Maoist-led govt presents inflated but ambitious budget

September 19, 2008


 

Kantipur Report

 

KATHMANDU, Sept 19 - Finance Minister Dr Baburam Bhattarai presented an ambitious fiscal budget for the Federal Democratic Republic of Nepal at the session of the Constituent Assembly on Friday. 

The Rs 236 billion budget for the fiscal year 2064/65 (2008/09) was passed by the Council of Ministers today itself.

Reading out the his budget speech, Minister Bhattarai said that the country has achieved the Gross Domestic Product rate of 5.6 per cent against estimated 5 per cent in the last fiscal year while the average annual inflation rate reached 7.7 in 2007/08 compared to 6.4 per cent in the Fiscal Year 2006/07.

The import rose by 16.1 per cent against the export rise of 2.4 in the Fiscal Year 2007/08, thereby contributing to the huge trade deficit of 22.2 per cent at the tune of Rs. 165 billion 330 million. This trade deficit comes out to be 20 per cent of the GDP. Such deficit with India alone stands at Rs. 105 billion 900 million. This is an alarming situation, he said.

Out of the estimated sources of financing the current year, Rs 129 billion 215

million would be borne from the current source of revenue. Out of the total foreign

assistance of Rs 65 billion 793.8 million, Rs 47 billion 93.2 million would be borne

by foreign grant, and Rs 18 billion 700.6 million by foreign loan. However, there would be a deficit of Rs 41 billion 11.6 million even by mobilising both the sources.

Meanwhile, the budget speech considered the transitional economy, rapid economic growth, ensuring social justice and security and independence and inter-dependence as the principles of the budget and pointed out its objectives and priorities.

 

Objectives of the budget are said to be making democracy more people-oriented with the institutionalisation of the federal democratic republic, sustaining peace in the country by bringing to logical conclusion the peace, process on the basis of the Comprehensive Peace Accord (CPA) agreed between the Nepal Communist Party (Maoist) and the seven politicalparties, accelerating the process of economic and social transformation to accomplish the great mission of building just, advanced and prosperous new Nepal, achieving higher economic growth that comes along with geographical and regional balance, social justice and employment opportunities, and providing immediate relief to the people to make them feel that the country has really become a republic.

 

Moreover, the budget has pointed out its policy and sectoral priorities.

Policy priority includes completion of the peace process and immediate relief,  accelerated economic growth, and social security and inclusion.

Likewise, the sectoral priorities include transformation of agriculture sector, development of water resource, wider expansion of tourism, qualitative development and exanpansion of physical infrastructure, human resources development, and national industralisation.

The budget has drawn mixed reactions from experts, business entrepreneurs and commoners.<from;KANTIPUR>

प्रेमका २० फिल्मी सूत्र

प्रेमका २० फिल्मी सूत्र


तपाईंलाई प्रेम गर्न आउँदैन ? त्यसो भए धन्दा नमान्नुस् । नेपाली फिल्म नियमित हेर्न थाल्नुस् । तपाईंले प्रेम गर्ने तरिका भटाभट सिक्न पाउनुहुनेछ । नेपाली फिल्म कुनै ‘गाइडबुक’ भन्दा कम छैन । नभुल्नुस्, नम्बर वान हिरोइन नै ‘लभगुरु’ भएको उद्योग हो यो । यहाँ बन्ने फिल्महरू प्रेमका पाठशाला हुन् । यिनै पाठशालाबाट उतारिएका प्रेम गर्ने मुख्यमुख्य २० सूत्र :


कलेजमा थुप्रै युवती तपाईंका आँखामा पर्न सक्छन् । तपाईंले चाहिँ हातमा किताबको चाङ बोकेर आइरहेकी युवतीलाई खोज्नुस् र धक्का मार्दै आफ्नो किताब भुइँमा झार्दै उनका किताब पनि झारिदिनुस् । अनि, सरी भन्दै टिपिदिएभै+m गर्नुस् । उनले पनि तपाईंका किताब टिपिदिनेछिन् । त्यतिबेला एउटा किताब वा नोटबुक सट्टपट्टा गर्न नभुल्नुस् । अर्कोपटक भेट्ने बहाना त चाहियो नै ।


कुनै ह्यान्डसम वा ब्युटीले कार हाँकेर आइरहेका छन् भने गएर ठोक्किइहाल्नुस् । तपाईं मर्नुहुन्न । सामान्य चोट मात्र लाग्नेछ र त्यसरी उठाएको जोखिमले फाइदा नै दिनेछ । उनैसँग तपाईंको चक्कर चल्न सक्छ । अर्थात् मनमा चोट लाग्नेछ र माया पलाउनेछ ।


