नेपाली हरुको महान चाड तिहार को हार्दिक मंगलमय शुभकामना ।

October 28, 2008

नेपाली हरुको महान चाड तिहार को उपलक्ष्य मा समस्त पाठक बर्ग हरु मा हार्दिक मंगलमय शुभकामना । साथ् साथै यहाँहरुको यस् बर्ष को तिहार रमाइलो सँग बितोस तथा यहाँहरु का हरेक इक्ष्या तथा चाहना हरु पुरा होस भन्ने कामना गर्दछु । 
सुभाष भण्डारी

बाल बालिका लाई सडक छाप हुन बाट बचाउ

October 23, 2008

आज माइ सन्सार ब्लग हेर्दै थिएं । त्यहां सडक बालबालिकाको दयनिय स्थिती को बारेमा लेखिएको लेख ले मलाई स्तब्ध बनायो । हुन त यहाँ धेरै सस्था छन बालबालिकाको नाम मा र पनि ति बाल बलिका ले सडक मा नै रात बिताउनु परेको छ । कलम कापी छैन हात मा गण्त्रन्त्रिक नेपाल मा पनि बाल बालिकाको स्थिती दयनिय छ । यस् घटना ले मेरो मन मस्तिस्क लाई सोच्न वाध्य बनाएका ले यो कबिता को मार्फत आफ्नो भाबना लाई उजागर गरेको छु ।

बाल बलिका को नाम मा लुट्ने यहाँ धेरै छन
सडकमा रात बिताउदा कती रुदो हो
ति अबोध बाल बालिका को कोमल मन
भबिस्यका कर्णधार हुन कलम कपी छैन हातमा
भएका छन टुहुरा आमा बा छैनन साथ मा
शिक्षा दिन पाये कती खुशी हुँदा हुन
अबसर पाये तिनले पनि सगर छुदा हुन

नहेप अब कसैले नि ति सडक बाल बालिका लाई
सक्छौ भने गर सहयोग हुनेछ तिन्को भलाई

सबै मिली तिनलाई सडक छाप हुनबाट बचाउ
कलम कापी खोजी देउ बिद्यालय पठाउ

आफ्नै मृत्युको रिहर्सल

भियना/ के तपाईं आफ्नो जिन्दगीको अन्तिम दिन पूर्ण योजनाबद्ध ढंगले बितोस् भन्ने चाहनुहुन्छ ? त्यसो भए अस्टि्रयाको भियनामा आफ्नै मृत्युको रिहर्सल गर्नुस् । तपाईंलाई साथ दिनेछन् संगीत, फूल र दर्शकले । कलाकार गेरी ओ डायर र पियर कोइनडीले आफ्नो मृत्युको रिहर्सल गर्न प्रोत्साहित गरिरहेका छन् । भुँइभन्दा केही माथि उचालिएको कफिनमा मनपरेको अन्त्येष्टि संगीतमा मृत्युको रिहर्सल गर्न जोकोहीलाई छुट छ । यो प्रतिस्थापना कला जर्मनको प|m्यांकर्फट, ट्रकीको स्तानबुल, क्यानाडाको टोरन्टो , रोमको भेनिसमा सञ्चालन गरिसकिएको छ । भियनामा पनि मृत्युको रिहर्सलसम्बन्धी कला प्रचलन बढ्दो छ । विश्वमा भएका थोरै मृत्युमा समर्पित म्युजियम भियनामा छ । ‘डरलाग्दो काम गर्न लगाएजस्तो गरेर केही मानिसहरू जिज्ञासु छन्, कोही आतंकित छन्,’ ओडायरले भने, ‘तर, हाम्रा लागि यो जीवन बाँच्न सम्झनु हो । यसलेे मानिसलाई आफ्नो अनुभव गीतमार्फत प्रस्तुत गर्न सहयोग गर्छ, मृत्युको रिहर्सलमा क्लासिकल संगीत पपुलर छ भने केही व्यक्तिले फास्ट ट्रयाक भएका गीत रुचाएका थिए ।’

२४ वषीय फ्लोरियन वागनर मृत्युको रिहर्सल गर्दै फूलहरूले सजाइएको कफिनमा रातो सिराने राखेर सुते । मरेको अभियन गर्दै ‘रिल्याक्स इट्स वन्ली ए गोस्ट’ गीत सुने । बाटोमा हिँडिरहेकाले वागनरको मृत शरीरलाई टुलुटुलु हेरे । ‘यो रिल्याक्स गर्ने तरिका हो । यो त्यस्तो डरलाग्दो पनि छैन । मृत्युसम्बन्धी विचारलाई चुनौती दिन यसले अवसर प्रदान गर्छ । यो आफैंमा राम्रो हो,’ कालो पहिरनमा हाँस्दै कफिनबाट उठ्दै वागनरले भने ।

