शुभ बिजया

October 4, 2008

नेपालीहरु को महान चाड बिजया दशमी ले तपाईं हाम्रो घर आगन मा पाइला टेकिसकेको छ ।देश बिदेश जहाँ जहाँ नेपाली छन त्यहां त्यहां दसैंको रमझम बढी सकेको छ । उल्लासमय बाताबरण छ जता त्यत्तै । हुन पनि किन नहोस् नेपाली हरु को सबै भन्दा ठुलो चाड नै त यही हो । एक आपस बाट टाढा भ्एका आफन्त हरु बिच को सँगम हुने समय पनि त हो दसैं । दु:ख पिडा बिर्सेंर एक आपस मा रम्दै भाबनात्मक रुपमा एक हुने चाड भएकाले होला आज सम्म पनि यसको महत्व बढी छ ।
यस् चाड लाई तपाईंहरुले कसरी मनाउने बिचार  गर्नु भ्एको छ त ?एक आपस मा रम्दै खुशीयाली साटासाट गर्दै यस्पली को पर्ब लाई उल्लास मय बातावरण मा मनाउनुहोस् । सबैलाई हाम्रो आवाज को तर्फ बाट हार्दिक मंगलमय शुभकामना ।।