जीवन एक धर्को

September 27, 2008

…अचानक जगदीश घिमिरेका हिक्का छुटेका थिए । ६२ वर्षे उमेरमा उनी रोए । धेरैपछि । अन्तर्मनको यात्राको विमोचन कार्यक्रममा यत्ति धेरै शुभचिन्तक आइदिए कि उनलाई आँसु थाम्न गाह्रो पर्‍यो । मञ्चमा बसेकी उनकी जीवन-संगिनी दुर्गा घिमिरेले छल्किएका आफ्ना आँसुका थोपाहरू बिस्तारै पुछेकी थिइन् । उनले किताबमा लेखेकी पनि छिन्, ‘जगदीशले यो कृति मेरा आँसुका मसीले लेखेका हुन् ।’

अहिले भने जगदीश मुसुमुसु हाँस्छन् । फोन रिसिभ गरी साध्य छैन । फोटाका लागि पोज दिँदा फिस्स हाँस्छन्, ‘भुँडी पनि कत्रो भाको हो ?’
उनका कपिराइटका जोक्सहरू महफिलमा खुब जम्छन्, तिनै तीर्थ कोइरालाले एसएमएस पठाए, ‘मदन पुरस्कार पाउनुभएकामा बधाई छ ।’ भर्खरै एउटा कार्यक्रमबाट फर्किएका जगदीशले पत्याएनन् । फोन गरे, ‘साँचो हो ?’
‘हो ।’

शरीरमा पक्कै पनि मीठो काउकुती झन्झनाए होला । त्यसपछि, थामी नसक्ने औँलाहरूले उनको नम्बर डायल गरे । अरूले त उनलाई फोन गरे । उनले भने पहिलो फोन कसलाई गरे ?
खैरो र रातो देखिने सोफामा ढल्किएर खुब सोचे र कन्दै भने, ‘कुनै निकट मित्रलाई गरे हुँला ।’ दख्खिनतिरको झ्यालबाहिर मुन्टो उठाएको हरियो रूखलाई हेर्दै भने, ‘रिसिभ गर्नमै व्यस्त रहेँ ।’

अब अचानक व्यस्तता बढेको छ । किताबले पाँचौँ संस्करण पार गरिसकेको छ । पाठकका फोन आउँछन् । भेट्न खोज्छन् । मृत्युलाई जितेर फर्केको मानिसलाई भेट्ने रहर कसको पो नहोला र ?
मानिस साठी नाघेपछि, बदलिन्छ, धेरै किताबले यस्तो भन्छन् । शैलीमा फरक आउन थाल्छ । तर, जगदीशलाई यस्तो लाग्दैन । ‘कत्तिका त २३ वर्षदेखि नै मानिसको दिमागका सेल मर्न थाल्छन् । विस्मृत रोग लाग्छ,’ फिस्स हाँसे, ‘कसैलाई सय वर्षमा पनि लाग्दैन ।’
र, पनि साठी नाघेपछि, उनको जीवन नै परिवर्तन भइदियो । ‘साठी नाघेपछि नै रोग लाग्यो,’ ढाडको क्यान्सर, जसलाई विज्ञानले न्वारान गरेको छ- माइलोमा । अचानक जीवनलाई हेर्न दृष्टि र सौन्दर्यशास्त्र नै बदलिदियो ।
‘जीवन र मृत्युको चिन्तन हुँदो रै’छ,’ उनको दायाँ हात बतासमा लहरायो, ‘दिनचर्या सबै परिवर्तन हुँदा रहेछन् ।’


‘कति गल्तीका कारण हुन्छन्,’ मुस्कुराउँदै सुनाए, ‘बहाना बनाउन नसकेको कुरामा गल्ती गरेको छु, भन्ने लाग्छ ।’ उनलाई लाग्छ, तर्कले पुष्टि गर्न नसक्ने कयौं गल्ती पनि भइदिन्छन् ।
रूख-चरा-रङ-आकाश-साँझ-बिहान-कोठा सबै फरक देखिन थालेका छन् । धेरै कुरा भावुकताको रङले रंगिन थालेका छन् । अहिलेका सबै निर्णय केले हुन्छन्, दिमागले कि मनले ?
‘गाह्रो छ, दुवै मिसिएका छन्,’ उनलाई लाग्छ, मन र दिमाग फरक-फरक नभई मिसिएका छन्, भन्छन्, ‘बरु चित्त शब्दमा सबै मिसिएको छ । चित्तवृत्ति मनको मात्र नभई दिमागको पनि मिश्रण हो ।’
त्यसो भए अहिले निर्णय चित्तबाट हुन्छ ?
हो भनेझैं मुस्कुराए । उनको मुस्कान भर्खरै शिर उठाएको सूर्यमुखीजस्तो लाग्छ । गहिरो भाइब्रेसनयुक्त आवाज । त्यसैले त उनी भन्छन्, ‘मलाई संगीत खुब मन पर्छ, तर गुन्गुनाउँदिनँ । आवाजै गधाको जस्तो हुन्छ ।’
तिलगंगा आँखा अस्पतालको एउटा कोठामा, लामो ट्राफिक जामको लाइनबाट चिटचिट पसिना काट्दै हुर्रिएर आएका उनी सोफामा ढल्किएर भन्छन्, ‘मानिसलाई मन नपरेको मान्छेको सास गनाउँछ भने मन परेको मानिसको आची पनि बसाउँछ ।’
जगदीशलाई लाग्छ, यो संसार रहस्यमय छ । यही रहस्यमय संसारका रहस्यमय मानिसका बारेमा उनको टिप्पणी हो । किनभने, मैले सोधिदिएको थिएँ, ‘तपाईंलाई कसैले मगदीश भनिदियो भने के होला ?’
किन ?
‘किताबमा मपाईंत्व बढी छ रे नि त !’

‘मैले स्वाभिमान लेख्न खोजेको हुँ,’ मोबाइल रिसिभ गरेपछि भने, ‘त्यो कसैलाई मपाईंत्व पनि लागिदेला ।’ उनले झोलाबाट झिकेको खैरो कभरवाला अन्तर्मनको यात्राको पछिल्लो पातोमा मदनमणि दीक्षितले लेखेका छन्— ‘जीवनयात्राको कारुणिक तथा कलात्मक अभिलेख… प्रत्येक स्वाभिमानीले यस पुस्तकमा आफू चित्रित भएको पाउनेछ,’ देखाए र भने, ‘कसैले मपाईंत्व देखे, कसैले विनम्रता ।’
आनन्द र पीडा, जीवन र मृत्युकै खलक हुन् । अहिले जगदीशलाई कसका कुुराले आनन्द दिन्छन् ? ‘स्वास्थ्यले नै आनन्द दिन्छ,’ कहिलेकाहीँ सुतेको निद्रा पनि उठिदिन्छ । उनलाई दिनभरि मानसिक अस्वस्थता हुन्छ । उनको एउटै स्लोगन छ— स्वास्थ्य छ त सबै थोक छ ।
पुराना दिन सम्झिँदा आनन्द आउँदैन र ?

