परिवर्तन सम्भब छ ।
November 5, 2008अमेरिका का नब निर्बाचित राष्ट्रपती का रुप मा आफुलाई बिजयी गराउन परिवर्तन को नारा का साथ अघी बढेका अफ्रिकन अमेरिकन मुल का बारक ओबामा को नारा ले सर्थकता पाएको छ । कुल प्राप्त मत को ५२ प्रतिसत मत प्राप्त गर्दै ओबामा अमेरिका का ४४औं राष्ट्रपतिमा निर्बाचित भएका छन उनका निकटतम प्रतिद्वन्दी जोन मेककेन ४७ प्रतिसत मत प्राप्त गरेका छन ।
उनले सबै लाई समेटेर अघी बढ्ने बताएका छन । जुन सबै का लागि खुशी को कुरा हो। माहशक्ती राष्ट्र अमेरिका का अस्वेत राष्ट्रपती बारक ओबामाले बिजयी सभा लाई सम्बोधन गर्दै जसले विश्व लाई हराउन चाहन्छ उसलाई हामी हराउने छौं र जो शान्ती र सुरक्षा चाहन्छन हामी उनिहरुलाई मद्घत गर्छौं।अब्राहम लिन्कन को भनाइ लाई इङित गर्दै उनले भनेका छन हामीले दुस्मनी लिएर हैन मित्रबत रुपमा अघी बढ्नु पर्छ ।
जे भएपनी उनले विश्व को हित मा काम गरुन र फेरी पनि कही कतै युद्ध नहोस हामीले यही कामना गरौ।ं उनलाई नबकार्यकाल को शुभकामना ।