ढिकुरपोखरीदेखि बालुवाटारसम्म
August 16, 2008राजाराम गौतम
‘पुष्पकमलले निश्चित संस्कृतिलाई व्यक्त गर्छ तर प्रचण्डले देशलाई स्वतन्त्रतापर्ूवक अघि बढाउने भावनाको प्रतिनिधित्व गर्छ,’ नामप्रति अनुरागको कारण उनी आफैंले बताएका छन् । सायद यही कारण उनले प्रधानमन्त्री नियुक्त भएपछि पनि आफूलाई प्रचण्डले चिनाउने सोचेका छन् ।
उनलाई संघीय गणतान्त्रिक नेपालको कार्यकारी राष्ट्रपति बन्नेे धोको थियो । संविधानसभा निर्वाचन क्रममा त्यो चाहना सहरका भित्ता-भित्तामा प्रतिविम्बित भए ।
दलीय शक्ति सन्तुलनका कारण ‘भित्ते राष्ट्रपति’ मा सीमित भए पनि कार्यकारी अधिकारसहितको प्रधानमन्त्री हुनबाट उनलाई कसैले रोक्न सकेन । सशस्त्र युद्धको पृष्ठभूमिबाट शान्ति प्रक्रिया हु“दै निर्वाचनका माध्यमबाट प्रधानमन्त्री जस्तो विशिष्ट पदमा आसीन भएर नया“ इतिहास रचेका छन् । साढे दर्ुइ दशक लामो भूमिगत राजनीतिबाट खुला परिवेशमा आउ“दा पनि उनी चर्चाको शिखरमै थिए । ०६३ असार २ गते पहिलोपटक प्रधानमन्त्री निवास बालुवाटारबाट र्सार्वजनिक भएका थिए । उनी खुला राजनीतिमा आएको दर्ुइ वर्षै बालुवाटारको यात्रा तय गर्न सफल भएका छन् ।
सामान्य पारिवारिक पृष्ठभूमिका उनको बालुवाटारसम्मको यात्रा निकै उतारचढाव र सनसनीपर्ूण्ा छ । मुक्तिराम दाहाल र भवानी दाहालका कोखबाट ०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखेरी-२ लेवाडेमा जन्मेका उनी परिवारका जेठा छोरा हुन् । उनका एक भाइ र ६ बहिनी छन् । ०१९ मा चितवन भरतपुरको शिवनगर गाविसमा बसाइ“ सरेपछि उनको बाल्यकाल त्यतै बित्यो । प्राथमिक शिक्षा ढिकुरपोखरीस्थित महेन्द्र प्राविमा भए पनि माध्यमिक तह उनले चितवनमा सके । नारायणी विद्यामन्दिरबाट एसएलसी सकेपछि पाटन संयुक्त क्याम्पसबाट आईएस्सी गरे र स्नातक तहको अध्ययन चितवनमै गरे । उनले रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक गरेका छन् ।
०२६ मा सीता पौडेलस“ग उनको विवाह भयो । एक छोरा र तीन छोरीका पिता दाहालले वैवाहिक जीवन सुरु गरेपछि राजनीतिमा प्रवेश गरेका थिए । विद्यार्थीकालदेखि नै वामपन्थी राजनीतिमा झुकाव भएका उनको ०२८ मा पुष्पलाल समूहको सदस्यता लिएपछि औपचारिक राजनीतिक यात्रा सुरु भयो ।
सुरुवाती दिनमा उनी राजनीतिस“गै शिक्षण पेसामा संलग्न थिए । उनी ०२९ मा चितवनस्थित नारायणी विद्यामन्दिर र डण्डा मावि, ०३३ देखि ०३५ सम्म गोरखा आरुघाटको भीमोदय माविमा पढाउ“थे । ०३२ मा एक वर्षउनले यूएसएडमा जागिरसमेत खाएका थिए । ०३४ मा चौथो महाधिवेश
-चौम) मा प्रवेश गरेका दाहाल
०३५ मा त्यसको पर्ूण्ाकालीन कार्यकर्ता भए । ०३६ मा चितवन जिल्ला सदस्य भए । ०३८ मा क्षेत्रीय व्युरो सदस्य एवं अखिल नेपाल युवक संघका केन्द्रीय समितिका महासचिव र ०४० मा अध्यक्ष भए । उनले ०३८ देखि भूमिगत राजनीतिक जीवन सुरु गरेका थिए ।