‘म पुराना दिन सम्भिmन्नँ । के भयो के भयो,’ अल्लि अगाडि तन्किएर, नसम्भिmनुको कारण दिन्छन्, ‘कुनै मृदु छन्, कुनै कटु छन् ।’
शरीरको भन्दा मनको पीडा ज्याद्रो हुँदो रै’छ । र त, मैले सोधेको हुँ नि— पीडा केले दिन्छ ?
‘तपाईंले गरेको पापका लागि दण्डित हुनु ठीकै हो । नगरेका कुरामा लागेको लाञ्छनाले पीडा दिन्छ ।’
कति होलान्, उनलाई लागेका लाञ्छना ? जो नगरेका पाप हुन् । ‘मलाई खासै छैन’ भन्दै उनले सुनाए, ‘पीडा दिनका लागि शत्रु र मित्र दुवै चाहिँदो रै’छ । शत्रुले भनेको कुरा मित्रले सुनाइदिन्छ ।’ जगदीशले परेर जानेको कुरा हो, ‘यस्तो कुरा सुनाउने मित्र पनि खराब हो ।’

***
लामो जागिरे जीवनको दु्रत गति बिरामी भएपछि, अस्पतालको बेडमा थिगि्रयो । सुस्तायो । र, जीवनले सार्थकता खोज्यो । भीडमा हराएको बालकले हात समाएझैं मृत्युले हात समायो । छोडिदियो । जगदीशलाई लाग्छ, ‘मैले फोसामा जीवन पाएँ ।’
लेखेर बाँच्छु, भनेर जमानामा काठमाडौंका गल्लीगल्ली भौँतारिएका जगदीशले यस्तो पनि अनुभव गरे, बेरोजगारी कतिको खतरनाक हुन्छ । लेखक बन्छु भन्ने सपनामा माकुराको जालो तन्किँदै गयो । र, उनलाई लाग्यो, लेखेर बाँच्न सकिन्न ।
नेपालमा किताब हिट हुन्छन् । लेखक हिट हुन्छ । तर, लक्ष्मीको दर्शन पाइँदैन । अहिले त्यस्तो रहेन । उनको किताब बिक्रीका हिसाबमा पनि बेस्ट सेलर रह्यो । किताब छापिएपछि, उनी नयाँ कथा, उपन्यासको हुन सक्छ, मा अल्झिए तर पाठक, उनको अन्तर्मनको सिँढी टेक्दै उनको मनको गुफामा पसे । खोजे, के-के छ, जगदीशको मनमा ?
मृत्युबोध भएको मानिसको अन्तर्मन । भावुकतामाथि कयौँ लाइन लेखिएका छन् । जीवनको हिसाबकिताबमा त्यस्तो अप्ठ्यारो अंकफल निस्किएको छैन । संसारले लेखकलाई सोध्ने प्रश्न हो, तिमीले कत्तिको छल गरेका छौ, लेखक ?
यो प्रश्न हिट भइसकेको किताबका लेखक जगदीश घिमिरेलाई पनि त होला । उनी त्यति तर्सिएनन्, प्रश्न पहिल्यै भेटिसकेजस्तो । भने, ‘मलाई के मन लाग्छ, त्यै लेखेँ । यदि ढाँट्नैपर्ने कुरा थियो भने लेखिनँ ।’
ढाँट्नुपर्ने कुरा थिए र ?

‘कसको हुँदैन ?’ ती कत्ति लेखिँदैनन्, भन्छन्, ‘नलेखेका कुराको के मूल्यांकन हुन्छ ?’
जसको किताबमा विश्वप्रसिद्ध लेखक लेखिएको हुन्छ, पाउलो कोहेलोले आफ्नो उपन्यासमा लेखेका छन्- जब मेरो उपन्यास ठीकै बिकिरहेको थियो, समालोचकले राम्रो भन्थे । जब मेरो उपन्यास एक लाखभन्दा बढी बिक्री भयो । सबैले झुर भन्न थाले ।
जगदीशको किताब पनि त धमाधम
बिकिरहेको छ । धमाधम टिप्पणी उब्जिरहेका छन्- ‘तामाकोसी सेवा समितिको वाषिर्क प्रतिवेदनजस्तो,’ ‘आत्मप्रशंसा भरिएको,’ ‘म केही होइन- सबथोक हुँ । अहम् भरिएको,’ किताब हो, यो ।
छोटो र सुल्झिएको बाक्य बोल्ने र लेख्ने उनले छोटै जवाफ दिए, ‘अर्काले गर्ने कुरा आफ्नो नियन्त्रणमा हुँदैन ।’
किताबले दुइटा गुणस्तरीय प्रमाण-चिन्ह पाइसकेको छ, उत्तमशान्ति पुरस्कार र मदन पुरस्कार । कुन किताब बढी लोकपि्रय मानिएला ? बढी बिक्ने कि पुरस्कार पाउने ? जगदीशसँग दुवै अप्सन छन्, भन्छन्, ‘मान्छेले रुचाएमा आनन्द छ । घर, कविता, कला रुचाएर किन्नुमा आनन्द छ ।’

पुरस्कारको अलग्गै अध्यायजस्तो बनिदिएको छ । ‘विद्वत् मण्डलीले राम्रो छ भनेर पुरस्कृत गरेका हुन्, त्यसमा अर्को आनन्द छ,’ यसरी जवाफ दिइरहेका जगदीशका अगाडि चराझैं थपक्क त्यो दिन आइपुग्छ, जुन दिन विजयकुमारले उनको अन्तर्वार्ता लिइरहेका थिए, घरको आँगनमा-
एकजना मानिस आइपुगे । सोधियो, ‘कसलाई खोज्नुभएको ?’
‘जगदीश घिमिरेलाई ।’ उत्तरसँगै उनले, किताबमा जगदीशले तलतिर छड्के हेरिरहेको किताबको फोटाले, चिनिसकेछन् ।
जगदीशले सोधे, ‘कहाँबाट आउनुभएको ?’
‘बुटवलबाट ।’

