आठ जर्नेलको पदावधि थपिएन, सेनापतिद्वारा राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेट

March 16, 2009
काठमाडौं, चैत ३ - पछिल्लो पटक आठ जना जर्नेलको अवधि थप नभएपछि सेना र सरकारबीचको सम्बन्ध थप चिसिएको छ । सेनाले आठ जना जर्नेलको तीन बर्ष अवधि थप्न सिफारिस गरेको प्रस्ताव रक्षा मन्त्रालयले मन्त्रिपरिषद्‌मा नलगेपछि उनीहरुले अवकास पाएका हुन् ।

 

 

 

यसअघि सेनाको सिफारिस अनुसारनै सैन्य अधिकृतको अवधि थप गर्ने गरिएपनि पहिलो पटक रक्षा मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्‌मा नलगेको हो ।

जर्नेलको अवधि थप नभएपछि असन्तुष्ट बनेका प्रधानसेनापति रुक्माङगद् कटवालले आफै राष्ट्रपति डा.रामबरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री रामबहादुर थापालाई भेटेका छन् ।

 

 

कटवालले बिहान ११ बजे राष्ट्रपति यादवलाई भेटेर आफ्नो गुनासो पोखेका छन् । एकघण्टा लामो उक्त भेटलाई सेनाले भने नियमित भनेको छ । यस्तै अपरान्ह प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग भएको भेटमा उनले जर्नेलहरुको पदावधि नथप्ने सरकारी कदमप्रति असन्तुष्टि जनाएका छन् ।

 

 

 

भेटमा कटवालले सबै जर्नेलको पदावधि थप्नुपर्नेमा जोड दिएको श्रोतले जनाएको छ । तर उक्त भेटबारे दुवै पक्षले कुनै प्रतिक्रिया दिएका छैनन् ।

नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रिले रक्षा मन्त्रालयले जर्नेलहरुको पदावधि थप्ने / नथप्नेबारे आफूहरुलाई कुनै जानकारी नगराएको बताए । उनीहरुको अवधि थपिने सम्भावना अझै बाँकी रहेको उनले बताए ।

 

 

रक्षाले जर्नेलहरु प्रदीप बिक्रम राणा, पवनबहादुर पाण्डे, राजीवप्रताप केसी, कुमार बुढाथोकी, नरेन्द्र रावल, शिव पौडेल, रमेश बिष्ट र नरबहादुर कँडेलको पदावधि थप्ने सिफारिस मन्त्रिपरिषद्‌मा नलगेपछि सोमबारबाट अवकास पाएका हुन् ।

सैनिक ऐनमा चार बर्ष बिग्रेडिएर जनरलको अवधि पूरा भएकालाई पहिलो पटक चार बर्ष र दोश्रो पटक तीन बर्ष अवधि थप्न सक्ने व्यवस्था छ । from:http://www.kantipuronline.com/nepali/

Comments »

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>