सपनाको सपना

July 12, 2008

राजेन्द्र फुयाल

सपना मल्ल प्रधानले दिल्ली युनिभरसिटीबाट कानुनमा स्नातकोत्तर गरेपछि ‘कम्पनी वकिल’ भएर राम्रो आर्जनको सपना पालेकी थिइन् । जब उनको व्यावसायिक यात्रा सुरु भयो, गन्तव्य नै फेरियो । उनी कानुनको अभावमा न्याय नपाएका महिलाको पीडाको वकालत गर्नतिर लागिन् ।

सभासदसमेत भएकी अधिवक्ता प्रधान ‘गु्रबर अन्तर्रर्ााट्रय महिला अधिकार पुरस्कार’ जितेर कर्मको फल पाएकी छन् । साढे तीन करोड रुपैया“का अति सम्मानित उक्त पुरस्कार उनीसहित तीन अधिकारकर्मीले पाएका हुन् ।

अमेरिकाको गु्रबर फाउन्डेसनका अध्यक्ष स्वयंले टेलिफोन गरी आफूलाई पुरस्कृत गरिएको सुनाउ“दा सुरुमा उनलाई सपनाजस्तै लाग्यो । त्यसबारे विस्तृत जानकारी पाएपछि भने उनमा उत्साहको सीमा रहेन ।

‘लैंगिक असमानता र विभेद सम्बोधन गर्न नेपालमा भइरहेको कामप्रतिको यो अन्तर्रर्ााट्रय पहिचान र र्समर्थन हो,’ उनी भन्छिन्- ‘पैत्रिक सम्पत्तिमा समान अधिकार, गर्भपतनका र वैवाहिक बलात्कारसम्बन्धी असमान कानुन सुधारमा हामीले गरेको योगदानको कदर भएको छ ।’ वैवाहिक बलात्कारको मुद्दा उठाउ“दा आएको धम्की र खतरालाई उनले भुलेकी छैनन् । ‘त्यतिबेला मलाई होइन,’ उनी सम्झन्छिन्- ‘हामीले उठाएको मुद्दालाई सञ्चारमाध्यम र अधिकारकर्मीले साथ दिए । म के मुद्दा उठाइरहेकी छु र के उठाउनर्ुपर्छ भन्नेमा प्रस्ट छु ।’

असमान कानुन र हिंसापीडित महिलाको मुद्दा हर्ेदा उनीहरूको पुनर्स्थापनाका लागि सुविधासम्पन्न पुनर्स्थापना केन्द्र बनाउने धोको उनमा पलाएको छ । ‘सेल्टर, औषधोपचार, मनोवैज्ञानिक परामर्श, आवास सबै सुविधा हुनेछ,’ उनी भन्छिन्- ‘यसको सबै खर्च मैले गर्नु पर्दैन । ‘सिड मनि’ राखेर थप रकमका लागि अरू अधिकारकर्मी र दाताहरूलाई आग्रह गर्छर्ुसहयोग गर्न इच्छुकहरू धेरै हुनुहुन्छ ।’

सन् २००३ मा यो पुरस्कार पाएका दक्षिण कोरियाली जर्ज नवीनथम पिया अन्तर्रर्ााट्रय फौजदारी अदालत -आईसीसी) का न्यायाधीश छन् । यस्तो सम्मानित पुरस्कार नेपाली अधिकारकर्मीले पाउनुको पछाडि सञ्चारमाध्यम, महिला आन्दोलनकर्मी, नागरिक समाज र दलहरूको योगदान रहेको उनी बताउ“छिन् ।

‘व्यवस्थापिका नभएका बेला अदालती सक्रियताबाट समेत कानुन सुधार गर्न सकिएको छ,’ उनी सम्झन्छिन्- ‘हामीले उठाएको मुद्दालाई सञ्चारमाध्यमले र्सवसाधारणका घरमा नपुर्‍याएको भए यो अभियान सफल हुने थिएन ।’ लैंगिक समानतासम्बन्धी कानुनलाई व्यवस्थापिकाबाट छिटो पारित गराउन तत्कालीन सभामुख सुवास नेम्वाङ र दलहरूले गरेको योगदानको स्मरण गर्दै उनी भन्छिन्- ‘हामीले गरेको मस्यौदालाई सरकारले सदनमा लान सहयोग गरेको थियो । अदालती सक्रियताबाट मात्रै पनि ६४ असमान कानुन परिवर्तन भएका छन् ।’