मृत्युको रिहर्सलका बारेमा विभिन्न राष्ट्रका नागरिकले फरक-फरक ढंगले अनुभूति व्यक्त गर्ने गरेको कलाकारले बताएका छन् । इटालियन वृद्धवृद्धा मृत्युको रिहर्सल देखी अचम्मित भएको पनि कलाकार कोइनडीले बताए । ‘यसलाई कोही भगवानलाई फकाएको ठान्छन्,’ कोइनडीले बताए । from:nayapatrika

यस्तो दिन पनि आउला ?

October 22, 2008

मलाई लाग्छ, खुला आँखाले देखिने प्रायः सपनाहरू पूरा हुन्छन् । यो भिडियो सिडी ‘फोटोकपी’मा मैले त्यस्ता केही सपनाहरूलाई सदृश्य वर्णन गर्ने प्रयास गरेको छु जुन एउटा नेपालीले देख्ने गर्दछ । हास्यव्यंग्यलाई गालीभन्दा माथि उठेर सकारात्मक सन्देशका रूपमा पनि प्रस्तुत गर्ने मेरो प्रयास हो ।

राजनैतिक शक्तिहरूबीचको सहकार्य, सहमति र समर्पणले नेपालमा रेल कुदाउने, पाइपबाट तेल ल्याउने, आफ्नै देशमा कामअनुसार दाम कमाएर युरोपतिर टुरिस्टको रूपमा घुम्न सकिने सम्भावनालाई मेरो मनभित्र रहेको कलाकारले देख्यो, सोहीअनुरुप समाजका प्रबुद्ध दर्शकबीच ल्याउने जमर्को गरेको छु । फोटोकपीभित्रका विभिन्न प्रस्तुतिमध्ये नेपाल निर्देशअन्तर्गत केही गुदी कुरा पाठकका लागि प्रस्तुत गरेको छु ।

मनोज गजुरेल
mgaJurel@gmail.com


नमस्कार, आज २०७५ साल असोज २२ गते आइतबार । नेपालमा गणतन्त्र स्थापना भएको आज ठीक दस वर्ष पुगेको छ । त्यतिखेर मानिसले कल्पना नै गरेका थिएनन् कि केवल दस वर्षमा नेपालमा यति धेरै विकास होला भनेर । पूर्व काँकडभिट्टादेखि पश्चिम धनगढीसम्म साढे चार घन्टामा पुगिने बुलेट रेल सेवा ‘एकता एक्सप्रेस’को सञ्चालन होस् वा दार्चुलादेखि ताप्लेजुङ जोड्ने पहाडी हाइवेको स्थापना होस्, दुवैको निर्माणबाट केवल दस वर्षमा नेपालमा चमत्कार भएको छ । ल्हासाबाट खासा हुँदै काठमाडौंसम्म बिछ्याइएको पेट्रोल पाइपको कुरो होस् वा रोल्पामा खुलेको संसारकै सबैभन्दा ठूलो जडीबुटी उद्योग होस्, दस वर्षपहिले मान्छेले देखेका यी सबै सपना अहिले पूरा भएका छन् ।

यी सबै सपनालाई पूरा गराउने देशका सबै राजनैतिक दल, नागरिक समाज र प्रतिबद्ध नागरिकलाई अहिले विश्वका देशले बधाईका सन्देशहरू ओइर्‍याइरहेका छन् । अरू त अरू, अहिले यो कार्यक्रम ‘नेपाल-निर्देश’ काठमाडौंस्थित नेपाल टेलिभिजनको १२५ तले भवनको तीसौं तलाबाट सञ्चालन गरिहेका छौं । अब हामी यस विषयमा कुरा गर्दैछौं, दस वर्षदेखि निरन्तर रूपमा नेपालको प्रधानमन्त्रित्व सम्हालेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ।

अजयकुमार- आरामै हुनुहुन्छ ?
प्रचण्ड- राजनैतिक रूपमा आराम गरेर बसेको भए अहिले जुन विकास देख्दै हुनुहुन्छ, त्यो दस वर्षमा सम्भव नै हुँदैनथ्यो भन्ने मेरो ठम्याइ हो ।

