेको थिए“ । हृतिक रोशनले मुर्म्बईमा कही“ नेपाली जाति विषयमा केही भनेका थिए निकै वर्षघि । जुलुसमा हि“ड्ने सबैलाई थाहा थिएन । मजस्तै अर्धजानकारी राख्ने पनि निकै थिए त्यो बेला । तर त्यस बेला मैले देखेको दृश्य अत्यन्त बलियो थियो । मैले त्यसपछि लेखेको नाटक ‘ठमेलको यात्रा’ मा त्यो जुलुसको कलेवर खिचेको छु । त्यो नाटकमा बाबुबाजेका पुराना सामान विदेशीलाई बेचेर खाने एउटा अभिजात वर्गको मानिसको पीडा पनि छ । एकजना मानिसका पुराना महत्त्वका सामान ठमेलमा भीडले जलाएको देखे“ । अनि त्यो नाटकमा लेखे“ । त्यसमा मुमाहजुर भन्ने मूल पात्रले त्यो अभागी मानिसलाई सोध्छे, ‘तेरो इतिहासस“ग बाटोमा भेट भयो - तै“ले सबै गुमाइस् -’ इत्यादि । यसपालि त्यो पात्रले जस्तै मैले इतिहासलाई बाटोमा भेटे“ । मेरो पात्रले भेटेको इतिहासका सरल ज्यामितीय गति थिए । तिनका अग्ररेखा देख्न सकिन्थे । मैले भेटेको इतिहासका भने अगाडिका रेखा स्पष्ट देखि“दैनन् । तर प्रष्ट के छ भने राजतन्त्रको ठाउ“मा छानिएका राष्ट्रपति र उपराष्ट्रपति एउटा राष्ट्रिय कलेबरका महत्त्वपर्ूण्ा बिम्ब हुन् ।
तर्राईका नेताहरूले हिन्दी भाषाको प्रयोग गर्नुलाई प्रेमषिर्ले एक भ्रम र आत्मवञ्चना ठानेका छन् । नेपाल तर्राईका सम्पन्न भाषा मातृभाषा भएका राजनेताहरूले अनौठो खाले हिन्दीको प्रकार विकसित गरेर किन प्रयोग गर्नुपर्यो - यस विषयलाई पे्रमषिर्ले राजनेताहरूको आफूप्रति इमान्दार हुन नसकेको उदाहरणका रूपमा लिएका छन् । झाले यसलाई भारतीय हिन्दी "हेजिमोनी" को षड्यन्त्रका रूपमा लिएका छन् । महान स“स्कृति र साहित्यिक परम्परा भएका कडोरौ“ मैथिलहरूले स्वायत्तता खोज्ने सम्भावनालाई कमजोर पार्न हिन्दी "हेजिमोनी" लाई राजनीतिक प्रयोग गरिएको हुनसक्ने झाको तर्कलाई हिन्दीस“ग जोडिएका केही सामाजिक-भाषाशास्त्रीय इतिहासले पुष्टि गर्छन् । नेपाली भाषाको "हेजिमनी" अथवा प्रभुत्व र विस्तारलाई प्रतिकार गर्न तर्राईका राजनेताहरूले एउटा अर्को "हेजिमनी" भएको भाषाको खोजी गर्नु अनि त्यसलाई सर्म्पर्क भाषाको नाम दिनु स्वाभाविक थियो । उनीहरूले हिन्दी छाने । स्व. गजेन्द्रनारायण सिंह उर्फगज्जुबाबुले असमान शक्तिरचना भएको सामन्तकालीन नेपालमा सद्भावना पार्टर्ीीोले । उनले हिन्दी बोले । त्यसलाई प्रतीकात्मक रूपमा लिनर्ुपर्छ । आपmनो कमजोर राजनीतिक संरचना अनि राज्यको असहयोगका कारण हिन्दीको प्लग हालेर गज्जुबाबु एउटा अर्को बलियो सभ्यताको शक्ति उजागर गर्न चाहन्थे । उनले र अरू तर्राईका नेताले बोलेको हिन्दी यसो राम्ररी सुन्यो भने नेपाली तर्राई शैलीको हुन्छ । मैले बोलेको हिन्दीमा लिङ्ग लथालिङ्ग हुन्छ । तर मधेसी नेता लिङ्ग ठीकै ठाउ“मा राखेर बोल्छन् । उपराष्ट्रपति झाले शपथ ग्रहणमा बोलेको हिन्दीका कुनाकानीमा नेपाली पनि थियो । उच्चारण मैथिलभाषीको थियो । मधेसमा बोलिने हिन्दीको उच्चारणमा उत्तरी भारतमा बोलिने हिन्दीको बढी प्रभाव देखिन्छ । मैथिली, थारू वा भोजपुरी भाषाको लवज वा "ट्वाङ" आउ“छ तिनका हिन्दीमा । हिन्दीका अनेकौ“ ठाउ“मा अनेकौ“ उच्चारण हुन्छन् ।