नवलपरासीको कसिया गाउ“मा जन्मिएकी प्रधान निम्नमाध्यमिक शिक्षाका लागि राजधानी आएकी थिइन् । विभेदविरुद्ध उभिएपछि आफू वामपन्थी भएको उनी बताउ“छिन् । सामाजिक न्याय र समनताका आन्दोलनका अग्रणी अधिकारकर्मी मल्ललाई एमालेले समानुपातिक सिटबाट संविधानसभाको सदस्य बनाएको छ । सभासद पाएपछि बढेको व्यस्ततामा पुरस्कारको घोषणापछि उनलाई बधाई थाप्न पनि भ्याइनभ्याई भएको छ ।(from:kantipur)

उनले नजन्माएका सन्तान

June 27, 2008

आमा हुन गाह्रो छ पहाडजस्तो कवि तीर्थ श्रेष्ठको कवितामा जस्तै आमा हुन असाध्यै गाह्रो छ । सपनाको पछि लागेर सन्तानहरू त कहाँ-कहाँ पुगिदिन्छन् । आमाहरू भने सन्तानको बाटो हेरर बस्छन्, कति सन्तान त बचेराझै उडेर जान्छन् । तर, ती कहिल्यै फर्किंदैनन.
यी सबै कुरासँग उनलाई कुनै मतलब छैन । उनी त कयौं सन्तानकी आमा हुन् । उनी हुन्- पार्वती गुरुङ । रगतभन्दा भावना र संवेदनाको नाता गाढा हुन्छ । अहिलेसम्म आफ्नै कोखबाट सन्तान जन्मेको छैन । तर, आफूले स्याहारेका सन्ततीको भविष्यबारे दैनन्दिन सपना देख्छिन् उनी ।
उनका सपनाका खण्ड-खण्डमा १३ जना छोरा-छोरीले आफ्नो सुन्दर जीवनको प्लानिङ गर्दैछन् । पार्वती गुरुङका काखमा हुर्किरहेका छन्, । उनले नजन्माएका अनेक जात र थरका बचेराहरू, जो हुर्किएर पछि आकाशमा उड्नेछन् । त्यो उनको सपना पनि हो ।


रगतभन्दा भावना र संवेदनाको नाता गाढा हुन्छ । अहिलेसम्म आफ्नै कोखबाट सन्तान जन्मेको छैन । तर, आफूले स्याहारेका सन्ततीको भविष्यबारे दैनन्दिन सपना देख्छिन् उनी ।
‘यिनको भविष्य सुनौलो बनाउन लागिरहेकी म छँदाछँदै कसरी अनाथ भन्न मिल्छ यिनीहरूलाई ?’ आफ्ना सन्तानलाई अनाथ भन्नासाथ उनी झर्किन्छिन् । उनको गुँड छ, पनौतीस्थित एसओएस बालग्राममा । त्यहाँ उनले १३ सन्तान हुर्काइन् । बालग्राम अर्थात् बालकको गाउँ जहाँ १४ वटा घर छन् र सबै घरमा पार्वतीजस्तै आमाहरू आफूले नजन्माएका सन्तानका सपना बुनिरहेका हुन्छन् दिन-रात ।
किन बन्छन् नामहरू उनीहरूलाई थाहा छैन । तैपनि ती घरका नाम छन् । ती नाम नदीका नामबाट जुराइएका छन् । यो घरको नाम हो- अरुण । जहाँ सोमबार खुबै खुसियाली छाएको छ । मुसुमुसु हाँस्दै पार्वतीले भनिन्, ‘मेरा दुई सन्तानले हिजै मात्र प्रवेशिका पास गरे ।’ यी आमाका केही सपना पूरा त भए ।

उनैले हुर्काएका अनिता थापा र राकेश तामाङले एसएलसी पास गरेका हुन् । बालग्रामको बीचमा सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । आमाबिनाको रमाइलोको कुनै अर्थ थिएन । छोरा-छोरीले बोलाइरहेका थिए, ‘आमा आउनुस् है !’
यी आमाको काखमा छिन्, सबैभन्दा कान्छी छोरी काजोल शर्मा । भर्खरै चार वर्षकी पुगेकी काजोल बिछट्टै चञ्चल छिन्, जुरेलीजस्तै । घरमा अपरिचित जोसुकै पुगोस्, उनको उन्मुक्तता साँघुरिँदैन । काजोल हाँस्छिन्, रमाउँछिन् ।
पार्वतीले काजोलको कपाल मुसार्दै भनिन्, ‘यहाँ आउँदा मात्र २२ दिनकी थिई, यो छोरी’ । जन्म कसले दियो ? पार्वतीलाई यसको कुनै मतलब छैन । काजोल उनको गुँडमा छिन् । पखेटा हालिदिनु उनको सपना हो ।
पार्वतीका ममतामयी औंलाले काजोलका कपालका फेद सुसुम्याइरहेका थिए । काजोललाई यसको के मतलब उनी त घरीघरी गन्गनाउँथिन् । ‘मामु ! श्याम दाइलाई त म माया गर्दिनँ,’ तोतेबोलीमा पार्वतीको चिउँडो कोट्याउँदै काजोलले सुनाइन् ।
काजोलका दाइ-दिदी गलल्ल हाँसे । बालकहरू गल्ती गर्न लाइसेन्सप्राप्त हुन्छन् । उनीहरूको बचपनामा एउटा मीठो स्वर्ग लुकेको हुन्छ । त्यो स्वर्गमा फिस्स हाँसिन्- पार्वती । ‘रमाइलोको कुदाकुदमा श्यामको पछि दौडँदै गर्दा लड्न पुगिछ,’ यसरी श्याम दाइ र काजोलको झगडाको रहस्य पार्वतीले खोलिन्, ‘त्यसैले श्यामलाई माया गर्दिनँ भन्छे ।’