ती किताबले भित्रसम्म सुम्सुम्याएका पाठक रहेछन् । पढिसकेपछि, निर्णय गरेछन्, म भेट्छु । र, आइपुगे । बुटवलदेखि । लेखकलाई त्योभन्दा ठूलो पुरस्कार के हुन सक्छ ?
भावुक इमेल, एसएमएस त कत्ति हो कत्ति । जगदीश घिमिरे एट जिमेल डट कममा सयौँ इमेल जम्मा भएका छन् । खोल्यो, पढ्यो, आफू पनि भावुक भयो ।
किताबले जगदीश घिमिरेको एउटै सपना पूरा गरिदिएको छ । सपना देख्नुपर्छ । जब रोगले न्याक्दै थियो, उनले सोचे, किताब पूरा होला कि नहोला ? किताब छापियो, प्रेसको ताजा सुगन्धसहित हातमा थपक्क चढ्यो । बाख्राको सानो पाठोझैं मनतातो ।
एकजना भावुक पाठकले पत्रिकामा, रसियन उपन्यासकार निकोलाई आस्त्रोभ्स्कीसँग तुलना गरिदिएका थिए । जगदीश यस प्रशंसालाई लेखकको संघर्ष उस्तैउस्तै भएकाले भनिएको अन्दाज गर्छन् । निकोलाई नेत्रविहीन थिए । बलजफ्ती अक्षरको कठालो समाएर घिच्याउँदै ल्याए, त्यस्तै शय्याबाट जगदीशले पनि शब्दहरूको कठालो समाएका थिए, अब तिमीहरूले मेरो साथ दिनैपर्छ ।
‘यो किताब पूरा नगरी म मर्दिनँ,’ उनी बढी भावुक हुँदा यस्तो सोच्थे । किताबले मर्न दिएन । बरु एकजना पुराना साथी भेट्टाइदियो- उही मनु ब्राजाकी । ‘के आत्मालाप गर्दा व्यक्ति तटस्थ हुन सक्छ ? त्यो चमत्कार जगदीशको लेखकीय क्षमताले उसमा देखाएको छ,’ मनुले यत्ति मात्र लेखेनन्, जगदीशको नम्बर डायल गरे । अनि… जगदीश भेट्न गए ।
दस वर्षपछि, पुराना दुई मित्र एकैसाथ चिया पिइरहेका थिए ।

***
जीवनमा कति यस्ता दुर्घटना हुन्छन्, जो उपन्यासमा पनि वर्णन गर्न सकिँदैन । उपन्यासभन्दा गाह्रो छ, जीवन । जगदीश आफ्ना जीवनका ती क्षणहरू, जसले रुवाए, हँसाए, लाई उपन्यास बनाउन चाहन्थे । आखिर लेखियो, आत्मालाप । एउटा क्लिकले कविता, कथा, उपन्यास र आत्मालाप लेखाउँदो रै’छ । र त, भन्छन्— ‘म बिरामी नभएको भए लेख्दिनथेँ ।’ रोगले लेखायो । रोगलाई धन्यवाद दिनू कि नदिनू ? संकट यहीँनेर छ ।
गरिबको कथा लेख्नेजति प्रगतिशील र खान पुग्नेको कथा लेख्ने, अप्रगतिशील । यस्तो पनि कहीँ हुन्छ ? जगदीशले गर्ने प्रश्न यही हो । भन्छन्, ‘त्यो गलत हो ।’ कुनै जमानामा माक्र्सवादका हरफहरूमा हिँड्दाहिँड्दै उनले साबिती उपन्यास लेखे । भन्नेले भनिदिए, ‘यो त प्रकृतिवादी भयो ।’ त्यसपछि त उनी उपन्यासका च्याप्टरबाट बाहिर निस्किसकेका थिए ।


‘म पुराना दिन सम्झिनँ। के भयो के भयो,’ अल्लि अगाडि तन्किएर, नसम्झिनुको कारण दिन्छन्, ‘कुनै मृदु छन्, कुनै कटु छन् ।’
उनका डाक्टर डा. सुरापोलले उनको अवधि तोकिदिएका छन्, ‘भन्न सकिन्न, जति पनि हुनसक्छ, तीन, पाँच, दस वर्ष… ।’
कोही पनि अजम्बरी हुन्न । भगवान् पनि नयाँ-नयाँ मानिसको आयु बाँच्छन् । एक दिन आत्मा कुटिरो पारेर हिँड्नु छ । र पनि, एउटा प्रश्न छ, निर्मल बर्माले सोधेजस्तो, ‘मरेको मान्छेको दुःख कहाँ जान्छ ?’
यो शरीर के हो ? आत्मा के हो ? मानिस के हो ? र, मृत्यु के हो ? अल्पज्ञानी म यस्तो सोच्दासोच्दै बहुलाउन सक्छु । त्यसैले जगदीशलाई सोधे क्यै हुन्छ कि ?
उनका दिमागमा स्वाध्ययनका ठेली छन् । फुकाउन मात्र पर्छ, सबै उत्तर पाइन्छ, म यस्तो सोच्छु, तर, जगदीश यस्तो सोच्दैनन्, मुस्कुराउँछन् र दुई बुँदा टिपाउँछन्-
विज्ञान भन्छ- मृत्यु रूपान्तरण हो । मृत्युपछि सेलहरू माटो हुन्छन् । इलिमेन्टस्हरू बिलाउँछन् ।

शास्त्र भन्छ- कर्मअनुसारको भोग गर्नुभयो । अब पुग्यो । यत्ति भनेर सुनाए, ‘म लेख्दा मिलाएर लेख्न सक्छु । बोल्दा त्यति मिल्दैन ।’
मृत्युपश्चात् आत्मा उड्छ, माथि । धार्मिक पोस्टरमा देखाएजस्तो आत्माले उडेर ती चक्रहरू पार गर्दै जान्छ, रातो, नीलो, पहेँलो, र सबैभन्दा माथि एउटा लाम्चो टिकुली आकारको विन्दु छ, त्यहाँ पुग्छ, त्यो आत्मा र परमात्माको मिलन हो रे ! अनि स्वर्ग र नर्कको जञ्जाल ।
‘सबै गफ हो,’ जगदीशको आवाज मोटो हुन्छ, ‘मलाई पटक्कै विश्वास छैन ।’ जति पनि रहस्य भरिएका प्रश्न छन्, त्यसभन्दा ठूलो रहस्य यही संसार हो । मृत्युपश्चात् के हुन्छ ? एउटा रहस्यको पिरामिड हो । दैलो र झ्याल नभएको । आइन्स्टाइनको बोलीमा लोली मिलाउँछन्, ‘यही जीवनमा नै कयौँ रहस्य छन् ।’

