आफ्नै मृत्युको रिहर्सल
October 23, 2008भियना/ के तपाईं आफ्नो जिन्दगीको अन्तिम दिन पूर्ण योजनाबद्ध ढंगले बितोस् भन्ने चाहनुहुन्छ ? त्यसो भए अस्टि्रयाको भियनामा आफ्नै मृत्युको रिहर्सल गर्नुस् । तपाईंलाई साथ दिनेछन् संगीत, फूल र दर्शकले । कलाकार गेरी ओ डायर र पियर कोइनडीले आफ्नो मृत्युको रिहर्सल गर्न प्रोत्साहित गरिरहेका छन् । भुँइभन्दा केही माथि उचालिएको कफिनमा मनपरेको अन्त्येष्टि संगीतमा मृत्युको रिहर्सल गर्न जोकोहीलाई छुट छ । यो प्रतिस्थापना कला जर्मनको प|m्यांकर्फट, ट्रकीको स्तानबुल, क्यानाडाको टोरन्टो , रोमको भेनिसमा सञ्चालन गरिसकिएको छ । भियनामा पनि मृत्युको रिहर्सलसम्बन्धी कला प्रचलन बढ्दो छ । विश्वमा भएका थोरै मृत्युमा समर्पित म्युजियम भियनामा छ । ‘डरलाग्दो काम गर्न लगाएजस्तो गरेर केही मानिसहरू जिज्ञासु छन्, कोही आतंकित छन्,’ ओडायरले भने, ‘तर, हाम्रा लागि यो जीवन बाँच्न सम्झनु हो । यसलेे मानिसलाई आफ्नो अनुभव गीतमार्फत प्रस्तुत गर्न सहयोग गर्छ, मृत्युको रिहर्सलमा क्लासिकल संगीत पपुलर छ भने केही व्यक्तिले फास्ट ट्रयाक भएका गीत रुचाएका थिए ।’
२४ वषीय फ्लोरियन वागनर मृत्युको रिहर्सल गर्दै फूलहरूले सजाइएको कफिनमा रातो सिराने राखेर सुते । मरेको अभियन गर्दै ‘रिल्याक्स इट्स वन्ली ए गोस्ट’ गीत सुने । बाटोमा हिँडिरहेकाले वागनरको मृत शरीरलाई टुलुटुलु हेरे । ‘यो रिल्याक्स गर्ने तरिका हो । यो त्यस्तो डरलाग्दो पनि छैन । मृत्युसम्बन्धी विचारलाई चुनौती दिन यसले अवसर प्रदान गर्छ । यो आफैंमा राम्रो हो,’ कालो पहिरनमा हाँस्दै कफिनबाट उठ्दै वागनरले भने ।
मृत्युको रिहर्सलका बारेमा विभिन्न राष्ट्रका नागरिकले फरक-फरक ढंगले अनुभूति व्यक्त गर्ने गरेको कलाकारले बताएका छन् । इटालियन वृद्धवृद्धा मृत्युको रिहर्सल देखी अचम्मित भएको पनि कलाकार कोइनडीले बताए । ‘यसलाई कोही भगवानलाई फकाएको ठान्छन्,’ कोइनडीले बताए । from:nayapatrika