जुलुस हर्ेर्दै सहिदगेट पुगे“ । आकासे पुलबाट तल बुख्या“चा जस्ता भीमकाय आकृति झुन्डिएका थिए । तिनको दहन गर्ने योजना थियो । ताली हानेर, सुसेलेर युवा अकाशभेदी हल्ला उठाइरहेका थिए । न्युरोड गेटतिर लागे“ । अलिक माथि पुगेपछि अलिक फरक किसिमको नारा गुञ्जियो । युवा थिए तर अलिक उमेर पाकोपटि लागेका मानिसको बाहुल्य थियो त्यसमा । जे सुने त्यसले स्तम्भित भए“ । इतिहासले जमिनमुनि गाडिसकेको नारा मानौं पृथ्वीमाथि एकाएक उठेर ध्वनित हु“दैछ । नारा थियो- ‘हाम्रो राजा हाम्रो देश/हाम्रो भाषा हाम्रो भेष प्राणभन्दा प्यारो छ’ इत्यादि । अनि सहिदगेटमा भने बहुल-दलपन्थी युवाको जुलुस । एक अकिञ्चन बुख्या“चा दाह-दहनका निम्ति विसंगत घडी पर्खेर झुन्डेको । सहिदगेटदेखि नया“सडक गेटसम्ममा नेपाली इतिहासका अनेकौ“ अवतार देखे“ एकै साथ । लाग्यो, राजावादी र गणतन्त्रवादीका दर्ुइ आक्रोशित इतिहासका कालखण्डलाई एउटा सानो डढेको सडकको दूरीले मात्र छुट्याएको थियो । सोचे“, कुनै बहानामा पनि हिजोको एकलवादी नेपालीभाषाको "हेजिमनी" लागू गर्ने योजना अब सफल हु“दैन । अबको भाषिक नीति यस देशका सबै भाषालाई हाम्रा सम्पदा हुन् र सर्म्पर्क भाषाबारे आमसहमतिले राजनीतिक समाधान निकाल्नर्ुपर्छ भन्ने धारणामा आधारित हुनर्ुपर्छ । झाले मैथिली वा नेपालीमा शपथ लिनुपथ्र्यो अनि अरू कुराहरू छलफल र जनताका मतबाट विस्तारै अगाडि लानुपथ्र्यो भन्ने मेरो आपmनो मान्यता छ ।
हिन्दी भाषालाई वरण गर्न चाहनेले एकाध कुराहरूको पृष्ठभूमि थाहा पाउनै पर्छ । राजनेता झाले उठाएका तर्कको पृष्ठभूमि भाषाशास्त्रीय छ । सरल व्याख्या गर्न सकिन्छ । ‘आधुनिक हिन्दी’ भन्ने भाषाको वैचारिक निर्माण भएको इतिहास छ बीसौ“ शताब्दीमा । यो ब्रिटिस उपनिवेशकालदेखि आरम्भ भएको प्रक्रिया थियो । हिन्दीलाई एउटा शक्तिशाली सर्म्पर्क भाषा बनाउन शासक, एकेडेमी, स्वदेशी र विदेशी शक्ति लागे । लोकभाषाहरूलाई उपेक्षा गर्नु, यो भाषाका स्वाभाविक स्वभावभन्दा पनि निर्मित चरित्र-शब्दावली, वाक्यका लेख्यप्रणालीका रचना गर्नु अनि यसको लेख्य कामका लागि एउटा शिक्षित वर्गको रचना गर्नु यस भाषाका नीतिकारको चिन्ता थियो । यो भाषाको ठीक प्रयोग गर्ने ‘एलिटिस्ट’ वर्गको रचना गर्नुपर्ने आवश्यकता थियो । उन्नाइसौ“ शताब्दीमा मेकोलेले अंग्रेजी सिक्ने र सिकाउने विशेष वर्गको रचना गर्ने मनोग्रन्थि भन्दा यो भिन्न भए पनि उनका नीतिस“ग हिन्दीका नीति मिलेका उदाहरण पाइन्छन् । ब्रज र उर्दू भाषामाथि यस नीतिको ठूलो प्रभाव पर्यो । यी दर्ुइ भाषालाई सिध्याउन नसके पनि पराया वा "द अदर्" गर्ने शक्तिखेलको पाश्चात्य नीति हिन्दीले लियो ।
आधुनिक हिन्दी सोझै कसैको पनि सहज मातृभाषा होइन र थ्ािएन भन्ने भाषाशास्त्रीका मत छन् । यो राजनीतिक भाषाका रूपमा आधुनिक स्वरपमा आएको हो । पछि टेलिभिजन आएपछि अनि राज्यले व्यापक प्रचार गर्न थालेपछि, बलिउड फिल्ममा यसको प्रयोग भएपछि यो भाषा भारतभरि र बाहिर विस्तारित भयो । नेपाली हिन्दी फिल्म हेरेर यो भाषा बुभmछन् । बाहिर पनि भारतीयहरूको सर्म्पर्क भाषा भयो यो । कोमरी भन्ने भाषाशास्त्री त संसारमा भाषा प्रयोग गर्नेका व्यापकताको हिसाबले हिन्दीलाई दोस्रो स्थानमा राख्छन् ।