पात-बालवाको एक कण-बतास-सुर्जे-घाम-कमिला सबै रहस्यले भरिएका छन्-उनलाई यस्तो लाग्छ । त्यसैकारण उनी भन्छन्, ‘मानिसभन्दा बाह्य अर्को शक्ति छ ।’ त्यो के हो ? सबैभन्दा ठूलो रहस्य त्यही हो ।
यी रहस्य कहिल्यै सुल्भि“mदैनन्, जसरी पछाडि छोडेर आएका अतीतका बाटाहरू । अचानक मृत्युबोध प्राप्त गरेका जगदीशको चित्तदुःखाइ एउटै छ, ‘मैले मेरो स्वास्थ्यमा लगानी गरेको थिएँ । साठीमै यस्तो नहुनुपर्ने हो ।’
स्वास्थ्यको मामलामा उनी सजग थिए । तर, जीवनमा अरू यस्ता कयौँ क्षण हुन्छन् । जसमा गल्ती भइदिन्छ । उनका जीवनमा कति गल्ती भए होलान् ? ‘कति गल्तीका कारण हुन्छन्,’ मुस्कुराउँदै सुनाए, ‘बहाना बनाउन नसकेको कुरामा गल्ती गरेको छु, भन्ने लाग्छ ।’ उनलाई लाग्छ, तर्कले पुष्टि गर्न नसक्ने कयौँ गल्ती पनि भइदिन्छन् ।
बेलायत र काठमान्डूका सडकमा मोटर हाँक्दा मृत्युको बतासले कान छोएर गएको छ । त्यसबेला लागेको छ, ‘जीवनका मोडमा कयौँ गल्ती भएका छन् ।’ ती त आङ नै सिरिंग पार्ने गल्ती भए । मीठा गल्ती पनि त भएका होलान् ?
अल्मलिए । मैले सरल वाक्यमा सीधै भनेँ, ‘प्रेमको मीठो गल्ती ।’

‘खोइ भएन ।’ अब फेरि हाँसे, ‘ती कविताका भावुकताका कुरा भए ।’
अहिले जगदीश घिमिरेको नाउँले धेरैलाई कायल बनाइसकेको छ । एउटा नाम, ईष्र्यालाग्दो । पि्रय । के स्वयंमा उनी नामजति छन् कि छैनन् ? एकछिन गम्भीर भए, र भने, ‘मान्छेहरूले मेरा बारेमा के भन्छन्, मलाई त्यति थाहा छैन ।’ उनलाई यो पनि थाहा छैन रे, जगदीश घिमिरे कत्ति ठूलो नाम हो ?
मृत्युले अलिकति दाग लगाएर गएका जगदीशलाई सबैभन्दा दुःख लागेको मृत्यु कसको थियो ? ‘यो त सोचेकै थिइनँ ।’ भन्दै एकछिन सोचेर सुनाए-
तीस सालतिर नौबिसेको सडकमा एउटी सानी बच्ची आइपुगिन् । जगदीश पछिल्लो ट्रकमा थिए । अघिल्लो ट्रकका पांग्राले एउटा फूल कुल्चियो । गिदी उछिट्टियो । त्यस दिन जगदीशलाई केही खान मन लागेन । अकाल मृत्युले उनलाई धेरै समयसम्म भावुक बनायो । डसिरह्यो ।
अहिले उनलाई लाग्छ, ‘जीवनलाई अध्ययन गर्ने मान्छेले नै मृत्युलाई बुझ्दा रै’छन् ।’ सातवटा रङको चक्र, पंखाझैं, बेस्मारी फनफनी रिङ्दा सबै रंग मिसिएर सेतो बन्दा रै’छन् । सानो छँदा विज्ञानको कक्षामा सिकेको कुराले अहिले नयाँ अर्थ पाएको छ, ‘मृत्यु र जीवनका रङ पनि अलग-अलग हुँदा रै’छन् । ती दुवैले बनेको रङ भने एउटै हुँदो रै’छ ।’ चेतना भया ।
‘मेरो खरानी मेरा पुर्खाको थलो, मेरा स्वजन माझी, मझिनीहरू र मलगायत सबैको साझा, मन्थलीको तामाकोसी र सुकाजोर सफा दोभानमा बगाइदेऊ । यो मेरो भावनाले भनेको हो । तर्क भन्छ, खरानी छरेर तामाकोसीको पानी नधमिल्याऊ । मेरो खरानी मन्थलीको कुनै पनि पाखामा छरिदिए हुन्छ ।’

यो उनको किताबको अन्तिम अनुच्छेद हो । ‘यो इच्छापत्र हो,’ अहिले उनलाई लाग्छ, ‘सन्तानले पूरा गर्लान् ।’
कवयित्री विश्वास सिम्र्बोस्काको कविताले भन्छ-
जीवन जति लामो भए पनि
विवरण छोटै हुन्छ

लामो जीवनको बाटामा थकाइ मार्दै-मार्दै यहाँसम्म आइपुगेका जगदीशलाई लाग्छ, जीवन भनकै एक धर्को हो । फोटोमुन्तिर लेखिएको, जन्म २००४- मृत्यु २००५ जस्तो । चार र पाँचबीचको मसिनो धर्सोजस्तो । छोटो । सानो । कहिल्यै पार गर्न नसकिने रहस्यले भरिएको मायावी धर्सो । जीवन एक धर्सो ।<from:nayapatrika>

अलिखित इतिहासका अदृश्य नायकहरू


 


कर्ण्र्ाााक्य


१ - इतिहास दर्ुइ किसिमका हुन्छन्- एउटा लिखित र अर्काे अलिखित । लिखित इतिहास किताबका पानामा लेखिन्छन्, अलिखित इतिहास विकासका लहरहरूमा । म यहा“ अलिखित इतिहासका पाना पल्टाउन खोजिरहेछु । अलिखित इतिहासका थुप्रै नायक र पात्रलाई म लुकेका प्रतिभा भन्न मनपराउ“छु । अझ स्पष्ट रूपले भन्ने हो भने उनीहरू नै हाम्रो यो राष्ट्रका ‘अनसिन हिरोज’ हुन् । उनीहरू नाम कमाउने होडबाजीमा हु“दैनन्, बरु देश विकासका क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आ-आफ्ना भूमिकामात्रै खेलिरहन्छन् ।

विदेशमा पाइरहेको सुविधा र सम्पन्नता त्यागेर एउटा नेपाली डाक्टर रामकण्ठ माकजू श्रेष्ठले समुदायलाई परिचालन गरी धुलिखेलमा उत्कृष्ट अस्पताल सफलतापर्ूवक सञ्चालन गरेका छन् । डा सुरेशराज शर्माले आफ्नै विशिष्ट शैक्षिक चिन्तन बोकेर धुलिखेलमा विश्वस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने काठमाडौ“ विश्वविद्यालय बनाएका छन् । काठमाडौ“की लिली थापाका श्रीमान द्वन्द्वमा मारिए, तर उनले आफूलाई कहिल्यै बेसहारा ठानिनन्, बरु एकल महिला समूहको संस्थागत विकास गरेर द्वन्द्वबाट उत्पीडित महिलाहरूको उत्थान गर्न पुगिन् । विराटनगरकी सीता पोखरेल र उनका श्रीमानले पुख्र्यौैली सम्पत्ति र जागिरबाट आएको सम्पर्ूण्ा उपदान लगानी गरेर पर्ूवाञ्चल अनाथाश्रम निर्माण गर्नु माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले अबौर्“ डलर समाजसेवामा लगाएभन्दा कम छैन । विस्तारै जब उनीहरूको योगदानले समाजमा केही परिवर्तन ल्यायो, अनि बल्ल उनीहरूलाई समाजले चिन्यो । तैपनि उनीहरूलाई देशले आवश्यक सम्मान दिन सकेन । यस्ता उदाहरण खोज्यो भने थुप्रै भेटिन्छन् ।

