बिरूवाले ब्लग लेख्छ

November 3, 2008

जापानमा बिरूवालाई आफ्ना भावना इन्टरनेट ब्लगमा लेख्न सिकाइएको छ । ४० सेन्टिमिटर लामो गमलामा रोपिएको बिरूवाले क्याफेमा बसेर आफ्नो भावनाको बारेमा नियमित रूपमा ब्लग लेखिरहेको छ । ‘मोदिरी-सान’ वा जापानी भाषामा हरियो नाम गरेको बिरूवालाई टोकियोको कामाकुरा क्याफेको काउन्टरमा राखिएको छ । यस बिरूवाले सेन्सरको सहयोगमा दैनिक रूपमा ब्लग लेखिरहेको छ । सेन्सरले इलेक्टि्रक सिङनलको मापन गर्छ । बिरूवाले लेखेको भावनालाई कम्युटर एलगोरिदमले जापानी भाषामा अनुवाद गर्छ ।

‘सुरुमा बिरूवाले कस्तो अनुभव गर्छ भन्नेमा हाम्रो रुचि थियो । हामीले नदेख्नेगरी उनीहरूले अभिव्यक्ति गरिरहेका छन्,’ अनुसन्धानकर्ता सातोसी कुरिबायसीले भने । मादोरी-सानको मुटु आकारको पातको सतहमा इलेक्टि्रक संकेत दिइन्छ । यो उज्यालो र मानिसको छुवाइसँग निकै संवेदनशील रहन्छ । बिरूवासँग जोडिएको सेन्सरले बिरूवाको भावनाको मापन गर्छ । बिरूवाले अनुभव गरेका भावना क्याफेमा रहेको कम्युटरमा पठाइन्छ ।

बिरूवाले पठाएको संकेतलाई कम्युटरले एलगोरिथम्सको सहायताले जापानी भाषामा अनुवाद गर्छ । अनुदित शब्द आफसेआफ मिदोरिज ब्लगमा पोस्ट हुन्छन् । ‘आज घमाइलो दिन थियो । मैले घाम ताप्ने धेरै मौका पाएँ । ….आज निकै रमाइलो भयो’ गत साता मिदोरिज बिरूवाको ब्लगमा लेखिएको थियो । केही समयअगाडि मात्र मिदोरिजको ब्लगमा लेखिएको थियो ‘आज निकै बादल लागेको दिन छ, आज निकै जाडो छ ।’ आगामी दिनमा मिदोरिजका भावना अझ स्पष्ट रूपमा प्रतिबिम्बित हुने वैज्ञानिक कुरिबायासीले बताएका छन् । जापानमा मोबाइल फोनद्वारा ब्लग लेख्ने प्रचलन निकै बढेको छ । सन् २००७ मा जापानी भाषामा सबैभन्दा बढी ब्लग पोस्ट भएको टेक्नोक्र्याटिकले उल्लेख गरेको छ । दोस्रोमा अंग्रेजी र तेस्रोमा चाइनिज छन् । युनिभर्सिटी अफ अक्सफोर्ड र ओभिडोको एक अध्ययनअनुसार जापानमा विश्वमा गुणस्तरीय ब्रोडब्यान्ड इन्टरनेट कनेक्सन रहेको छ । From:nayapatrika

हात्तीले पठायो एसएमएस

October 12, 2008

ओल पेजेता/ केन्यामा हात्तीले रेन्जरलाई मोबाइलबाट एसएमएस पठाएको छ । हात्तीले पठाएको एसएमएस रेन्जर रिचार्ड लेसोवापिरको मोबाइल स्त्रिmनमा देखा परेको हो । ‘कामनी छिमेकीको खेतबारीतिर लाग्यो है,’ भन्ने म्यासेज हात्तीले पठाएको छ । कामनी नामक हात्तीले छिमेकीको खेतीबारीमा पसेर विध्वंश गर्ने गरेको छ । कहिलेकाहीँ त यसले किसानको ६ महिनाको आम्दानीसमेत विनाश गरिदिने गरेको छ । यसलाई रोक्न हात्तीको घाँटीमा मोबाइल फोनको कार्ड घुसारिएको छ । यसले हात्तीको गतिविधिका बारेमा रेन्जरलाई म्यासेज पठाउने गर्छ । म्यासेज पाएपछि हात्ती कामनीलाई ओलपेजेता संरक्ष्ाण क्ष्ाेत्रमा नै लैजान रेन्जर र ड्राइभर आए । मानव-जीवन तथा जंगली जनावरको संरक्ष्ाणमा मोबाइल टेक्स्ट म्यासेज प्रयोगमा ल्याउने केन्या पहिलो देश हो । <from : Nayapatrika>

