आठ जर्नेलको पदावधि थपिएन, सेनापतिद्वारा राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेट

March 16, 2009
काठमाडौं, चैत ३ - पछिल्लो पटक आठ जना जर्नेलको अवधि थप नभएपछि सेना र सरकारबीचको सम्बन्ध थप चिसिएको छ । सेनाले आठ जना जर्नेलको तीन बर्ष अवधि थप्न सिफारिस गरेको प्रस्ताव रक्षा मन्त्रालयले मन्त्रिपरिषद्‌मा नलगेपछि उनीहरुले अवकास पाएका हुन् ।

 

 

 

यसअघि सेनाको सिफारिस अनुसारनै सैन्य अधिकृतको अवधि थप गर्ने गरिएपनि पहिलो पटक रक्षा मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्‌मा नलगेको हो ।

जर्नेलको अवधि थप नभएपछि असन्तुष्ट बनेका प्रधानसेनापति रुक्माङगद् कटवालले आफै राष्ट्रपति डा.रामबरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री रामबहादुर थापालाई भेटेका छन् ।

 

 

कटवालले बिहान ११ बजे राष्ट्रपति यादवलाई भेटेर आफ्नो गुनासो पोखेका छन् । एकघण्टा लामो उक्त भेटलाई सेनाले भने नियमित भनेको छ । यस्तै अपरान्ह प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग भएको भेटमा उनले जर्नेलहरुको पदावधि नथप्ने सरकारी कदमप्रति असन्तुष्टि जनाएका छन् ।

 

 

 

भेटमा कटवालले सबै जर्नेलको पदावधि थप्नुपर्नेमा जोड दिएको श्रोतले जनाएको छ । तर उक्त भेटबारे दुवै पक्षले कुनै प्रतिक्रिया दिएका छैनन् ।

नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रिले रक्षा मन्त्रालयले जर्नेलहरुको पदावधि थप्ने / नथप्नेबारे आफूहरुलाई कुनै जानकारी नगराएको बताए । उनीहरुको अवधि थपिने सम्भावना अझै बाँकी रहेको उनले बताए ।

 

 

रक्षाले जर्नेलहरु प्रदीप बिक्रम राणा, पवनबहादुर पाण्डे, राजीवप्रताप केसी, कुमार बुढाथोकी, नरेन्द्र रावल, शिव पौडेल, रमेश बिष्ट र नरबहादुर कँडेलको पदावधि थप्ने सिफारिस मन्त्रिपरिषद्‌मा नलगेपछि सोमबारबाट अवकास पाएका हुन् ।

सैनिक ऐनमा चार बर्ष बिग्रेडिएर जनरलको अवधि पूरा भएकालाई पहिलो पटक चार बर्ष र दोश्रो पटक तीन बर्ष अवधि थप्न सक्ने व्यवस्था छ । from:http://www.kantipuronline.com/nepali/

सभासद्को शव तीन दिन बेवारिसे

प्रेम बास्तोला/नयाँ पत्रिका
सुनसरी, २ चैत


मोटरसाइकल दुर्घटनामा शुक्रबार मृत्यु भएका व्यक्ति कांग्रेस सभासद् हुन् भन्ने आइतबार मात्र थाहा भयो
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा तीन दिनदेखि बेवारिसे अवस्थामा रहेको शव सभासद्को भएको पत्ता लागेको छ । नयाँ संविधानका निर्माणका लागि धनकुटा र सुनसरीमा सुझाव संकलन टोलीमा खटिएका कांग्रेस सभासद् बोधनारायण सरदारको शुक्रबार मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।

सुनसरीमा भएको सुझाव संकलनमा सहभागी भई विराटनगर जाँदै गर्दा उनी चढेको मोटरसाइकल मोरङको बाँसबारी राजमार्गमा दुर्घटनामा परेको थियो । गम्भीर अवस्थामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका सभासद् सरदारको शुक्रबार राति ११ बजे मृत्यु भएको प्रतिष्ठान प्रहरीले जनाएको छ । मोटरसाइकलचालक सुनसरीको दुहवी-९ घर भएका लोकेश पोखरेलको पनि घटनामा मृत्यु भएको थियो ।

पोखरेलको शुक्रबार नै सनाखत भए पनि सरदारको शव सनाखत नभएपछि शवगृहमा राखिएको थियो । कांगे्रसका सुनसरी सभापति रामबहादुर बस्नेतले आइतबार सभासद् सरदारको सनाखत गरेका हुन् ।