साधारण र अर्धनग्न, हर्ेदा अलिअलि बहुलठ्ठीपन भएजस्ता देखिने सेवाइलाल थारू सधै“ खाली जग्गा पाइयो भने रूखैमात्र रोपिहि“ड्थे । हजारौ“ रूख रोपे उनले आफ्नो जिन्दगीमा । तर कसैलाई थाहा भएन । उनले रोपेका रूखहरूले हजारौ“ नेपालीलाई सास फर्ेनका निम्ति अक्सिजन प्रदान गरिरहेछन् । तर जुत्तासमेत नलगाई एउटा लठ्ठीको भरमा हि“ड्ने ती जन्मजात संरक्षकलाई कसैले चिनेनन् । देख्नेहरू पनि सायद उनलाई बहुला नै भन्थे होलान् । वास्तवमा समाजका यी अदृश्य नायक असाधारण नै हुन्छन् ।

अमेरिकामा उच्चशिक्षा हासिल गरेका महावीर पुन त्यहा“को उज्यालो भविष्य र सुखद जिन्दगी परित्याग गरेर नेपालको गाउ“मा आए र गाउ“लाई संसारको प्राविधिक नेर्टवर्कमा जोड्न खोजे, जोडे पनि । उनलाई हामीले पहिले चिनेनौ“ । विश्वप्रसिद्ध म्यागासेसे पुरस्कार पाएपछि मात्र सबैले चिने । यस्ता महावीरहरू हाम्रो देशमा कम छैनन्,

जो चुपचाप आफ्नो कर्तव्यमा निष्ठापर्ूवक लागिरहेका छन् ।

एकचोटी म तिलगङ्गा आ“खा अस्प्ातालमा आ“खा ज“चाउन गएको थिए“ । त्यहा“ देशका कुनाकाप्चाबाट हजारौ“ मानिस आ“खा ज“चाउन आउ“दारहेछन् । बिरामीहरूको ठूलो चाप ह“ुदाहु“दै पनि त्यहा“ कुनै झन्झटिलो नियम रहेनछ । अस्पताल अत्यन्तै सफासुग्घर र व्यवस्थित रहेछ । मिनेट-मिनेटमा डाक्टरहरूले आ“खा जा“च्दारहेछन् । डेढ घन्टाभित्र मैले आ“खाको प्रेसरदेखि मोतियाविन्दु र पावरसमेत ज“चाउन पाए“ । त्यो पनि सय रुपिया“भन्दा कम शुल्क तिरेर । अन्यत्र कहा“ पाइन्छ यस्तो उत्कृष्ट सेवा †

विभिन्न डाक्टरहरूसित आ“खा ज“चाउ“दा-ज“चाउ“दै अन्त्यमा म डा सन्दुक रुइतको कोठामा पुगे“ । ‘रमण म्यागासेसे’जस्तो गरिमामय पदक पाएर पनि डा रुइत अत्यन्त सरल पाए“, चाहिनेभन्दा बढी पटक्कै नबोल्ने । उनले मेरो आ“खामा नानी फुलाउने औषधी राखेर ‘पा“च मिनेट आ“खा चिम्लिई बसिराख्नुस्’ भनेपछि म त्यहा“ आ“खा चिम्लेर केही क्षण बसे“ । अस्पतालको सक्षम व्यवस्थापनबाट म कति प्रभावित भए“ भने मेरो ‘सोच’ किताबको नाफाबाट एक लाख रुपिया“ अस्पताललाई प्रदान गर्ने विचार गरे“ र तत्कालै दिए“ पनि । हुन त यति व्यवस्थित भइसकेको अस्पतालका लागि मेरो सानो रकमले त्यति ठूलो अर्थ नराख्ला । यद्यपि मजस्ता केही ‘हुनेखाने’ उद्यमी-व्यापारीहरूले तिलगङ्गा आ“खा अस्पतालजस्तो प्रतिष्ठानलाई सक्दो आर्थिक एवं भावनात्मक सहयोग गरे भने डा रुइतज्ास्ता सक्कली समाजसेवीहरूलाई उत्साहित बनाउनेछ । कसले सोचेको थियो होला, नेपालजस्तो अविकसित मुलुकबाट पनि आ“खाको कृत्रिम रेटिना बनाएर विकसित देशहरूमा समेत निर्यात गरिन्छ होला भनेर † त्यस्तो काम उनले गरे ।

पचासौ“ वर्षभयो वनमारा भन्ने एउटा आगन्तुक झारले नेपालका सारा वनजङ्गल सखाप पार्दै लगेको । कस्तो यो झार, दन्त्यकथाको राक्षसजस्तै † यसलाई काटेर फया“क्यो भने झन् बढ्दै जान्छ । यो झारका हा“गाबि“गा र जराहरू वनजङ्गलमा यस्तो किसिमले फैलिएर जान्छन् कि त्यहा“ कुनै पनि अन्य बिरुवाको वीउसमेत उमार्न सकि“दैन । उम्रिहाल्यो भने पनि बिरुवा बढ्न सक्तैन । न यसलाई मार्ने कुनै रासायनिक पदार्थ छ, नत यसलाई भौतिक रूपले उन्मूलन गर्न सकिन्छ । बस्, यो राक्षसी झार फैलियो भने हात बा“धेर किर्ंकर्तव्यविमूढ हुनुबाहेक अर्काे उपाय नै छैन । तर केही युवाहरूले यो वनमारा झारलाई काटेर आधी बालेर यसलाई पेल्दै वैकल्पिक ऊर्जाका रूपमा ‘ब्रिकेट’ बनाए । अहिले तर्राई भेगका केही युवक र महिलाहरू ब्रिकेट बनाउने उद्योगमा लागेका छन् । वनमाराबाट ब्रिकेट बनाउने यो प्रविधिले वनलाई मात्र जोगाएन,