नेकपा मसाल विभाजित भई मोटो ‘श’ र पातलो ‘स’ मा विभाजन भएपछि उनी मशालतर्फरहे । ०४१ मा नेकपा मशालको केन्द्रीय सदस्य हु“दै ०४२ मा पोलिटव्युरो सदस्य अनि ०४६ मा महामन्त्री भए । उनी मशालको पोलिटव्युरो सदस्य र सैन्य आयोग सदस्य भए । ०४६ सम्म आइपुग्दा उनी पार्टर्ीीे महामन्त्री भइसकेका थिए ।
०४८ मा चौम, नेकपा जनमुखी, संयुक्त वाममोर्चा र मशालबीच एकता भई नेकपा एकता केन्द्र गठन भयो । त्यसको महामन्त्री पनि दाहालै भए । ०५१ मा एकता केन्द्र विभाजित भई नेकपा माओवादी गठन भयो, जसमा उनी महामन्त्री रहे । ०५२ फागुन १ देखि उनको नेतृत्वमा माओवादीले ‘जनयुद्ध’ सुरु गर्यो । यो दौरानमा १३ हजार नेपालीको ज्यान गयो । ०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शाही ‘कू’ गरेपछि माओवादी र संसदीय दलबीच दूरी घट्यो र सम्बन्ध विस्तार भयो । ०६२ मंसिर ७ मा १२ बु“दे समझदारीको जगमा सुरु भएको सहयात्रा जनआन्दोलन-२, बृहत् शान्ति सम्झौता हु“दै संघीय गणतन्त्र नेपाल स्थापनासम्म कायम रह्यो ।
०५७ मा भएको माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट महामन्त्री पदको ठाउ“मा दाहाललाई अध्यक्ष बनाइयो । त्यसको एक वर्षछि माओवादी छापामारका सर्वोच्च कमाण्डर भए ।
रोचक प्रसंग के छ भने ‘जनयुद्ध’ का दौरानमा फौजी आक्रमणको योजना बनाए पनि मोर्चामा कहिल्यै गएनन् । युद्ध सुरु हुनुभन्दा धेरै पहिले ०४६ मा गोरखा सिरुबारीमा १६ कार्यकर्तालाई हतियार चलाउने तालिम भने दिएका थिए ।
प्रधानमन्त्री भएपछि दाहालको छविले नया“ उचाइ पाएको छ ।खुला राजनीतिमा आएका बेला उनको वाक्कलाको प्रशंसा सबैतिरबाट
भयो । तर हतियार खोलाले बगाएको र जलेर नष्ट भएको, अमेरिकी अधिकारीको हत्याको षड्यन्त्र दरबारले गरेको जस्ता आधारहीन कुरा गर्न थालेपछि उनको बोलीको विश्वसनीयतामा कमी आएको धेरैले अनुभव गरेका थिए ।
अन्तरविरोधलाई समायोजन गर्न सक्ने नेताका रूपमा उनलाई पार्टर्ीीत्र र बाहिर चिनिन्छ । राष्ट्रिय राजनीतिमा उनले देखाएको लचकता पनि प्रशंसायोग्य छ । ‘लचकता, पार्टर्ीीत्रका अनेकौं धारलाई समेटेर लैजाने खुबी र नया“ कुरा स्थापित गर्ने साहस दाहालका सकारात्मक पक्ष हुन्,’ विश्लेषक श्याम श्रेष्ठ भन्छन्- ‘सहमति गर्ने तर कार्यान्वयनमा ढिलाइ गर्नु, विद्यार्थी नेताका शैलीमा टिकाउ कुरा नबोल्नु र आफूलाई केन्द्रमा राखेर विश्लेषण गर्नु उनका कमजोरी हुन् ।’
माओवादी नेतामात्रै रह“दाको तुलनामा अहिले दाहालसामु दशौं गुना चुनौती थपिएका छन् । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउ“दै नया“ संविधान निर्माण गर्नेदेखि आफ्नो पार्टर्ीी आफूप्रति विश्वासको अवस्था सिर्जना गर्ने चुनौती उनीसामु छन् ।
‘प्रधानमन्त्री हु“दैमा उनी सफल भएको मानि“दैनन् । लोकतन्त्रलाई संस्थागत गर्ने र संविधान निर्माणमा उनको भूमिकाका आधारमा सफलताको जा“च हुन्छ,’ श्रेष्ठ भन्छन् ।(from:kantipur)