अजयकुमार- दस वर्षअघि नेपाली राजनैतिक पार्टीका नेताहरू विदेशी राजदूतहरूलाई भेट्न निवेदन हाल्ने गर्दथे । तर, आज दस वर्षपछि विदेशी राजदूतहरूले नेपाली नेतालाई भेट्न पाऊ भनेर निवेदन हाल्ने गरेका छन् । यो परिवर्तनलाई कसरी हेर्नुभएको छ ?
प्रचण्ड- कुरो के हो भने त्यतिखेर हामी सबैका कमीकमजोरी थिए । हामी सबैको विवेकमा खिया लागेको स्थिति हो । समग्र देशको भन्दा पनि व्यक्ति, पार्टी र गुटको हितलाई मात्रै अगाडि ल्यायौं । तर, विस्तारै हामीमा एकता, सहकार्य र सहमतिको जुन वातावरण बन्यो, त्यसले देश, जनतालाई यो अवस्थासम्म पुर्‍यायो भन्ने हाम्रो ठम्याइ छ ।



अजयकुमार- हिजो तपाईंसँग अमेरिकी राजदूतले भेटेछन्, के कुरा भयो तपाईंहरूबीच ?
प्रचण्ड- मने, अमेरिकामा गत सेप्टेम्बरमा जुन समुद्रीआँधी आयो, त्यसले त्यहाँको अर्थतन्त्रलाई नराम्रो धक्का लाग्न पुग्यो । नोभेम्बरमा फेरि आतंककारी हमलाका कारण अमेरिकामा भोकमरी सुरु भयो, यस्तो विपत्तिमा नेपालले पनि अमेरिकालाई सहयोग गर्नुपर्‍यो भन्ने कुरा राजदूतले राखे । हामीले पनि मानवीयताका आधारमा अमेरिकालाई नेपाल सरकारका तर्फबाट एक करोड डलर सहयोग दिने वचनबद्धता प्रकट गरिसकेका छौं ।



अजयकुमार- हाम्रो इतिहास हेर्दा, हाम्रो देश दाता राष्ट्रहरूबाट ऋण लिएर चल्ने मुलुक, केवल दस वर्षमा नै विश्वका ठूला देशहरूलाई अनुदान दिन सक्ने बनेको छ । कस्तो लाग्छ तपाइंलाई ?

प्रचण्ड- यो केवल हाम्रो कारणले भन्दा पनि सम्पूर्ण राजनैतिक पार्टीहरू, नागरिक समाज र आमजनताको सहकार्यको प्रतिफल हो । यो देख्दा निश्चित रूपमा खुसी नहुने कुरै छैन भन्ने हाम्रो ठम्याइ हो । अझ चीनमा आएको बाढीबाट पीडितलाई पाँच करोड डलर अनुदान दिने नेपाल सरकारको हिजोको निर्णयले नेपाल र नेपालीलेको महानता झल्किएको छ भन्ने मलाई लाग्छ ।



अजयकुमार- प्रधानमन्त्रीज्यू, त्यति धेरै सहयोग गर्न सक्नेगरी नेपालले स्रोतचाहिँ कसरी, कहाँबाट जुटाउन सक्यो ? बताइदिनोस् न ।

प्रचण्ड- हामीले प्रष्ट भनेको छौं, हामीकहाँ भ्रष्टाचार छैन, त्यसकारण राजस्वले नै राज्यका दैनिक खर्च चल्ने गरेको छ । उता कर्णालीको बिजुली तिब्बत, चीन, मंगोलिया, उज्वेकिस्तान र रसियामा बेचेर डरल भित्र्याएका छौं । रोल्पा र हुम्लामा सबैभन्दा ठूलो जडीबुटी उद्योग खोलेर वाषिर्क ५० करोडको त औषधि निर्यात गर्दै आएका छौं । गत वर्ष मात्रै २० लाख पर्यटक नेपाल भित्रिएको रिपोर्ट त तपाईंले पनि हेरिसक्नुभएको छ । छुर्पी, चिया, यार्सागुम्बा, मणिमाणिक्य आदिको व्यापारले पनि हामी अहिले एसियाकै सबैभन्दा बढी आयस्रोत भएको मुलुकको रूपमा स्थापित भएका छौं ।

अजयकुमार- सरकारले जुन मेचीदेखि महाकालीसम्म बुलेट रेल सेवा सुरु गर्‍यो नि, यसका बारेमा बताइदिनोस् न ?
प्रचण्ड- काँकडभिट्टादेखि कैलालीसम्म केवल तीन घन्टामा पुर्‍याउने यो रेल सेवा पेट्रोलबिनै हाम्रै त्रिशुलीको बिजुलीले चल्नेगर्छ । संसारमा पेट्रोलको जति भाउ बढे पनि तराईका जनताको एकताको प्रतीक एकता एक्सप्रेस रेल सेवालाई कुनै फरक पर्दैन ।