हिन्दीको आमप्रभाव क्षेत्रको विस्तार -पब्लिक स्फेयर) लाई लिएर जर्मन समाजशास्त्री योर्गेन हेबरमासको सिद्धान्त मान्दै भाषाशास्त्रीहरूले यसका संरचनाको विषयमा अध्ययन गरेका छन् । हिन्दीको आम प्रभावक्षेत्र राजनीतिस“ग जोडिएको छ । भारतमा यो आम प्रभावक्षेत्र हिन्दीले राजनीतिक रूपमा सम्पन्न गर्दै आएको छ । सफलै भएको छ । हिन्दीले आफ्नै आम प्रभावक्षेत्र बढाउन ‘एलिट’, शिक्षक, समालोचक, पश्चिमी मानक भएका साहित्यका सिद्धान्तहरूको प्रयोग गर्यो । त्यस क्रममा स्थानीय भाषा, लेखक र साहित्यिक परम्परालाई कमजोर बनाउ“दै लग्यो ।
नेपालमा मधेसी नेताले हिन्दीको आमप्रभावको -हेबर्मासिय भन्छु) क्षेत्र बढाउने नीति बनाउ“दा निकै ठूलो चुनौती सामना गर्नुपर्ने हुन्छ । हिन्दीलाई संघीयराज्यको सर्म्पर्क भाषा बनाउने नीति लिएपछि भारतमा जे गरियो त्यसको पुनरावृत्ति यहा“ पनि सानो आकारमा हुनेछ । यस भाषा निम्ति पाठ्यक्रम, एकादमी, साहित्य रचनाका वातावरणको रचना गर्नुपर्ने हुन्छ । भारतमा जे भएको छ त्यसको अनुपातमा यहा“को संघीय राज्यमा केही खास हुन सक्ने छैन । यहा“ पनि हिन्दी ‘एलिट क्लास’ को रचना गर्नुपर्ने छ । मधेसी हिन्दी भाषिक संघीयराज्यले उत्तरी हिन्दीमूलक भारतको इतिहासको पुनरावृत्ति सानै ‘स्केल’ मा भए पनि गर्नुपर्नेछ । नेपाली भाषी राजनेता र दलहरूस“गको झो“कैझो“कमा हिन्दी भाषाको हेबर्मासिय विस्तार गर्नलाई कडोरौ“ खर्च गर्नुपर्नेछ । हिन्दी हाम्रा मधेसी राज्यका निम्ति हनुमान र सुरसाको नाटक मञ्चन गरेर बस्नेछ । महेन्द्र मलङ्गियाका सुन्दर मैथिल नाटकका साना परिवेशभन्दा त्यो सुरसा अवतार विशाल हुनेछ । भारतबाट टन्न्ा आर्थिक सहयोग मिल्यो भने त्यो झन् खतरनाक हुनेछ नेपाली मधेसका भाषाहरूका निम्ति । हिन्दीले साना भाषा र उर्दूलाई समेत पराया गरेको कथा यहा“ दोहोरिने छ । ती सिद्धिने छन् । ठाडै कल्पना गर्न सक्छौ“ । मधेसका भाषा हिन्दीको मधेस संघबाट संरक्षित अवतारले किचिने छन् । त्यसमाथि नेपाली भाषा झन् हेबर्मासिय अवतार लिएर मधेस पस्नेछ । राज्यको कामकाज, दिनदिनका राजनीतिक सम्झौता र द्वन्द्वका छलफल अनि नेपाली संघीयराज्यका आपसी प्रवाहहरू नेपालीमा प्रवाहित हुनेछन् । नेपाली भाषा मधेसभरि झन् फैलिने छ । अहिले र्सर्भे गरिएको छैन । लाग्छ, मधेसका धेरै ठाउ“मा नेपाली बुझिन्छ र सर्म्पर्कको भाषाका रूपमा काम गरिरहेको छ । हिन्दी पनि छ । यी दर्ुइ भाषाका "हेजिमनी" को तापमा परेर मधेसका विविध, बलिया र सुन्दर भाषा हराउ्न सक्नेछन् कालान्तरमा ।
तर हिन्दी भाषी मधेसी संघीयराज्य एकल वा ‘मोनोलिथ’ हुने कम सम्भावना छन् । भएछ भने र हिन्दी नै सर्म्पर्क भाषाका रूपमा प्रयोग भयो भने यसको हेबर्मासिय प्रभाव क्षेत्रको इतिहास आधुनिक भारतीय हिन्दीको एक सानो आकारको पुनरावृत्ति हुनेछ ।
झाले हिन्दीमा शपथ गरेको कथा लिएर यो सुन्दर र बहुल देशको एकता भङ्ग नहोस् । कुनै भाषाको "हेजिमनी" यस देशमा नचलोस् । सबै भाषाको रक्षा र सम्मान अनि सम्पदाको रूपमा यहा“ माया गरियोस् । यत्ति भन्छौ“ ।(from:kantipur)