हाई अष्टे्रलिया बाई नेपाल
September 24, 2008
रोश्ना सुब्बा
त्यहा“ जाने अधिकांश नेपालीको उद्देश्य नै स्थायी बसोबासका लागि पर्मानेन्ट रेसिडेन्स पाउनु रहेको हुन्छ । दर्ुइ वर्षघि अष्ट्रेलिया पुगेर सिड्नीस्थित हिमालयन रेडियोमा समाचार सम्पादकका रूपमा कार्यरत भरत पौडेल भन्छन्, ‘राम्रो प्रतिशत ल्याएर नेपालबाट स्नातक गरेका विद्यार्थी कुकरीजस्ता विषय पढिरहेका छन् । नेपालबाट एउटा फयाकल्टीमा प्रमाणपत्र लिएका विद्यार्थी त्यही विषयमा पढाइ अगाडि बढाउनुका साटो पीआरका लागि बढी अंक आउने विषय अष्टे्रलियामा रोज्ने गर्छन् ।’
अष्टे्रलियामा नाम चलेका विश्वविद्यालयमा अध्ययन गर्न जानेको संख्या एकदमै कम छ । भरत पौडेल भन्छन्, जसरी पनि अष्ट्रेलिया छिर्ने बहानामा मुख्य-मुख्य सहरका गल्ली-गल्लीमा खुलेका बिजनेस कलेजमा भर्ना हुन्छन्, विद्यार्थीहरू । ठूलो सपना लिएर अष्ट्रेलिया पुगेका विद्यार्थी पढाइ र कामको बोझले गर्दा मानसिक तनावमा छन् । कसै-कसैले त नौ-दस महिनासम्म काम नपाएर साथीभाइले क्याम्पसको शुल्क तिरिदिएको अवस्थासमेत छ ।
के काम पाइन्छ त त्यहा“ - मेरो जिज्ञासामा नेपालमा कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेर त्यहा“ संर्घष्ारत एक विद्यार्थी भन्छन्, धरैजसो थ्री डी अर्थात् र्डर्टर्ीीडयान्जरस र डिफिकल्ट । जस्तै रेष्टुरेन्ट, होटल, कार्यालयका अग्ला-अग्ला भवनका झयाल पुछ्ने, कोठा-वाथरुम सफा गर्ने, सामान लोड-अनलोड गर्ने । उनका अनुसार, नेपाली यस्ता काम गर्नुपर्दा हप्तौंसम्म रुने गर्छन् । ‘वर्षौंको लगानी र मिहेनतबाट इन्जिनियर भएर निस्केपछि कामको अवसर नपाएर विरक्तिएर वैरागी बन्नुभन्दा यहींको दुःख ठीक’ उनी बताउ“छन् ।
यस्ता अनेकौं कठिनाइ र अप्ठयारास“ग जुध्न तयार रह“दै अष्ट्रेलियालाई नै गन्तव्य बनाउने चाहना राख्दै प्रक्रिया सुरु गर्ने प्रायः हरेक घरमा भेटिन्छन् । राजधानीमा त अष्ट्रेलियामा शिक्षासम्बन्धी धेरै पर््रदर्शनी हुनथालेका छन् । अष्टे्रलियामा शिक्षाका लागि परामर्श गर्ने शैक्षिक संस्था बढिरहेका छन् । स्पट एडमिसन, भिसा ग्यारेन्टीसहित गरिने विज्ञापनको लोभ र आकर्षाले अभिभावक र विद्यार्थीहरूलाई तानिरहेको छ । केही अभिभावक केही संस्थाले विद्यार्थीलाई उचित परामर्श नदिई गलत रूपमा मार्गदर्शन गरेको आरोप लगाउ“छन् । यस्ता कन्सल्टयान्सीहरूको कार्यक्षेत्र के - काउन्सलर हुनका लागि चाहिने क्षमता के-के हुन् - यस्ता पक्षको नियन्त्रण र मूल्याङ्कन गर्ने निकाय नहु“दा परामर्शका लागि खुलेका धेरैजसो संस्था मर्यादित र व्यवस्थित हुनसकेका छैनन् ।
सबैभन्दा महत्त्वपर्ूण्ा त रोजगारी र अन्य अवसरका क्षेत्र व्यवस्थित र मर्यादित हुन नसक्दा नै हजारौं युवा अष्ट्रेलिया गइरहेका छन् । कागजपत्र बलियो बनाएर प्रस्तुत गरेपछि भिसा लाग्ने पनि बलियो सम्भावना भएकाले कागजी विवाह गर्नेदेखि लिएर डिपेन्डेन्ट भएर परिवारै जानथालेका छन् । विभिन्न एयरलाइन्स र ट्राभल एजेन्सीहरूका अनुसार, भर्ना लिने सिजनमा दिनको तीन सयसम्म नेपाली विद्यार्थी अष्ट्रेलिया उड्ने गर्छन् । यसैगरी एक तथ्याङ्कअनुसार, उच्चशिक्षा अध्ययनका लागि बाहिर जा“दा लिनुपर्ने नो अब्जेक्सन लेटर यो वर्षो असार महिनासम्ममा बीस हजारभन्दा बढीले लिइसकेका छन् । यसरी नै जानेको संख्या बढ्ने हो भने पन्ध्र वर्षभत्र यहा“ बूढापाकामात्र बा“की रहने शिक्षाविद तथा समाजशास्त्री बताउ“छन् ।
सञ्चारकर्मी, इन्जिनियर, लेखा अधिकृत विभिन्न कार्यालयका अधिकृतदेखि लिएर भर्खरै स्नातक, स्नातकोत्तर गरेका युवावर्ग पढाइको बहानामा अष्ट्रेलिया नै कर्मथलो बनाउने मनस्थितिमा पुगेका छन् । केही वर्षो संर्घष्ापछि पीआर पाउने र आफ्नो तथा परिवारको भविष्य सुरक्षित हुने विश्वास छ, उनीहरूमा । रोजगारीका लागि क्षमता र योग्यताभन्दा पनि नातावाद र पहु“च हावी हुनथालेपछि युवावर्गमा निराशापन छाउन थालेको छ । कतिपय वित्तीय संस्था तथा विभिन्न गैरसरकारी संस्थामा पहिलो योग्यता नै ‘नाता’ रहेको कैयौं उदाहरण छन् । नातेदार वा पहु“चवाला ठाउ“मा नभएका धेरैजसोले त बेरोजगार नै भएर बस्नुपर्ने अवस्था छ । पैसाको प्रभावको प्रसङ्ग त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लोपटक कृषि विकास बैंकमा मारेको छापा नै ताजा उदाहरण हो ।
राज्यले युवावर्गको क्षमता, योग्यता र रुचिअनुसारको कुनै कार्यक्रम ल्याउनसकेको छैन । बाहिर गएर लाहुरे बन्नुको सट्टा यहीं लगानी गरेर केही गर्छर्ुन्नेहरू पनि डर र त्रासमा छन् । हप्तौं राजमार्ग बन्द हुन्छन् । कतिखेर चक्काजाम, कतिखेर लुटपाट, कतिखेर उपत्यका र शैक्षिक संस्था बन्द ठेगान छैन । युवावर्ग देशको विकासका मेरुदण्ड हुन् । तर यस्तै हो भने युवावर्गको ठूलै जमातले देशलाई बाईबाई गर्नेछ र भन्नेछ, हाई अष्टे्रलिया, बाई नेपाल ।<from:kantipur>