आफूलाई मन परेको युवकको हातमा चोट लागेको देख्नुभयो भने चुप लागेर नबस्नुस् । आफ्नो सारी वा कुर्ताको सल च्यातेर घाउमा बेरिदिनुस् । यसले युवकलाई मनमा समेत चैन दिनेछ । तपाईंको सारी वा कुर्ताको टुक्रा कति प्रभावकारी हुन्छ भने, कुनै औषधिविना नै घाउ चट हुनेछ ।


सहरदेखि टाढा हरियाली ठाउँमा पिकनिक खान जाँदै हुनुहुन्छ भने जंगल वा छाँगाको भ्रमण गर्न नछुटाउनुस् । त्यहाँ गाउँकी कुनै सोझी तर सुन्दर युवती नाचिरहेकी हुन सक्छिन् । त्यसपछि रूख र ढुंगामा लुकेर फोटो खिच्नुस् । घटनाहरूले तपाइंलाई प्रेमको बाटामा डोर्‍याउनेछन् ।


कुनै पाको उमेरको मान्छे भेटेमा राम्रो व्यवहार देखाउनुस् । तपाईंको मानवताबाट प्रभावित भई उक्त व्यक्ति तपाईंलाई आफ्नो ज्वाइँ वा बुहारी बनाउने निचोडमा पुग्न सक्छ । बरु, तपाईंचाहिँ कुनै बहाना लिएर उक्त व्यक्तिको घरमा पुग्नुस् । उनका छोरा वा छोरीसँग भेट त हुनैपर्‍यो नि !


कुनै युवती बेसहारा छिन् भने उनलाई प्रत्यक्ष थाहा नहुने गरी सहयोग गर्नुस् । उनीसँगको सम्बन्धलाई पनि जारी राख्नुस् । अनि, एकदिन आफूले सहयोग गरिरहेको कुरा उनको कानसम्म पुर्‍याउन कुनै पात्रलाई प्रयोग गर्नुस् । तपाईंको सहयोगको ऋण उनले प्रेम दिएर चुक्ता गर्नेछिन् ।


मन परेकी युवतीको बिहे हुन लागेको छ भने हिम्मत नहार्नुस् । तपाईंलाई युवतीले बिहेको कार्ड पक्कै दिनेछिन् । तपाईं कोठामा उदास भएर नबस्नुस् । बिहेको जग्गेमै पुग्नुस् र कुनै हरकत देखाउनुस् । अन्ततोगत्वा युवतीको बिहे तपाईंसँगै हुनेछ ।


युवतीका बाबु करोडपति छन् र तपाईं गरिब हुनुहुन्छ भने अप्ठ्यारो नमान्नुस् । आफ्नो प्रेममा अडिग रहनुस् । करोडपति बाबुले आफ्नी छोरीको हात आफ्ना बिजनेस पार्टनरका छोरालाई सुम्पिने इच्छा देखाउन सक्छन् । तर, त्यतिबेला पनि हरेस नखानुस् । किनभने, सम्धीको धनदौलत हडप्नकै लागि बिजनेस पार्टनरले नाता गाँस्न खोजेको कुरा एकदिन भन्डाफोर हुनेछ र करोडपति बाबु तपाईंलाई खोजीखोजी आइपुग्नेछन् ।


त्रिकोणात्मक प्रेम छ भने साथीको मुख हेरेर त्याग गर्नुस् तर सहरदेखि नभाग्नुस् । दैवले एकदिन तपाईंको प्रेम तपाईंलाई नै फर्काइदिनेछ । त्यस्तो अवस्थामा तपाईंको प्रेममा बाधा पुर्‍याउने व्यक्ति चाहे त्यो मित्र नै किन नहोस् भगवान्को पि्रय हुनेछ । र, तपाईंका लागि मैदान खाली हुनेछ ।

१०
युवतीका बाबुलाई फकाउन हातमा ठेला उठ्ने गरी भरियाको काम गर्नसमेत तयार हुनुहोस् । तपाईंलाई खाना खुवाउन र सहानुभूति दिन युवती टिफिन बोकेर आउनेछिन् । त्यतिबेला युवतीलाई आफ्नो हत्केला देखाउन नभुल्नुस् । हातको ठेला देखेर युवती भावुक बन्नेछिन् ।

११
कुनै युवतीसँग प्रेम हुन आँटेको छ भने गीत गाउन सिकिहाल्नुस् । किनभने, लभ परेपछि बगैँचामा गीत गाएर नाच्नुपर्ने हुन्छ । नत्र तपाईंको प्रेम अरूले कसरी थाहा पाउने ? शंकै छैन, बगैँचामा नाच्नलाई नयाँ लुगा र जुत्ता किन्नैपर्‍यो ।

