बाल बालिका लाई सडक छाप हुन बाट बचाउ
October 23, 2008आज माइ सन्सार ब्लग हेर्दै थिएं । त्यहां सडक बालबालिकाको दयनिय स्थिती को बारेमा लेखिएको लेख ले मलाई स्तब्ध बनायो । हुन त यहाँ धेरै सस्था छन बालबालिकाको नाम मा र पनि ति बाल बलिका ले सडक मा नै रात बिताउनु परेको छ । कलम कापी छैन हात मा गण्त्रन्त्रिक नेपाल मा पनि बाल बालिकाको स्थिती दयनिय छ । यस् घटना ले मेरो मन मस्तिस्क लाई सोच्न वाध्य बनाएका ले यो कबिता को मार्फत आफ्नो भाबना लाई उजागर गरेको छु ।
बाल बलिका को नाम मा लुट्ने यहाँ धेरै छन
सडकमा रात बिताउदा कती रुदो हो
ति अबोध बाल बालिका को कोमल मन
भबिस्यका कर्णधार हुन कलम कपी छैन हातमा
भएका छन टुहुरा आमा बा छैनन साथ मा
शिक्षा दिन पाये कती खुशी हुँदा हुन
अबसर पाये तिनले पनि सगर छुदा हुन
नहेप अब कसैले नि ति सडक बाल बालिका लाई
सक्छौ भने गर सहयोग हुनेछ तिन्को भलाई
सबै मिली तिनलाई सडक छाप हुनबाट बचाउ
कलम कापी खोजी देउ बिद्यालय पठाउ