इतिहास लेख्ने अभिभारा

September 21, 2008

इतिहास लेख्ने अभिभारा

उषाकिरण तिम्सेना

‘जयतु संस्कृतम्’ बाट सुरु भएको विद्यार्थी आन्दोलनले ६० वर्षो यात्राको अधिकांश समय राजनीतिक मुद्दामा खर्चनुपर्‍यो । यसबीच विभिन्न विद्यार्थी संगठनको अधिकांश समय शासनव्यवस्थ परिवर्तन, नागरिक अधिकार र सुशासनजस्ता विषयमा बित्यो ।
कसरी भुल्न सकिन्छ ०६२/६३ को जनआन्दोलन र युवा विद्यार्थीको नेतृत्व - २००४, २००७, २०३६, २०४६ र ६२/६३ को आन्दोलनमा विद्यार्थीले आफूलाई सफल आन्दोलनकारीका रूपमा चिनाए ।

देशमा गणतन्त्र आयो । र्सवसाधारणको छोरो रामवरण यादव राष्ट्रपति हुन पुगे । अबको विद्यार्थी आन्दोलनको गति र गन्तव्य के हो - अब विद्यार्थी मुद्दा फेरिनर्ुपर्छ कि उस्तै रहनर्ुपर्छ - आरजु देउवा र शारदा कुमालहरू एउटै सभामा समान सहभागीका रूपमा आइपुगेको यो अनौठो परिवर्तनपछि विद्यार्थी संगठनमा पनि परिवर्तन आवश्यक छ

कि छैन -

हाम्रो देशमा अझै शिक्षाको विकास धिमा गतिमा छ । जनसंख्याको आधा प्रतिशत अझै लेख्नपढ्न जान्दैन, वैज्ञानिक र प्राविधक शिक्षाको कुरा धेरै परका भए । अझै २० प्रतिशत बालबालिका स्कुल प्रवेश नगरिकनै किशोरावस्थामा पुग्छन् । लेख्नुपढ्नुपर्ने समय भाइबहिनीलाई बुइ बोकेर धुलिमाटी खेलेरै बिताउ“छन्, गाईभै“सी र बाख्रा गोठालो बनेर बिताउ“छन् । आफ्ना बच्चालाई शिक्षित बनाउनर्ुपर्छ भन्ने ज्ञान बाबुआमामा छैन भने राज्यले शिक्षालय र शिक्षकको पर्याप्त व्यवस्था गर्न सकेको छैन । छाना चुहिने र डेस्कबेन्चविहीन धेरै स्कुल भवन छन् । रूखको बोटमुनि पढाउनुपर्ने बाध्यता अझै छ । खाना, नाना र कापीकलमको अभावमा कतिले स्कुल छाड्ने गरेका छन् । ‘सबैका लागि शिक्षा’ नारा व्यंग्य हुन पुगेको

छ । राजधानीमै हुनेखाने र विपन्नका बीचमा शिक्षाको खाडल गहिरो छ । शिक्षाको यो खाडल नियाल्ने फर्ुसद देशका ‘आर्किटेक्ट’ हरूलाई छैन । तिनलाई त भागबन्डामै फर्ुसद छैन । भिसी नियुक्तिबाट देखिएको त्यो नग्न नाटकको निरन्तरता अझै उस्तै छ । प्राज्ञिक थलोमा विशेषज्ञता र वरिष्ठताको ख्यालै नगरी विश्वविद्यालयको गरिमा घटाइ“दै छ । परीक्षा प्रणाली उस्तै छ । वर्षरिमा पढेको कुरालाई तीनघन्टे परीक्षामा कसरी मापन गर्न सकिन्छ - पुराना विश्वविद्यालयले कार्यशैली परिवर्तन नगर्ने हो र विद्यार्थी संगठनहरूले पनि राजनीतिक पार्टर्ीीे ‘झोले कार्यकर्ता’ मात्रै बन्ने परम्परा कायम राख्ने हो भने विश्वविद्यालय राजनीतिक प्रयोगशाला बन्ने निश्चित छ ।

विद्यार्थी संगठनमध्ये जोसिलो र पाको अनेरास्ववियुको सम्मेलन असोज ५ देखि १० सम्म पोखरामा हु“दै छ । सम्मेेलन भन्नेबित्तिकै नेतृत्व र नीतिका कुराले प्राथमिकता पाउने भयो । यो सम्मेलन नेतृत्वका सवालमा विल्कुलै फरक देखिइसकेको छ, त्यो हो- अध्यक्ष पदमा विद्यार्थी नेतृ रामकुमारी झा“क्रीको चर्चा छ । संघीय नेपालको नक्सा र नया“ नेपालको श्ािक्षाको नक्सा कोर्ने सवालमा बन्ने नीतिले महत्त्व राख्ने नै भयो ।

विद्यार्थी संगठन भन्नेबित्तिकै माउपार्टर्ीीे स्वार्थपर्ूर्तिका लागि प्रयोग ह“ुदै आएको संगठनका रूपमा चिनि“दै आएको छ । यसमा सुधार आवश्यक छ । विद्यार्थी नेतानेतृहरू गणतन्त्र प्राप्तिपर्ूव भन्थे- ‘गणतन्त्र प्राप्तिस“गै आन्दोलन रोकिने छ ।’ गणतन्त्र घोषणा भएको छ र तत्कालका लागि टायर बाल्ने, इ“टा बोकेर सडकमा निस्कने, र्सवसाधारणलाई मार पर्ने खालका कठोर आन्दोलनमा अखिलले समय खर्चनु हुन्न । उत्तेजना र बहकाउमा टायर बालिहाल्ने, इ“टाढुंगा प्रहार गरिहाल्ने यो परम्परागत आन्दोलनको स्वरूप अब अखिलले फर्ेर्नुपर्छ । नया“ नेपाल निर्माणमा विद्यार्थीको रचनात्मक भूमिका जरुरी छ । नया“ नेतृत्वले यो कुरा ख्याल गर्नुपर्छ । सम्मेलनलाई अखिलको मातृपार्टर्ीी मात्र होइन, अन्य दलले पनि इतिहास बदल्ने नवीन नेतृत्वका सर्न्दर्भमा नियालिरहेका छन् । पोखराले विद्यार्थी आन्दोलनको नेतृत्व र नीति दुवैमा नवीन अनुहार र चरित्र ल्याओस् ।

Comments »

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>