स्थानीय कांग्रेस नेताहरूले प्रहरी प्रशासनको लापरबाहीका कारण तीन दिनसम्म शवको सनाखत हुन नसकेको आरोप लगाएका छन् । प्रहरीले लापरबाही गरेको बताउँदै सुनसरीको दुहबीदेखि मोरङको बाँसबारी सडकखण्डमा नेपाली कांग्रेस निकट मजदुरहरूले आइतबार राति साढे ७ बजेदेखि यातायात बन्द गराए ।

सभासद् सरदार आइतबार सुनसरी कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा सहभागी हुने कार्यक्रम थियो । तर, तोकिएको समयभन्दा ढिलोसम्म पनि उनी नआएपछि स्थानीय कांग्रेस नेताहरूले खोजी सुरु गरेका थिए । सुनसरी कांग्रेसका सभापति बस्नेतका अनुसार सभासद् सरदार संलग्न टोलीका संयोजक भीम आचार्यलाई टेलिफोन सम्पर्क गर्दा ‘टोली धनकुटा पुगेको तर सभासद् सरदार सुनसरीसम्म मात्रै टोलीमा रहेको’ जानकारी पाइएको थियो ।

खोजी गर्ने क्रममा सभासद् सरदार पोखरेलसित विराटनगरतर्फ गएको तर दुवैजना नर्फकेको जानकारी पाएपछि स्थानीय कांग्रेस नेताहरूले खोजी तीव्र पारेका थिए । ‘बिपीमा एकजनाको बेवारिसे शव रहेको जानकारी आएपछि हेर्न जाँदा उहाँ (सरदार) को रहेको थाहा
भयो,’ कांगे्रसका सुनसरी सभापति बस्नेतले भने ।

दुर्घटनास्थलमा सभासद् सरदारको परिचयपत्र र संविधानसभा सुझाव संकलनका लागि दिइएको झोलासमेत फेला परेको सभापति बस्नेतले बताए । उनले यस सम्बन्धमा छानबिन गरिनुपर्ने बताए ।

‘परिचयपत्र हुँदाहुँदै सभासद् सरदारको शव पशु र सडकको भुस्याहा कुकुरसरह अलपत्र पारिनु आपत्तिजनक कुरा हो । यसको छानबिन हुनुपर्छ,’ उनले भने । प्रतिष्ठान र स्थानीय प्रहरीले भने परिचय खुल्ने केही नभएकाले उनको शव शवगृहमा राखिएको दाबी गरेका छन् ।

५५ वर्षीय सरदार कांग्रेसबाट समानुपातिकमा निर्वाचित भएका थिए । सभासद् हुनुअघि उनी नेपाली कांग्रेस महासमिति सदस्य थिए ।
सभासद् सरदारका दुई छोरा अध्ययनका लागि अस्ट्रेलियामा छन् । उनीहरू सोमबार काठमाडौं आइपुग्ने जानकारी आएको सभापति बस्नेतले बताए । छोराहरू आएपछि उनको अन्तिम दाहसंस्कार हुनेछ । <from:nayapatrika>

छैन कोही आफ्नो यहाँ

 

छैन कोही आफ्नो यहाँ
सबै छन पराइ
कस्तो दिन आयो यहाँ
मानिसले मानिससँग बाचनु पर्ने डराइ

हांसो छैन खुशी छैन
छैन यहाँ अमन चयन
अशान्ती नै रोज्नु पर्ने
हाम्रो कुनै चाहना हैन
आवाज छ बन्द यहाँ
सुक्यो मसी कलम मा
कस्तो लेखा लेखिदिएउ दैब
हाम्रै प्यारो नेपाल मा

जतियता को रापले
नेपाल जल्न थालिसक्यो
एकता को गाथाअब
ईतिहासमै सिमित हुन थालिसक्यो
कसले सल्काइ दियो आगो
हाम्रो सुन्दर नेपालमा
एउटै जात का फुल अब
लड्न थाले हिमाल पहाड तराइमा

एक आपसमा हामी लडेको देख्दा
अन्धकारका बिच लम्पसार  नेपाल देख्दा
छच्लकिन्छ आसु आँखामा
कम्पन हुन्छ मुटुमा
साथी कम्पन हुन्छ मुटुमा