अजयकुमार- एउटा आरोप छ, यो रेल सेवाले जनतालाई भन्दा ज्यादा नेपाल-भारत सिमानामा क्रियाशील चोर, डाँका, तस्कर र कालोबजारीलाई बढी फाइदा पुगेको छ रे नि ?
प्रचण्ड- त्यो सरासर अफवाह हो किनभने नेपाल-भारत सिमानामा दुवै देशका प्रहरीहरू यति क्रियाशील छन् नि, गैरकानुनी रूपमा कोही पनि आवातजावत गर्न सक्दैन । त्यसमा पनि मेचीदेखि कालीसम्म नै नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा १५ सय किलोमिटरको २० फुटे सेक्युरिटी वाल निर्माण भएको छ । त्यसमा करेन्ट जडान गरिएको छ । र, चौबीसै घन्टा स्याटलाइटले कन्ट्रोल र नेपाली सीमा सुरक्षा बलले निरीक्षण गरिरहेकाले नेपाल- भारतबीचको सम्बन्ध यति लामो समयसम्म सुमधुर रहन सकेको हो भन्ने मलाई लाग्छ ।

अजयकुमार- गत साता एउटा सनसनीपूर्ण समाचार आयो, एकजना मानिसले तपाइंलाई कालो झन्डा देखायो रे, हो ?

प्रचण्ड- हामी पनि अचम्मित भएका छौं कि यो दस वर्षबीचमा हिंसाको एउटा सानो रूप पनि देशमा देखिएन । तर, यो कालो झन्डा देखाउने घटनाले हामी चिन्तित भएका छौं । कतै हामीले जनताको आशा र अपेक्षामाथि कुठाराघात गरेकाले पो यो डरलाग्दो घटना भयो कि भन्ने लागेको थियो ।



अजयकुमार- किन देखाएका रहेछन् त कालो झन्डा ?

प्रचण्ड- आफ्नो अर्बौंको सम्पत्ति राज्यलाई दान दिने उनको इच्छा रहेछ । तर, राज्यको यो नियम छ कि जनताको सम्पत्ति राज्यले कुनै पनि सर्तमा लिनुहुन्न भनेपछि उनले राज्यलाई सहयोग गर्न पाउनुपर्छ भन्ने मागका साथ कालो झन्डा देखाएका रहेछन् ।

अजयकुमार- अचम्मको परिवर्तन हगि ? उहिले जनता कर तिर्न भनेपछि मरेजस्तो हुन्थे, आज राज्यलाई आफ्नो सम्पत्ति दान दिने हैसियतमा पुगे । कस्तो लाग्छ, केवल दस वर्षमा नै यस्तो संस्कारको विकास भएको छ ?
प्रचण्ड- मने, एक्काईसौं शताब्दीको लोकतान्त्रिक संस्कृति भनेकै यही हो जस्तो लाग्छ ।



अजयकुमार- तपाईं दस वर्षअगाडि एउटा शब्द खुब प्रयोग गर्नुहुन्थ्यो, चमत्कार । आखिर चमत्कार गरेरै देखाइदिनुभयो । समुद्र नै नभएको देश नेपालमा पानी जहाज पनि ल्याइदिनुभयो, कसरी ?

प्रचण्ड- बंगलादेशको फूलबारी नाकाबाट हामीले भारतसँग कुरा राख्यौं कि सप्तकोसीसम्म जोड्ने ठूलो नहर बनाउनुपर्‍यो भनेर । त्यसपछि पश्चिम बंगाल, बिहार हुँदै पानीजहाज चल्न सक्ने नहर सप्तकोसीसम्म जोड्यौं । सप्तकोसीबाट उत्तरतिर पानीजहाज धनकुटाको मूल घाटसम्म लगेर नेपाल र नेपालीले चमत्कार गरेकोमा अहिले सारा विश्व पनि अचम्मित भएको छ ।

अजयकुमार- नेपाल सरकारले अमेरिकन र युरोपियनलाई भिसा बन्द गर्‍यो भन्ने समाचार आएको छ नि ?