एउटा ठूलो ‘इकोलोजिकल’ समस्याको समाधान भएको छ ।

थुप्रै अदृश्य नायकहरूको अर्को उदाहरणका रूपमा नुवाकोट ककनीका माहिला लामा सधै“को फुस्रो र धूलो उड्ने भिरालो जमिनमा देशकै एकमात्र स्ट्रबेरी भिलेज बनाउन लागिपरेका छन् । ललितपुर चापागाउ“की गोमा लम्सालले १५ वर्षेखि च्याउ व्यवसाय गरेर आफ्नो च्याउ सहकारी संस्थामार्फ बिक्री गरी गाउ“मा च्याउको उत्पादन गर्ने कार्यमा भ्याई-नभ्याई काम गरिरहेकी छन् । उनको सहकारीमा अहिले १६० च्याउ उत्पादकहरूको संलग्नता छ । उनले आफ्नो सहकारीका लागि सबैस“ग मासिक रूपमा रु १०० उठाएर १२ प्रतिशत ब्याजमा त्यही रकम परिचालन गरेकी छन् । उमरापोखरा पर्वतकी जसुदा बस्यालले घरमा पालिने वस्तुभाउहरूको गोठबाट निस्कने गहु“त सङ्कलन गरी आफ्नो बारीमा मलका रूपमा प्रयोग गरेर बिक्रीसमेत गर्ने गरेकी छन् । पहिले उनको कामलाई नराम्रो मान्नेहरूसमेत अहिले उनीकहा“ गहु“त खरिद गर्न जान्छन् । पर्वतको कुस्मा शिवालयका नीलराज पुरीले ग“डयौलालाई आफ्नो आम्दानीको स्रोत बनाइरहेका छन् । उनी एकपटक जागिर खान साउदी अरब गई फर्केर आएका हुन् ।

दाङका केही थारू युवाहरू कपाल काट्ने पेसामा सफल भएका छन् । यो उनीहरूको पुख्र्यौली पेसा होइन । तैपनि अहिले कपाल काट्ने पेसामा सफल भएका छन् । दिपायलको सरकारी विद्यालयका विद्यार्थीहरूले आफ्नो पढाइस“गै साबुन बनाएर आर्थिक उपार्जन गरिरहेका छन् । म्याङलुङ तेह्रथुमका रामसिंह आलेमगर लगायत कतिपय कर्मचारीहरू जागिर छाडेर ढाका कपडा उद्योगमा रमाएका छन् । जागिरे पतिको मृत्यु भएपछि म्याङलुङकी उज्ज्वलता सुब्बाले अहिले उज्ज्वलता ढाका कपडा उद्योग सञ्चालन गरेर असहाय १ सय महिलालाई रोजगारी पनि दिएकी छन् ।

एकचोटी लम्ाजुङमा बस्ने वीरबहादुर घले भन्ने एउटा व्यक्ति दर्ुगम क्षेत्रको एउटा गाउ“मा जा“दा किसानको एउटा घरमा बत्ती बलेको देखेर असाध्यै चकित भए । बिजुली कसरी बल्यो भनेर खोजतलास गर्दा किसानले आफ्नो घट्टेखोलाबाट घरायसी पाङ्ग्रा घुमाई बिजुली निकाली आफ्नो घरमा बालेको थाहा पाए । पछि वीरबहादुर घलेले लमजुङमा गएर आफ्नै लगानीबाट सानो हाइड्रोपावर जडान गरे र गाउ“मा बिजुली वितरण गरे । यस्ता आ“टिला, जोशिला र सिर्जनशील व्यक्तिहरूलाई राष्ट्रले प्रयोग गर्न नसक्नुभन्दा ठूलो दुःखको कुरो अर्को के हुनसक्छ -

ग्ा्रामीण पर्ूवाधार विकास समूह नेपालका अध्यक्ष गुणराज ढकालको अगुवाइमा स्वदेशमै अध्ययनरत २५ युवा इन्जिनियरहरूको सहयोग लिई स्थानीयस्तरमा उपलब्ध स्रोत-साधन र जनशक्तिको अधिकतम उपयोग गर्दै खोला तर्नका लागि रोपवे, तुइन, घिर्लिङजस्ता ‘इनोभेटिभ’ कार्यहरू गरिएका छन् ।

हलचोककी सुनिता श्रेष्ठ, कान्छा पुतुवार तथा सूचना विभागका पुराना फोटोपत्रकार विष्णुनरसिंह राणा आफ्नो जमिनमा फूलहरू फुलाएर बिक्री गरी आम्दानी वृद्धि गराइरहेका छन् । बारीमा धेरै फूलहरू उमारेकाले एक्लैले फूल टिप्न नभ्याएर अरूलाई पनि रोजगारी दिएका छन् । तनहु“ गुणादीका एक किसानले मकै लगाउने बारीमा घा“स रोपेर वाषिर्क ९० हजार रुपिया“ आम्दानी गरिरहेका छन् । उखेलेर फाल्नर्ुपर्ने घा“स बारीमा रोपेकाले सुरुका वर्षा छिमेकीले उनलाई ‘मगज खुस्केको’सम्म भनेका थिए । नेपालका जुम्ल्याहा वैज्ञानिक राम-लक्ष्मणले लोडसेडिङको समयमा पनि बत्ती बाल्न सकिने यन्त्रको विकास गरेका छन् । उनीहरूले बनाएको टाइम लोडमिटरबाट घरमा निश्चित मात्रामा सध“ैभरि विद्युत आपर्ूर्ति भइरहन्छ । चितवन कल्याणपुरका नगेन्द्र शाहले कम लागतमा बाली झार्ने र बत्ताउने मेसिन बनाएर सबै गाउ“लेलाई गुन लगाएका छन् । ठमेल गल्कोपाखाका सानुकाजी श्रेष्ठले ग्यासविना नै खानेकुरा पकाउने प्रविधि पत्ता लगाएका छन् । उनले सौर्य ऊर्जालाई इन्धनको वैकल्पिक स्रोतका रूपमा प्रयोग गर्न फया“किएका सिसा, प्लाष्टिक र टिन बाहेकका घरमै उत्पादन हुने सबै किसिमका फोहोरहरूलाई प्रयोग गरी र्सर्ूयको तापबाट आधा खर्चमै ऊर्जा निकाल्ने प्रविधि निकालेका छन् । इटहरीका रोजन र्राईलेे नदीले बगाएर ल्याएका काम नलाग्ने रूखका जरा र फेदमा कलाकृतिहरू तयार पारी व्यावसायिक उत्पादन गर्न सफल भएका छन् । यिनले बनाएको जराकला प्रधानमन्त्री निवासदेखि सामान्य मजदुरका घरसम्म सजावटका आकर्ष वस्तु बन्नसकेका छन् ।

