हात्तीले पठायो एसएमएस

October 12, 2008

ओल पेजेता/ केन्यामा हात्तीले रेन्जरलाई मोबाइलबाट एसएमएस पठाएको छ । हात्तीले पठाएको एसएमएस रेन्जर रिचार्ड लेसोवापिरको मोबाइल स्त्रिmनमा देखा परेको हो । ‘कामनी छिमेकीको खेतबारीतिर लाग्यो है,’ भन्ने म्यासेज हात्तीले पठाएको छ । कामनी नामक हात्तीले छिमेकीको खेतीबारीमा पसेर विध्वंश गर्ने गरेको छ । कहिलेकाहीँ त यसले किसानको ६ महिनाको आम्दानीसमेत विनाश गरिदिने गरेको छ । यसलाई रोक्न हात्तीको घाँटीमा मोबाइल फोनको कार्ड घुसारिएको छ । यसले हात्तीको गतिविधिका बारेमा रेन्जरलाई म्यासेज पठाउने गर्छ । म्यासेज पाएपछि हात्ती कामनीलाई ओलपेजेता संरक्ष्ाण क्ष्ाेत्रमा नै लैजान रेन्जर र ड्राइभर आए । मानव-जीवन तथा जंगली जनावरको संरक्ष्ाणमा मोबाइल टेक्स्ट म्यासेज प्रयोगमा ल्याउने केन्या पहिलो देश हो । <from : Nayapatrika>

सपना को शहरमा अकालमै मृत्‍यु

भनिन्छ अमेरिका धेरै को सपना को शहर , हरेक कुराले सम्पन अनी पारीपूर्ण शहर । अबसर को शहर अनी यस्तै यस्तै । धेरै मनिष हरु ले त्यहा गएर आफ्नो जिबन बियतित गर्ने सपना देखछन । यस्तै सपना बोकी भौतारिने मा हामी नेपाली पनि पर्दछौं । हामी सोच्दछौं हाम्रो देश मा शान्ती छैन तेसैले बिदेसिनु परेको । तर सबै कुरा ले परिपूर्ण शहर मा गएर आफ्नो जिबन सुखमय बनाउने सपना बुन्दै हिंडेका हामी आफु अकाल मै मृत्‍यु को मुख मा पुग्छौ। हो यस्तै उदाहरण भएका छन हाम्रा नेपाली युबा अशोक भट्टराई । गएका थिए बायो मेडिकल पढ्ने सुन्दर सपना बोकेर फर्कनु पर्‍यो उनले काठ को बाकश मा यस संसार बाट बिदा भएर । दसैंको मुख मा आफ्नो छोरा को मृत्‍यु को बेदना सहनु पर्दा कस्तो भयो होला ति बाबु आमा लाई ?सम्झदा समेत कहाली लाग्दो छ यो घटना । अझ अशोक को आमा बाबु को बेदना भिडिओ मा हेर्दा आँखा रसाउंछ । भक्कानो छुटेर आउछ । अनी आँफै प्रती हिनता बोध हुन्छ । नेपाल मा शान्ति भएन भनेर बिदेसिने नेपाली माटो मा अबसर पाइएन भनेर प्रदेसिने हामी यसरी नै मृत्‍युको मुख मा परेर बिलिन हुन्छौं कि भनेर ।यस्ता घटनाले हामी सबैलाई एक पटक सोच्न वाध्य बनाएको छ मृत्‍युले त सम्पन्न बिपन्न मुलुक भन्दो रहेनछ शान्तिपूर्ण र आशान्ती पूर्ण देश भन्दो रहेन छ हामी जती सुकै सुरक्षित स्थान मा गएर बसे पनि अकाल मै मृत्‍यु बरण गर्नै पर्ने रहेछ तेसैले अब त आफ्नो देश आफ्नो भुमी माटो लाई छाडेर प्रदेसिने हामी आफ्नै सुन्दर शान्त नेपाल लाई सिङगार्दै यही नेपाली भुमी मा रमेर बस्ने कि ?