प्रचण्ड- बन्द भन्दा पनि व्यवस्थित बनाउन खोजेको हो । यसअघि नै दुई लाखजति अमेरिकीहरू नेपालमा लुकीछिपी काम गर्दै गरेका थिए । टुरिस्ट भिसामा आएर यतै लुकीछिपी काम गर्ने युरोपियनको संख्या पनि लाखौं रहेको स्थिति छ । त्यसैले हामी केही कडाइ मात्र गरेको हौं ।



अजयकुमार- त्यसको मतलब विदेशीलाई नेपालमा कामदार भिसा अब सदाका लागि बन्द गरेको हो त ?

प्रचण्ड- हैन, हिजै मात्र डोमेस्टिक हेल्परको रूपमा नेपाल आउने पाँच हजार अरेबियन महिलाका भिसा हामीले इस्यु गरिसकेका छौं । जुम्लाको अन्तर्राष्ट्रिय मिनेरल उद्योगका लागि दस हजार जर्मन मजदुरहरू यसै साता नेपाल आउँदै छन्। मुस्ताङमा निर्माणाधीन नेपाली डिजिनेल्यान्डमा काम गर्ने ५० हजार निर्माण मजदुर आगामी फेब्रुअरीसम्ममा नेपाल भित्रिइसक्नेछन् ।



अजयकुमार- प्रकृतिप्रेमीहरूको आरोप छ कि सरकार काठमाडौंमा बनाएका ८०,१००,१५० तले भवनहरूले काठमाडौंका डाँडाकाँडालाई छेके । यसले प्रकृतिमाथि अन्याय भयो रे, सरकारले के सोचेको छ यस विषयमा ?

प्रचण्ड- मने, विकासलाई त कसैले चाहेर पनि छेक्न सक्दैन । योभन्दा बढी भवनहरू काठमाडौंमा नबनून् भन्ने जनताको मागलाई ध्यानमा राखेरै हामी नेपालको शीतकालीन राजधानी विराटनगर, गृष्मकालीन राजधानी हुम्ला, शरदकालीन कैलाली र शिशिरकालीन राजधानी ताप्लेजुङलाई बनाएका हौं ।



अजयकुमार- भनेर भन्ने र अन्तर्वार्ता लिने र दिने दिन कहिले आउला ????<from:nayapatrika>

‘छाति नापेर सेना समायोजन हुन्न’

October 17, 2008

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभन्दा कडा सोच राख्ने वरिष्ठ माओवादी नेता मोहन बैद्य किरणले सेना समायोजन ब्यक्तिगत नभई समूहगतरुपमै हुनुपर्ने बताएका छन् ।

माओवादीका वरिष्ठ नेता मोहन बैद्य किरणले सेना समायोजन ब्यक्तिगतरुपमा हुनुनहुने बताएका छन् । राजधानीमा रिपोर्टस क्लबले कार्तिक १ गते आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै किरणले जनमुक्ति सेनालाई छाति नापेर ब्यक्तिगतरुपमा राष्ट्रिय सेनामा लिने हो भने नेपाली सेनालाई पनि त्यसै गर्नुपर्ने धारणा राखे । ‘लडाईमा जितेको जनमुक्ति सेनालाई हारेको सेना जस्तो ब्यवहार गर्नु हुदैन’ किरणले भने । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभन्दा कडा सोच राख्ने वरिष्ठ माओवादी नेताले आफ्नो पार्टीको जनमुक्ति सेनाको मुख्य शक्ति सेनामै जाने दावी गर्दै औद्योगिक वा कुनै बलमा लाने कुरामा असहमति रहने स्पष्ट पारे ।लोकतान्त्रिक गणतन्त्र नेपाली कांग्रेसलाई बढी भएको तथा एमालेलाई ठिक्क भएको धारणा राख्दै कार्यक्रममा किरणले आफ्नो पार्टीलाई त्यो कम भएको उल्लेख गरे । ‘हामीलाई यो गणतन्त्र कम भएकैले हामीले यसलाई बिकशित गर्न खोजेका हौं’ किरणले भने । अर्थमन्त्री तथा माओवादीका अर्का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले अमेरिकामा पार्टीको नाम फेर्न एक वर्षदेखि छलफल भइरहेको भनेको प्रसङ्गमा किरणले त्यसरी पार्टीको आन्तरिक कुरा सार्वजनिक गर्नु पार्टी नीति बिपरित रहेको दृष्टिकोण राखे । जनगणतन्त्रबारे पार्टीको स्पष्ट दृष्टिकोण कार्तिक अन्तिममा हुने राष्ट्रिय कार्यकर्ता भेलाले तय गर्ने पनि उनको भनाई थियो । from:हिमालखबर डट कम