पोखराको हेम्जा गाउ“का विष्णु पौडेल र लेखनाथ पौडेलले गाउ“कै गौरीशङ्कर माध्यमिक विद्यालयको १५ रोपनी जग्गा भाडामा लिई कृषिमा आधुनिकीकरण गर्नुका साथसाथै बहुआयामिक कृषिजन्य विकास गरेका छन् । र्फममा तरकारीहरूमात्रै उत्पादन नगरी १५ वटा दुहुना गाई र ६ हजारजति कुखुरा पालेर विकासे घा“स पनि उमारिरहेका छन् । उनीहरूको लगनशीलता देखेर धेरै गाउ“ले छक्क पर्छन् ।

कालिकोट मान्माका कृष्ण चौलागाईंलेे तत्कालीन समयमा सबैभन्दा बढी द्वन्द्व हुने र हिंसाग्रस्त ठाउ“ भनेर चिनिएको कालिकोटमा पनि बैङ्कबाट २ लाख रुपिया“ ऋण काढेर आफ्नै घरमा एउटा गेस्टहाउस सञ्चालनमा ल्याए । सङ्कटको घडीमा आफूले रगत-पसिना बगाएर ठडयाएको त्यस गेस्टहाउसमा कालिकोट जाने देशी-विदेशीहरू खाने-बस्ने गर्छन् । सदरमुकाम मान्माको त्यस होटलमा मात्र आधुनिक शौचालय र बाथरुमको उपयोग गर्न पाइन्छ ।

चितवन शक्तिखोरका चेपाङ समुदायका केही जुझारू युवाहरू मिलेर एउटा संस्थामार्फ त्यस भेगमा आकर्ष पर्यटकीय गन्तव्यस्थल

बनाउन चार गाउ“लाई समेटी पैदल

मार्ग निर्माण गरेका छन् । यो पैदल मार्गले गर्दा सिराइचुलीबाट सर्ूयाेदयको दृश्य, हिमालको अवलोकन, तीन सय वर्षपुरानो उपर्दाङगढी, चेपाङ सङ्ग्रहालय, झर्ना र गुफा लगायतका ठाउ“हरू देख्न पाइन्छन् ।

पोखरा अर्चलाबोटका महिलाहरूले गहु“को छ्वालीबाट विभिन्न वस्तुहरू बनाएर कुटिर उद्योग सञ्चालन गरिरहेछन् । उनीहरू मुना छ्वाली बटुलेर टोकरी, चकटी, ब्याग, बास्केट, डालो, गमला, ढाकी आदि तयार पार्छन् । भोजपुर दिङलाको केउरेनीपानी र मूलपानीका कृषकहरूले आफ्ना बारीमा रुद्राक्षको खेती गरी घरमा सोलार राखेका छन् र गुजराती भै“सी किनेर दुग्ध विकासमा समेत लागेका छन् । प्रत्येक घरमा १५ देखि २० वटा रुद्राक्षका रूखहरू छन् ।

डडेलधुरा वन उपभोक्ता महासङ्घका प्रकाश साउद र अदुवा प्रशोधन उद्योगका सञ्चालक तुलबहादुर अधिकारी सिजनमा १० हजार बोतल लालीगुरा“स र्सवत उत्पादन गर्छन् । त्यो र्सवत अहिले राजधानी भित्रिएको छ । मकवानपुर लोथरका तुलसी लामिछाने घुम्ती मौरीपालन व्यवसाय सुरु गरेपछि लाखौ“ रुपिया“ आम्दानी गर्न सक्षम भएका छन् । उनी यसका लागि ७ महिना आफ्नो जिल्ला नै छाडेर मौरी चराउन मकवानपुर र र्सलाही जान्छन् । जुन फूल मौरीले बढी मनपराउ“छ, त्यो कहा“ पाइन्छ भनी बुझदै हि“ड्छन् र त्यही“ गएर मौरी चराउने काम गर्छन् । वर्षो ५ महिनाचाहि“ घरमै मौरी राखेर मह काढ्छन् ।

ललितपुरस्थित नख्खु कारागारका एकजना बन्दी जीवन लामिछानेले कारागारभित्रका सबै बन्दीहरूको रहनसहन र बानी-व्यहोरामा धेरै परिवर्तन ल्याइदिएका छन् । उनले कारागारभित्र पत्रपत्रिका पढ्ने वातावरण मिलाइदिने, विभिन्न सामान बनाउने सीपमूलक तालिम दिने, सामानहरू बेच्ने आदि काम गरिरहेका छन् । अहिले त्यहा“का बन्दीहरू ढाकाटोपी, मफलर, रुमाल आदि बुन्ने काम गर्छन् । उनले त्यहा“भित्रै विद्यालय पनि स्थापना गरेका छन् ।र्

पर्वत पाङराङका ताराप्रसाद पौडेल आफ्नो विद्यालयमा पढाउने काम गरी अतिरिक्त समयमा वीउ व्यापारमा समेत संलग्न छन् । यसबाट उनले विद्यालयले दिने तलबभन्दा चार गुणा बढी आम्दानी गरिरहेका छन् । विद्यालयको समयबाहेक अरू समय उनी आफ्नै बारीमा गोडमेल र खनजोतमा व्यस्त हुन्छन् ।

गोरखा नारेश्वर दुम्सरीकी कमला विश्वकर्माले सधै“ पुरुषले मात्रै गर्दैआएको भा“डाकु“डा बनाउने काम गरेर आफ्ना पा“चजना छोराछोरी पढाउने र परिवार सबैको गुजारा गर्ने काम गरिरहेकी छन् । का“चो फलामलाई हिर्काई विभिन्न आकारमा बदलेर धेरै थरीका भा“डाकु“डा निर्माण गर्नु वास्तवमै एउटी महिलाका निम्ति सजिलो काम होइन ।

प|mान्स पुगेर चिजमेकरको २० दिने तालिम लिई र्फकेका अशोकसिंह ठकुरीले चित्लाङमा घरैमा पालेका बाख्राको दूधबाट पनि चिज बनाएर मनग्ये आम्दानी लिन सकिन्छ भन्ने सिकाएका छन् । यस परियोजनामा अहिले गाउ“का थुप्रै परिवारहरू संलग्न छन् । यस कारखानामा नरम र कडा गरी दर्ुइ प्रकारका चिजहरू उत्पादन हुने गर्छन् । त्यहा“का वासिन्दाले चित्लाङ चन्द्रागिरि चिज उत्पादन समूह गठन गरी चिज उत्पादन गरिरहेका छन् । त्यहा“को चिज अचेल विदेशमा समेत निर्यात गरिन्छ ।

