नेपाली युवक बेलायतमा ‘लोकल हिरो’
October 15, 2008नेपाली युवक बेलायतमा ‘लोकल हिरो’
प्रधानमन्त्री ब्राउनले भने- स्याबास् आशिष
नवीन पोखरेल
प्रधानमन्त्री ब्राउनले आशिषलाई विशेष निम्तो पठाएर टेन डाउनिङ स्टि्रटमा समेत
बोलाए । ‘वास्तवमै कार्यक्रम औधि रोचक थियो । मैले बेलायती प्रधानमन्त्रीजस्तो व्यक्तित्वदेखि अन्य धेरै स्वयंसेवीस“ग भेट्ने अवसर पाए“,’ अर्यालले खुसी बा“डे, ‘स्वयंसेवाले कसरी समाजलाई परिवर्तन गरेको छ बुझ्ने अवसर पाए“ ।’ सेन्ट्रल लन्डनस्थित हल्यान्ड पार्क स्कुलमा ‘ए लेभल’ गरिरहेका आशिषले ‘सिक्स्टी प्लस इन्टरजेनेरेसनल भोलेन्टियर्स’ अर्न्तर्गत वृद्धवृद्धाको सेवा गरेका हुन् । ‘मानव सेवाजस्तो धर्म अरू हुन्न भन्ने मलाई लाग्छ,’ उनले भने । लन्डनस्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर झवीन्द्र अर्यालका छोरा आशिष पढाइमा पनि निकै तेज रहेको परिवारजनले बताए ।<from:kantipur>