हामी सबै कलाकार
September 20, 2008
राजेन्द्र ज्ञवाली
हामी सबैले बिहानदेखि बेलुकासम्म अभिनय गरिरहेका हुन्छौ“, त्यो पनि भिन्न-भिन्न चरित्रको । जीवनको धेरै समय अभिनयमै बित्ने गर्छ । तर मानिस अभिनयमा यति डुब्छ कि ऊ स्वयंलाई थाहा हु“दैन अभिनय गरिरहेको । घर, कार्यालय, बजार, पसल, चलचित्र भवन, रेस्टुरा“ आदिमा के तपाईंको एउटै व्यक्तित्व हुन्छ - विचार गर्नुस् त । पक्कै पनि तपार्इंले हरेक ठाउ“अनुसार अभिनय गरिरहनुभएको हुन्छ ।
कुनै कार्यालयमा हाकिम हुनुहुन्छ भने मख्ख नपर्नुस् । तपाईं हाकिमको अभिनय गर्दै हुनुहुन्छ । मान्नुहोस्, तपाईंले हाकिमको चरित्र निर्वाह गर्ने अवसर पाउनुभएको छ । नपत्याए विचार गर्नुस् त, बेलुका घर फर्केपछि तपार्इंको भूमिका फेरिन्छ कि फेरिन्न - घरमा तपाईं श्रीमान्, बाबु, छोरा, दाजु अथवा भाइको अभिनय गर्नुहुन्छ । घरमा बिर्सर्ेेहाकिम बन्न खोज्नुभयो भने तपाईं बा“की भूमिकामा असफल साबित हुनुहुनेछ । असफल पिता, असफल पति, असफल छोरा, असफल दाजु वा असफल भाइ ।
त्यसैले तपाईं साथीभाइस“ग ह“ुदा साथीको अभिनय गर्नुहुन्छ, कार्यालयमा आफूभन्दा तलकास“ग हाकिमको । अनि आफूभन्दा माथिकास“ग सामान्य कर्मचारीको ।
त्यस्तै व्यापारीले ग्राहकसामु व्यापारीको अभिनयलाई जीवन्तता थप्न सकेन भने व्यापार चौपट हुन्छ । केही व्यापारीमा त गजबको अभिनय प्रतिभा हुन्छ । विशेषगरी उनीहरूको बिक्री गर्ने अभिनय क्षमता बेजोडको हुन्छ ।
त्यस्तै सानातिना नेताको के कुरा, राष्ट्र एवं सरकारप्रमुख पनि आफ्नो कार्यालय, मन्त्रालय र जनतासामु के एउटै शैलीमा प्रस्तुत हुन्छन् त - त्यसो गर्न थाले भने उनीहरू कही“ कतै सफल हुनसक्ने छैनन्, हाम्रो मुलुकजस्तै -उनीहरू सफल भएकै कारण मुलुक असफल भएको मान्नुहुन्छ भने पनि मलाई केही भन्नु छैन) । त्यसैगरी सत्तारूढ हु“दा बोल्ने नेताको बोली, वचन र व्यवहार विपक्षमा पुगेपछि फरक भएको देख्नुभएको छ भने मान्नुस् यो उनीहरूमा निहित बेजोड अभिनय प्रतिभा हो ।
तपाईं नेताहरूलाई ‘क’ श्रेणीको कलाकारमा राख्न चाहनुहुन्छ भने मलाई कुनै आपत्ति छैन । त्यसैगरी लर्डाईंमा दुस्मनहरूलाई मुला काटेझैं काट्ने सैनिक घर फर्केपछि पत्नी र छोराछोरीसामु कस्तो मायालु हुन्छ । अब यसलाई बेजोडको अभिनय नभनेर के भन्ने - यस आधारमा सैनिकहरू ज्यान दाउमा राखेर अभिनय गर्छन् भन्न सकिन्छ ।
तपाईंले हाकिम हुनु, शिक्षक-विद्यार्थी हुनु, पिता वा पुत्र हुनु पति वा पत्नी हुनु अनि व्यापारी हुनु, नेता हुनु गरिब-धनी हुनु वास्तविकता हो अभिनय होइन भन्न सक्नुहुन्छ । मेरो विचारमा सशक्त अभिनयको चरम सीमा भनेकै त्यही वास्तविकता हो ।
तपाईं फेरि भन्नुहोला त्यसो भए नाटक, सिनेमामा अभिनय गर्नेले के गरिरहेका हुन् र उनीहरू वास्तवमा को हुन् - उनीहरूले नाटकभित्र पनि नाटक गरिरहेका हुन् र त्यसमा उनीहरूको प्रयास भनेकै आफूले निर्वाह गरिरहेको पात्रमा जीवन्तता थप्दै अभिनयको चरम सीमा छुनु हो । त्यसैले त हामी राम्रा कलाकारलाई भन्छौं कस्तो ‘वास्तविकता’ जस्तै गरेको ।
पृथ्वीका अन्य जीवले अभिनय गर्दैनन् । कुकुरले पुच्छर हल्लाउनु, तलुवा चाट्नु, भुक्नु र टोक्नु अभिनय होइन । बाघको झम्टाइ, कोइलीको गीत, ढुक्कुरको लय, सुगाको रटाइ, चितुवाको कुदाइ, हात्तीको लम्काइ यी कुनै अभिनय होइनन् । तपाईंले कुकुरले गीत गाएको सुन्नुभएको छ - अनि कोइलीले भुकेको पनि देख्नुभएको छैन, हैन - त्यस्तै बाघले तलुवा चाटेको, हात्ती कुदेको, सुगा लम्केकोे र चितुवाले रटेको कहिल्यै देखिएको छैन, होइन - यिनीहरू सा“चो अर्थमा वास्तविक जीवन बा“चिरहेका हुन्छन् । किनभने यिनीहरूलाई अभिनय गर्न आउ“दैन । तर वाह रे हामी मानव जाति † आफूमा निहित अभिनय क्षमताले कुनै एउटा चरित्रमा सीमित रहन सक्दैनौ“ । अब त मानिसले पशुको अभिनयमा पनि जीवन्तता थप्न थालिसकेको छ । यस क्रममा ऊ आफैंलाई बिर्सने स्थितिमा पुगिसकेको छ ।
एक व्यक्ति चिकित्सककहा“ पुगेर भनेछ- डाक्टर साब † मलाई जा“च्नुस् त - चिकित्सकले भनेछ- तर म त पशु चिकित्सक पो त । उसले जवाफ फर्काएछ- अनि के भो त - चिकित्सकले कुरा बुझेन र सोध्यो- के भन्न खोजेको तपाईंले -
उसले फेरिे भनेछ- हर्ेर्नुस् म बिहान हुनासाथ घोडाजस्तै दगर्ुर्छर्ुु दिनभरि गोरुझैं काममा जोतिन्छु । सा“झ परेपछि आफूभन्दा तलकास“ग कुकुरजस्तै भुक्छु । अनि राति घरमा बघिनीस“गै सुत्छु । अब मलाई तपाई -पशु चिकित्सक) ले नजा“चे कसले जा“च्ने -
तपाईं सोध्न सक्नुहुन्छ- यतिका गन्थनको मेरो उद्देश्य के - त सुन्नुस्- यो पनि
मेरो लेखक भइखाएको अभिनय गर्ने प्रयास हो । अनि तपार्इं - तपाईं पनि अहिले पाठकको भूमिकामा अभिनय गर्दै हुनुहुन्छ, होइन त -<from:kantipur>