भोजपुरका बुद्धिमान र्राई र मीना र्राईले खर्ुसानीबाट अचार बनाउने उद्योग सञ्चालन गर्न थालेपछि उनीहरूको आम्दानी अकासिएको छ । यी दम्पती पेसाले शिक्षक हुन् । उनीहरूले ज्योति अचार उद्योग भन्ने नाउ“मा उद्योग दर्ता गरेर गाउ“मै फल्ने अकबरे खर्ुसानीबाट अचार बनाउ“छन् ।

तनहु“ बन्दीपुर याम्पाका कृषक केशवप्रसाद भट्टर्राईले जग्गा भाडामा लिएर गाईपालन गरिरहेका छन् । यसबाट मासिक २ लाख २५ हजार रुपिया“जति आम्दानी गर्छन् । यसका लागि उनले १ सय ६७ रोपनी जग्गा वाषिर्क ३ लाख तिर्नेगरी भाडामा लिएका छन् । उक्त जग्गामा उनले होलेस्टिन, जर्सर्ीीब्राउनस्वीचजस्ता अत्यन्तै उन्नत जातका ७० वटा गाईहरू पालेका छन् । र्

पर्वत कुस्मा मुडिकुवा गाविसका किसानहरू रिठ्ठाको व्यावसायिक खेती गर्छन् । मुडिकुवाका थानेश्वर भुसालले यस खेतीबाट वाषिर्क ७० हजार रुपिया“जति कमाउ“छन् । जिल्लाका मुडिकुवा, शङ्करपोखरी, खानीगाउ“, देवीस्थान आदि ठाउ“मा यसको व्यापक रूपमा व्यावसायिक खेती गरिन्छ । सेम्पो, साबुन बनाउने उद्योगहरूले रिठ्ठाको प्रयोग कच्चापदार्थका रूपमा गर्छन् ।

खोज्ने हो भने लुकेका प्रतिभाहरू गाउ“-गाउ“मा पाइन्छन् । तर उनीहरूलाई खोजेरमात्र पुग्दैन । उनीहरूका सिर्जनशील एवं उद्यमशील क्रियाकलापहरूलाई सरकारले अध्ययन, अनुगमन गरेर हौसला प्रदान गर्दै उनीहरूको ‘ट्रयाक’लाई समयमै मूल्याङ्कन गरेर सुव्यवस्थित गरिदिनर्ुपर्छ । राजनीतिलाई मात्र महत्त्व दिएर देशको विकास हु“दैन । गरिबी निवारण गर्न न कुनै सूत्र छ, नत दर्शन नै, नत यस्ता कुराहरू पञ्चवषर्ीय गुरुयोजनाको खाकामै पाइन्छन् । देशको विकास धरातलीय एवं व्यावहारिक प्रविधि र परियोजनाबाट मात्रै सम्भव हुन्छ । यस्ता परिकल्पना गर्ने र मिहेनत गरेर कार्यान्वयन गर्ने प्रतिभाहरूलाई जबसम्म राष्ट्रले परिचालन गर्न सक्तैन, तबसम्म राष्ट्रिय योजना आयोगका पञ्चवषर्ीय गुरुयोजनाले मात्रै केही हु“दैन ।

लम्ाजुङको सदरमुकाम बे“सीसहरमा पुलचोक क्याम्पसबाट पास भएका एक युवा इन्जिनियरले स्थानीय समुदायलाई सहभागी बनाई ३.५ मेगावाटको सानो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन र वितरण गरे, महसुलसमेत उठाए । स्थानीय स्तरबाटै उत्प्ाादन गरिएको यो जलविद्युत आयोजनाले बे“सीसहरमा मात्रै होइन, स“गै जोडिएका पहाडी जिल्लाहरूमा समेत विद्युत वितरण गर्छ । राजधानी काठमाडौ“मा दिनहु“जसो लोडसेडिङ हुन्छ, तर लम्ाजुङमा हप्ताको एकचोटीमात्र बत्ती निभ्छ रे † तर त्यो झिलिमिली बत्ती पछाडिको कथा कसैलाई थाहा छैन । लमजुङलाई झिलिमिली पार्ने व्यक्ति को हो - त्यो समुदाय कुन हो - त्यसबारे थाहा पाउन सबै विकासप्रेमी नेपालीहरू इच्छुक हुनर्ुपर्छ ।

हालैमात्र मुर्म्बईमा आयोजना गरिएको एउटा अन्तर्रर्ााट्रय यान्त्रिक मेलामा नेपाली युवा वैज्ञानिकहरूले च्ाौथो स्थान प्राप्त गरे, जबकि त्यो बेला भारतभरिबाट पचासभन्दा बढी वैज्ञानिक समूहहरूले भाग लिएका थिए । जापानको अन्तर्रर्ााट्रय रोबोट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो भएको थियो । उनीहरूलाई प्रोत्साहन गर्ने त कुरै छाडौ“, कसैले जिज्ञासासमेत राखेन । अब उनीहरूलाई के गर्ने - समयमै उनीहरूलाई प्रयोग गर्न सकिएन भने प्रतिभाको पलायन भएर देशलाई मात्र नोक्सान हु“दैन, एउटा सिर्जनशील युवाको मनमा मातृभूम्रि्रति वितृष्णा जाग्रत हुनसक्छ । त्यस्ता युवाहरूको सीप र श्रमलाई चिनेर सदुपयोग गर्न सकिएमा नया“ नेपाल बनाउन धेरै समय कर्ुनर्ुपर्ने छैन ।

दुःख लाग्छ, आजकल नेपालमा आफ्नो घरजग्गासमेत बेचेर, ऋण काढेर छोराछोरीलाई विदेशमा पढ्न पठाएको देख्ता † के हाम्रो देशमा उज्ज्वल भविष्यको सम्भावना खत्तम नै भएको हो त - ताजुब लाग्छ, कसरी ती शिक्षित युवाहरूले आफूलाई जन्माएका आमाबाबुलाई दर्रि्र आर्थिक हविगतमा पुर्‍याएर विदेशमा पढ्न जानसकेका होलान् † बिचरा आमाबाबुहरू आफ्नो भएभरको सम्पत्ति खर्चिई धेरै आशा राखेर छोराछोरीलाई विदेशमा पठाउ“छन्, ठूलो मान्छे हुन्छ भनेर सोच्छन् र पैसा कमाएर पठाउ“छ भन्ने आशा गर्छन्, तर कतिपय युवाहरू अमेरिका, अस्टे्रलिया र युरोपको आधुनिक जीवनशैलीमा हराउ“छन् । न उनीहरू त्यहा“ सफल हुनसक्छन्, नत नेपालमै फर्किन्छन्, बाबुआमाको सपना त कहा“ हो कहा“ † 

-शाक्यको प्रकाशोन्मुख पुस्तक ँखोज’को सम्पादित अंश ।)<from:kantipur>