जुम्रा-उडुस पनि बिक्छन्

July 26, 2008


 

चेतन अधिकारी


विराटनगर, साउन १० - तपाईंलाई जुम्राले सताएको छ - कि घरमा उडुस परेर रातभर सुत्न पाउनुभएको छैन - त्यस्तो अवस्थामा के गर्नुहुन्छ - विषादी प्रयोग गरेर जुम्रा मार्नुहुन्छ होला । मेटासिट र्छर्केर उडुस मार्ने उपाय पनि गर्नुहोला ।

यसरी जुम्रा, उडुस मारेर खेर नफाल्नुहोस् । बरु तिनलाई विराटनगरका विज्ञान कलेजहरूमा लगी बेच्नुहोस् र आम्दानी गर्नुहोस् । ती क्याम्पसमा दुवै जीव हारालुछस“ग बिक्री हुन्छन् ।

महेन्द्र मोरङ क्याम्पस प्राणीशास्त्र विभाग प्रमुख शिवनारायण यादवका अनुसार बीएस्सीमा जीवविज्ञान समूहको प्रयोगात्मक कक्षाका लागि क्याम्पसले जुम्रा र उडुस किन्ने गरेको छ । ‘यी जीवको बनोट थाहा पाउन चिरफार गर्नुपर्छ,’ उनले भने- ‘पाठ्यक्रममा राखिएको हुनाले किन्नर्ैपर्छ ।’ विद्यार्थीको संख्या हेरेर कतिवटा किन्ने भन्ने भर पर्ने उनले बताए ।

यादवका अनुसार विज्ञानमा स्नातक पढाइ हुने जुनसुकै कलेजले यी जीव खरिद गर्नैपर्छ । विराटनगरका सबै क्याम्पसमा जुम्रा-उडुस आपर्ूर्ति गर्ने जिम्मा महेन्द्र मोरङका पियन डेढराज कामतले लिएका छन् । उनका अनुसार जुम्राको चार रुपैया“ र उडुसको १० रुपैया“ पर्छ । यी दुवै जीव मासि“दै गएकाले गत वर्षेखि उनले जुम्राको एक र उडुसको दर्ुइ रुपैया“ मूल्य बढाएका हुन् ।

उनी जुम्रा संकलन गर्न गाउ“का महिलालाई फर्मालिन हालेर सिसी वितरण गर्छन् । ‘टाउकामा परेका जुम्रा प्राक्टिकलका लागि राम्रा हुन्छन्,’ उनले भने- ‘कपडाका काम लाग्दैनन् ।’ गाउ“का महिलालाई उनी जुम्रा खोजेबापत एकमुस्ट ३० देखि ५० रुपैया“सम्म थप दिन्छन् । फर्मालिन हालेपछि जुम्रा नमर्ने उनको अनुभव छ ।

जुम्राभन्दा उडुस खोज्न मुस्किल पर्छ । ‘विषादीले सबै उडुस हराइसके,’ कामतले भने- ‘विराटनगरमा त उडुस पाइ“दैन, गाउ“तिरै पुग्नर्ुपर्छ ।’ दर्ुइ दशकदेखि यो जिम्मेवारी पूरा गर्दै आएका उनी विराट साइन्स, कोसी हेल्थ, महेन्द्र मोरङ आदि हरेक क्याम्पसलाई बर्सर्ेे ६० देखि ८० वटासम्म जुम्रा उपलब्ध गराउ“छन् । यसबाट उनलाई पनि व्यापार हुन्छ । ‘यसबाट वर्षो १० हजारभन्दा बढी मेरो आम्दानी हुन्छ,’ उनले भने ।

बर्सर्ेे थपिने गरेका विज्ञान कलेजका कारण आफ्नो व्यापार फस्टाउ“दै गएको उनले सुनाए । ‘पहिला त एउटा सरकारी क्याम्पसमात्र थियो, जुम्रा-उडुस पनि सहजै पाइन्थे,’ उनले भने- ‘अहिले विज्ञान पढाउने क्याम्पस पनि बढे र यी जीव पनि घटे । त्यसकारण मेरो व्यापार सप्रि“दै गएको छ ।’ कामतले लामखुट्टे, भ्यागुता, मुसालगायत जीव पनि क्याम्पसमा आपर्ूर्ति गर्ने गरेका छन् । (from:kantipur)

जुँगाअधिकार

July 20, 2008

टोकियो/ हुलाकीको सफा र आकर्षक हुने मापदण्डअनुरूप जुँगा सेभ गर्न एक हुलाकीलाई हाकिमले दिएको आदेशविरुद्ध जापानी वकिलहरू उत्रिएका छन् ५५ वषर्ीय हुलाकी नोबोरु नाकामुरालाई दिएको आदेश विवेकहीन भएको र यसले उनको मानवअधिकारको हनन् भएको पश्चिमी ओसाका अवस्थित बार एसोसिएसनले बताएको छ । ‘जुँगा राख्नु व्यक्तिगत जीवनशैलीको पाटो हो र छनोटको अधिकार व्यक्तिमा हुन्छ,’ बार एसोसिएसनका वकिल कानजु ओकावा भन्छन् । नाकामुराले १९९० देखि जुँगा राख्न थालेका हुन् । २००४ मा जापान पोस्टले हुलाकी सफा र आकर्षक देखिने पर्ने नयाँ नियम ल्याएपछि नाकामुराको हाकिमहरूसँग जुँगा विवाद बढेको हो ।

‘जुँगा सफा राख्न मैले यसको राम्रो स्याहार गरेको छु । मेरो जुँगाले ग्राहकलाई असहज महसुस गराएको मलाई लाग्दैन,’ नाकामुरा भन्छन्, ‘मेरा कतिपय सहकर्मीले आफ्नो इच्छाविपरीत जुँगा सेभ गरेका छन् । तर, म यो स्वीकार्न सक्दिनँ ।’ कैयौं जापानीहरूले जुँगालाई भद्दा ठान्ने गरे पनि अहिले फेसनप्रति सचेत युवाहरूबीच दाह्री-जुँगा राख्ने प्रवृति बढेको छ । (from:nayapatrika)

वाषिर्कोत्सवमा नांगो दौड

June 21, 2008

मनिला/ फिलिपिन्स विश्वविद्यालयको शतवाषिर्की समारोह विद्यार्थीले नांगै दौडेर मनाएका छन् । डिजिटल र सेल फोन क्यामरासहित धक्का मार्दै, चिच्याउँदै सयौं विद्यार्थी नांगै दौडिएका थिए । विश्वविद्यालयको प्रांगणमा हात फैलाएर डठिएको एक नांगो पुरुषको प्रतीकको नाममा यो -आहुति दौड) को आयोजना १९७७ देखि हुन थालेको हो । यो पुरुषले आफूलाई निःस्वार्थरूपमा राष्ट्रसामु सुम्पेको मानिन्छ । आफ्नो पहिचान लुकाउन निर्वस्त्र धावकहरूले सुनौला मुकुण्डो लगाएका थिए । दौड्नेक्रममै उनीहरूले खितखिताएका छात्राहरूलाई गुलाफ दिएका थिए । छात्राहरूले उनीहरूको फोटो खिचेका थिए । बाङ नामकी छात्राले धावकहरूको साहसको प्रशंसा गर्दै भन्छिन्, ‘यो उनीहरूको शरीरको प्रदर्शनमात्र होइन । उनीहरूले आफ्नो सिद्धान्तलाई प्लेकार्डमा उतारेर बोकेका पनि छन् ।’ केही नांगा धावकले ‘जनताको सेवा गर’ भन्ने प्लेकार्ड बोकेका थिए (from:nayapatrika)