म पनि कवी भएछु
November 2, 2008म पनि कवी भएछु
शनिबार साहित्य अन्तर्गत नेपाली हरु बिच सर्ब प्रिय ब्लग माइ संसार डट कम ले मानिसहरु भित्र रहेका अद्रश्य प्रतिभा लाई बाहिर ल्याउने प्रयास थालेको छ । जुन तपाईं हामी सबै का लागि आफ्ना रचना हरु प्रस्तुत गर्ने अबसर मिलेको छ । हो यस्तै भ्एको छ मेरो जिबन मा पनि
बिगत केही साता देखी सन्चालन मा आएको फोटो हेर्नुस् अनी कबिता लेखानुस् प्रतियोगिता मा मैले पनि आफ्नो कबिता पठाएको थिएं । जसमा ६५ जना प्रतियोगी कबिहरु ले भाग लिएका थिए । जस मध्ये मेरो कबिता सर्बप्रथम भएछ।
एउटा ब्यक्ती का लागि प्रतियोगी बनेर कुनै पनि पुरस्कार जित्नु त्यो पनि प्रसिद्ध ब्लग मा । मलाई त हर्ष को आसु नै झर्यो । आफुलाई बिजयी का रुप मा हेर्न पाउदा। सोही कबिता लाई आज मैले यहाँहरु समक्ष्य प्रस्तुत गरेको छु ।
जन्म लियौ तिमीले यस धर्ती मा
नेपाली माटो हावा पानी अनी
यो नेपाली संसार मा
तिम्रा ति कोमल उठेका हातले
नब युग को सुरवात गर्ने सन्केत गर्दै छ
तिम्रा निदाएका ति म्रिगनयनी आँखाले
सुन्दर समुन्नत नेपाल को सपना देखदो हो
तिम्रा ति कलीला मन मस्तिस्कले
शान्तीप्रिय नेपाल को खाका कोर्दो हो
तिम्रा ती हरेक मुट्ठी मा
एकता को दरिलो पन देखिदो
हे नव युग कि नव बालिका
नेपाल बाट नटाढियोस कदापी
तिम्रा मन मस्तिस्क र आँखा
जन्म लियौ आखिर तिमीले नेपाली भुमी मा
फलोस फुलोस सिङारियोस हाम्रो नेपाल
नव युग कि नव बालिका तिम्रो आगमनमा
good keep it up.
Comment by santo — November 2, 2008 @
tapai ko kabita mutu chune khaal ko cha
Comment by bishal — November 2, 2008 @