दुई मुलुकका लागि राजदूत नियुक्त

March 18, 2009


 

 

 

दिपेन्द्र विष्ट

 


काठमाडौं, चैत ५ - सरकारले दुई देशका लागि राजदूत नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले फ्रान्सका लागि राम कार्की तथा भारतका लागि चन्द्रकान्त पौडेललाई राजदूतमा नियुक्त गरेको छ । कार्की माओवादीका केन्द्रीय सदस्य हुन् ।

बैठक सकिएपछि कानुन मन्त्री देव गुरुङले उक्त जानकारी दिएका हुन् ।

उर्जा संकट कम गर्नपनि सरकारले विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको उनले बताए । उनकाअनुसार सौर्य उर्जामा सहुलियत तथा साना/ मझौला जलविद्युत आयोजनालाई राष्ट्रिय प्रसारणलाईनमा जोड्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको छ । सैनिक अधिकारीको पदावधि विषयमा बैठकमा कुनै कुरा नउठेको उनले बताए । नियमित प्रक्रिया अन्तर्गत अधिकारीहरुले अवकाश पाएकाले सरकारको निर्णयमा पुनर्विचार हुन नसक्ने उनले भने ।

त्यसअघि, बैठकमा त्यस विषयमा कुरा उठेको बताउँदै भौतिक योजना तथा निर्माण मन्त्री विजय गच्छदारले रक्षामन्त्रीको निर्णय उपर पुर्नविचार हुन सक्ने सम्भावना रहेको बताएका थिए ।

 

बैठकले थारु तथा मुस्लिम समूदायसंग सरकारले गरेको सम्झौतालाई पारित गरेको छ । त्यस्तै मोटरसाईकल दुर्घटनामा मृत्यु भएका सभासद बोधनारायण सरदारको दुर्घटना र कोसी पीडितको समस्या सामाधानका लागि अध्ययन गर्न उच्च स्तरीय छानवीन समिति बनाउने सरकारले निर्णय गरेको छ ।

 

अद्यौगिक क्षेत्र, शैक्षिक र राजमार्गमा बन्द हड्ताल नगर्न पनि सरकारले सरोकारवालाहरुलाई आग्रह गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए ।from:ekantipur.com/nepali

Comments »

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>