१२
राम्री युवती वा राम्रा युवकसँग जम्काभेट भएमा आँखा जुधाउँदै टोलाउन थाल्नुस् । अरूतिर ध्यान नदिनुस् । एकाग्र हुनुस्, साथीले तपाईंको आँखाअगाडि हत्केला नहल्लाएसम्म । त्यसपछि झस्किनुस् । यसो गरे तपाईंको लगाव झल्किनेछ ।

१३
होस गर्नुस्, प्रेम गर्नेहरू ब्लड-क्यान्सरको सिकार भई प्रेमी वा प्रेमिकादेखि मात्र होइन धर्तीदेखि नै अलग हुनुपर्ने मोडमा पुग्न सक्छन् । त्यसैले क्यान्सरदेखि बेलैमा
सावधानी अपनाउनुस् । क्यान्सर प्रेमका लागि हानिकारक छ ।

१४
आफूलाई मन परेकी युवतीको फोटो पर्समा बोक्नुभएको छ कि छैन ? छैन भने बोक्नुस् र एकपटक कुनै दिन पर्सलाई केटीको नजरमा पारिदिनुस् । मन त हो, पग्लिन कति बेर लाग्छ र ? आफ्नो डि्रम गर्ललाई साथीभाइको नजरबाट सुरक्षित राख्ने उपाय पनि हो यो ।

१५
बदमास केटाहरूले युवतीलाई लडाउन भुइँमा केराको बोक्रा राखिदिन सक्छन् । तर, तपाईं त्यसलाई सफा गर्नतिर नलाग्नुस् । बरु, युवती त्यहाँ आइनपुगुन्जेल प्रतीक्षा गर्नुस् । जब युवती चिप्लिएर अनियन्त्रित
हुन्छिन् तपाईं गएर उनलाई सम्हाल्नुस् । चिठ्ठा तपाईंलाई पक्का ।

१६
सानो उमेरमै कुनै केटा वा केटी मन परेको छ भने, छुट्टिने बेला रुमाल, खेलौना वा माला चिनोस्वरूप दिनुस् । हुर्किएपछि संसारको जुनसुकै कुनामा पुगे पनि एक न एकदिन त्यस चिनोको करामतले तपाईंहरूको पुनर्मिलन हुनेछ । तर, आफ्नो चिनोलाई जोगाएर भने राख्न सक्नुपर्छ ।

१७
तपाईं गाउँकी युवती हुनुहुन्छ र सहरबाट आएका युवकलाई फसाउन चाहनुहुन्छ भने उनका अगाडि बाख्राको पाठी च्यापेर मात्र जाने गर्नुस् । पाठीले तपाईंको व्यक्तित्वलाई खुल्न मद्दत गर्नेछ र सहरको हिरो तपाईंदेखि भुतुक्क हुनेछन् । किनभने, सहरका युवकहरू प्रकृति र पशुपन्छीप्रेमी हुन्छन् । यो कमजोरीको फाइदा उठाउँदा प्रेम हुन्छ भने किन ‘ढुंग्रो लुकाउने ?’

१८
कुनै युवतीले तपाईंलाई एकदम घृणा गर्छिन् वा तपाईं पनि उनलाई त्यतिकै घृणा गर्नुहुन्छ भने सचेत रहनुहोस्, तपाईंहरूबीच इलु-इलुको सम्भावना प्रबल छ । जति घृणा बढ्यो त्यति नै माया गाँसिने सम्भावना हुन्छ । घृणा बदलियो भने आखिर प्रेम नै त हुने हो ।

१९
चोभार वा कुनै गोदाममा जानुस्, त्यहाँ मायाको भोकी युवतीलाई गुन्डाले ज्यादती गर्न खोजिरहेको हुन सक्छ । कानलाई चनाखा राख्नुस् । कुनै कुनाबाट युवतीको चीत्कार आइरहेको सुनिनेछ । अनि, भित्ता फोड्दै जानुस् । गुन्डालाई धुलो र युवतीलाई मायाको गुलियो चटाउनुस् ।

२०
कुनै बाधा वा कसैको कुदृष्टि परेर दुवै जना मर्नुपर्ने अवस्था आयो भने, मृत्युदेखि नडराउनुस् । नहिच्किचाईकन मर्न तयार हुनोस् । किनभने, सँगै जिउने र सँगै मर्ने कसम खाइएकै हो । फेरि, त्यसरी सँगसँगै मरेमा अर्को जन्ममा निश्चित रूपले मिलन हुनेछ ।{from:nayapatrika}

Protected: दिल्ली डायरी: प्रधानमन्त्रीको भारत उपलब्धि

This post is password protected. To view it please enter your password below: