मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच

February 25, 2009

मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच

कर्ण शाक्य


म यस धर्तीका हरेक चिजबिजमा राम्रो कुरा अवश्य हुन्छ भन्ने विश्वास गर्छु । म भित्री आँखाले त्यस्ता कुरा हेर्ने प्रयास गर्छु । कुनै पनि मानिस राक्षस भएर जन्मिदैन । ऊभित्र राम्रोपन लुकेकै हुन्छ । म त्यो राम्रोपन, मेरा बच्चा र साथीहरूमा हेर्न खोज्छु । म शत्रुभित्र पनि त्यो शक्ति पहिल्याउन चाहन्छु ।

म कुनै चिज आफ्नै आँखाले मात्र होइन, अरूको आँखाबाट पनि हेर्न खोज्छु । अरूको आँखाबाट आफूलाई हेर्दा म देख्छु, मैले पनि धेरै गल्ती गरेको छु । आफूबाट भएका गल्ती महसुस गर्छु र सुधार्न खोज्छु ।

मैले पुराना गल्ती सुधारेँ भनेमात्र मलाई नयाँ काम गर्न सजिलो हुन्छ । हुन त काम गर्दा समस्या आउँछन्, तर समस्याको मूल्याङ्कन र उचित व्यवस्था गरी जीवनलाई सार्थक पनि बनाउन सकिन्छ ।

जीवनमा प्रगति गर्न सकारात्मक र आशावादी सोच नभई हुँदैन । कहिलेकाहीं विषम परिस्थितिमा भविष्यप्रति आशावादी भइरहन गाह्रो हुन्छ । मलाई पनि यस्तो धेरैपल्ट भएको छ । म छोरासँग मिलेर नयाँ होटल खोल्ने तयारीमा थिएँ । द्वन्द्वका कारण देश विषम परिस्थितिमा थियो । होटल खोल्ने उपयुक्त समय होइन कि जस्तो पनि लाग्दै थियो । तर त्यसबेला मैले मेरा पुराना दिन सम्झेँ- जुन बेला एउटामात्र होटल थियो र दुई रुपैयाँ डलरमा विदेशी पर्यटकलाई कोठा दिइन्थ्यो । यो सम्झेपछि लाग्यो, "जे भए पनि विगतभन्दा त धेरै कमाएको छु नि !" त्यसपछि मलाई राहत महसुस भयो । अनि आँट पनि आयो ।

मेरो इतिहासले विषम परिस्थितिमा पनि अझ आशावादी भएर अगाडि बढ्न मलाई हरेकपटक आत्मबल दिएको छ । अझै पनि मेरो पुरानो होटलमा एउटा कोठा दुई डलर भाडामा राखेको छु, इतिहास सम्भिmराख्नका लागि ।

म चाहन्छु, म सधैं आशावादी रहुँ । यदि मसँग आशा हुँदैनथ्यो भने सायद म कहिल्यै खुसी हुन सक्दैनथेँ । मेरी श्रीमती र छोरी क्यान्सरले बिते । मेरो आशावादी सोचले नै मलाई क्यान्सरविरुद्ध उभ्यायो । एक पैसामा क्यान्सर अस्पतालको अवधारणा सरकारलाई बुझाएँ । हुन त एक पैसा आफैंमा केही होइन, तर एक-एक पैसा धेरै भए भने भक्तपुर र भरतपुर क्यान्सर अस्पताल बन्न सक्दारहेछन् । आशावादी नभएको भए ती क्यान्सर अस्पताल त के, आफैं पनि प्रोस्टेट ग्रन्थिमा लागेको क्यान्सरले मरिसकेको हुन्थेँ । तर मसँग बाँच्ने आशा धेरै थियो, अनि आत्मबल पनि । त्यही आत्मबलले आफूलाई लागेको क्यान्सरलाई पनि हराएँ ।

आशावादी भइयो भने सकारात्मक सोच पलाउँछ । राम्रो सोचाइको परिणाम पनि राम्रै हुन्छ भन्ने मलाई विश्वास छ । सकारात्मक सोचले कर्तव्यबोध गराउँछ । त्यही कर्तव्यबोध नै समस्या समाधानका लागि अचुक ओखती हुँदोरहेछ । कर्तव्यले सधैं उद्यम गरिरहन सिकाउँछ, कुनै लोभलालचविना, एउटा कविले निरन्तर कविता लेखेझैं वा चित्रकारले चित्र बनाइरहेझैं ।

म जीवनमा पीडा नहोस् भनेर भगवानसँग प्रार्थना गर्छु । तर जीवनमा आइसकेको पीडाबाट निराश हुन्न । त्यही पीडाका आशाको नयाँ बाटो हेर्छु । त्यही आशाको सहायतालेे पीडालाई शक्तिमा परिवर्तन गर्छु । म पनि अरूजस्तै साधारण मानिस हुँ । मैले पनि धेरै भूल गरेको हुँला ।

आफूलाई अत्यन्त नैतिकवान् वा आदर्श व्यक्ति भन्दिन । काम गर्ने क्रममा जीवन चलोस् भन्छु । तर जीवन चलाउन राम्रो कुरा खोज्नु पर्दोरहेछ । जीवनमा समस्यासँगै राम्रा कुरा पनि जेलिएर आउँदारहेछन् । त्यस्तोबेला म आँखा चिम्लन्छु, अनि समस्यामा छोपिएका राम्रा कुराहरू देख्छु । मैले राम्रो कुरा खोज्नसकेँ भनेमात्रै म राम्रो मान्छे हुन सक्छु । यही नै मेरो जिन्दगी हो, मेरो विश्वास हो ।

यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ‘मेरो जिन्दगी मेरो विश्वास’ बाट साभार गरिएको हो ।

from: kantipur

परिवर्तन सम्भब छ ।

November 5, 2008

अमेरिका का नब निर्बाचित राष्ट्रपती का रुप मा आफुलाई बिजयी गराउन परिवर्तन को नारा का साथ अघी बढेका अफ्रिकन अमेरिकन मुल का बारक ओबामा को नारा ले सर्थकता पाएको छ । कुल प्राप्त मत को ५२ प्रतिसत मत प्राप्त गर्दै ओबामा अमेरिका का ४४औं राष्ट्रपतिमा निर्बाचित भएका छन उनका निकटतम प्रतिद्वन्दी जोन मेककेन ४७ प्रतिसत मत प्राप्त गरेका छन ।
उनले सबै लाई समेटेर अघी बढ्ने बताएका छन । जुन सबै का लागि खुशी को कुरा हो। माहशक्ती राष्ट्र अमेरिका का अस्वेत राष्ट्रपती बारक ओबामाले बिजयी सभा लाई सम्बोधन गर्दै जसले विश्व लाई हराउन चाहन्छ उसलाई हामी हराउने छौं र जो शान्ती र सुरक्षा चाहन्छन  हामी उनिहरुलाई मद्घत गर्छौं।अब्राहम लिन्कन को भनाइ लाई इङित गर्दै  उनले भनेका छन हामीले दुस्मनी लिएर हैन मित्रबत रुपमा अघी बढ्नु पर्छ ।

जे भएपनी उनले विश्व को हित मा काम गरुन र फेरी पनि कही कतै युद्ध नहोस हामीले यही कामना गरौ।ं उनलाई नबकार्यकाल को शुभकामना । 

म पनि कवी भएछु

November 2, 2008

म पनि कवी भएछु
शनिबार साहित्य अन्तर्गत नेपाली हरु बिच सर्ब प्रिय ब्लग माइ संसार डट कम ले मानिसहरु भित्र रहेका अद्रश्य प्रतिभा लाई बाहिर ल्याउने प्रयास थालेको छ । जुन तपाईं हामी सबै का लागि आफ्ना रचना हरु प्रस्तुत गर्ने अबसर मिलेको छ । हो यस्तै भ्एको छ मेरो जिबन मा पनि
बिगत केही साता देखी सन्चालन मा आएको फोटो हेर्नुस् अनी कबिता लेखानुस् प्रतियोगिता मा मैले पनि आफ्नो कबिता पठाएको थिएं । जसमा  ६५ जना प्रतियोगी कबिहरु ले भाग लिएका थिए । जस मध्ये मेरो कबिता सर्बप्रथम भएछ।
एउटा ब्यक्ती का लागि प्रतियोगी बनेर कुनै पनि पुरस्कार जित्नु त्यो पनि प्रसिद्ध ब्लग मा । मलाई त हर्ष को आसु नै झर्यो । आफुलाई बिजयी का रुप मा हेर्न पाउदा। सोही कबिता लाई आज मैले यहाँहरु समक्ष्य प्रस्तुत गरेको छु ।

जन्म लियौ तिमीले यस धर्ती मा
नेपाली माटो हावा पानी अनी
यो नेपाली संसार मा

तिम्रा ति कोमल उठेका हातले
नब युग को सुरवात गर्ने सन्केत गर्दै छ

तिम्रा निदाएका ति म्रिगनयनी आँखाले
सुन्दर समुन्नत नेपाल को सपना देखदो हो

तिम्रा ति कलीला मन मस्तिस्कले
शान्तीप्रिय नेपाल को खाका कोर्दो हो

तिम्रा ती हरेक मुट्ठी मा
एकता को दरिलो पन देखिदो

हे नव युग कि नव बालिका
नेपाल बाट नटाढियोस कदापी
तिम्रा मन मस्तिस्क र आँखा

जन्म लियौ आखिर तिमीले नेपाली भुमी मा
फलोस फुलोस सिङारियोस हाम्रो नेपाल
नव युग कि नव बालिका तिम्रो आगमनमा 

 

नेपाली हरुको महान चाड तिहार को हार्दिक मंगलमय शुभकामना ।

October 28, 2008

नेपाली हरुको महान चाड तिहार को उपलक्ष्य मा समस्त पाठक बर्ग हरु मा हार्दिक मंगलमय शुभकामना । साथ् साथै यहाँहरुको यस् बर्ष को तिहार रमाइलो सँग बितोस तथा यहाँहरु का हरेक इक्ष्या तथा चाहना हरु पुरा होस भन्ने कामना गर्दछु । 
सुभाष भण्डारी

बाल बालिका लाई सडक छाप हुन बाट बचाउ

October 23, 2008

आज माइ सन्सार ब्लग हेर्दै थिएं । त्यहां सडक बालबालिकाको दयनिय स्थिती को बारेमा लेखिएको लेख ले मलाई स्तब्ध बनायो । हुन त यहाँ धेरै सस्था छन बालबालिकाको नाम मा र पनि ति बाल बलिका ले सडक मा नै रात बिताउनु परेको छ । कलम कापी छैन हात मा गण्त्रन्त्रिक नेपाल मा पनि बाल बालिकाको स्थिती दयनिय छ । यस् घटना ले मेरो मन मस्तिस्क लाई सोच्न वाध्य बनाएका ले यो कबिता को मार्फत आफ्नो भाबना लाई उजागर गरेको छु ।

बाल बलिका को नाम मा लुट्ने यहाँ धेरै छन
सडकमा रात बिताउदा कती रुदो हो
ति अबोध बाल बालिका को कोमल मन
भबिस्यका कर्णधार हुन कलम कपी छैन हातमा
भएका छन टुहुरा आमा बा छैनन साथ मा
शिक्षा दिन पाये कती खुशी हुँदा हुन
अबसर पाये तिनले पनि सगर छुदा हुन

नहेप अब कसैले नि ति सडक बाल बालिका लाई
सक्छौ भने गर सहयोग हुनेछ तिन्को भलाई

सबै मिली तिनलाई सडक छाप हुनबाट बचाउ
कलम कापी खोजी देउ बिद्यालय पठाउ