उनले हुर्काएका १३ सन्तानमध्ये तीनजनाले घर छोडिसकेका छन् । प्रवेशिका उत्तीर्णपछि छोराहरूलाई युथ फ्यासिलिटी होस्टलमा पठाइन्छ । सोमबार एसओएस दिवस परेकाले होस्टल बस्ने छोरा-छोरी पनि आएका थिए । उनले हुर्काएको जेठो छोरा नारायणसुन्दर सोनेपा काठमाडांै विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङमा ब्याचलर गर्दैछन् । कुरा गर्दा आमाको छेउमा थपक्क बसे, श्यामसुन्दर । ‘आमाले यतिसम्म बनाइदिनुभो,’ सोनेपाले भावुक हुँदै भने, ‘अब मैले आमा र देशका लागि केही गर्न बाँकी छ ।’ पार्वतीका जेठी छोरी सोविना र माइलो छोरा प्लस टु पढ्दैछन् । कान्छा छोरा विकास राना दुई कक्षामा पढ्दैछन् । कान्छी छोरी काजोललाई भने स्कुल पठाउन थालिएको छैन ।
पार्वतीसँग अहिले घरमा दसजना छोरा-छोरी बस्छन् । तीन छोरा होस्टलमा गएका छन् । मुख्य चाडपर्वमा परिवारका सबै जम्मा हुन्छन् । ‘तिजमा कस्तो रमाइलो हुन्छ,’ पार्वतीकी छोरी सोविनाले भनिन्, ‘बालग्रामभरिका छोरीहरू तिजमा एकैथलोमा जम्मा हुन्छांै र रमाइलो गर्छौं ।’ सोविना एसओएस कलेजमै पढ्छिन् । सबैजना बेलुकी घरको बैठकमा बसेर रमाइलो गर्छन् र दंग पर्छिन् पार्वती । ‘बेलुकी होमवर्क सकेपछि कथा सुनाउने र अन्ताक्षरी खेल्ने होडबाजी नै चल्छ,’ पार्वतीले सुनाइन् ।
३६ वर्षीया पार्वती एक आमा हुन् जसले कुनै सन्तानलाई जन्म दिएकी छैनन् । तर, उनको दैनिकी कुनै पारंगत आमाको भन्दा भिन्न छैन । उनको बिहे नै भएको छैन । बिहे गर्ने योजना पनि छैन । के बिहे नगरेर उनी दुःखी छिन् ? उनले भनिन्, ‘अहँ म औधि सुखी छु । ममताका सामु सबै दुःख पराजित हुन्छन् ।’

उनले सोलुखुम्बुदेखि आएर आफूले नजन्माएका सन्तानकै लागि ११ वर्ष बिताइन् । उनका बाँकी सबै दिन यसैगरी बित्नेछन् । यसमा शंका न त पार्वतीलाई छ, न त अरूलाई । बालग्रामले आमाहरूको रिटायर्ड-लाइफका लागि हजुरआमा घरको बन्दोबस्त गरिसकेको छ । उनी पनि त हजुरआमा हुन्छिन् नै, के छ उनको योजना ? ‘६० वर्ष नाघेपछि हजुरआमा बनेर बसौंला,’ उनले भनिन्, ‘अहिलेलाई यिनीहरूलाई हुर्काउन लाग्छु ।’

रामशरण बजगाइँ (साभार :नया पत्रीका )

मनमोहन अधिकारी

May 28, 2008

मनमोहन अधिकारी

नेपाली विकिपीडियाबाट


मनमोहन अधिकारी
मनमोहन अधिकारी

मनमोहन अधिकारी नेपालको इतिहासमा मात्र नभई विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए। उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य थिए। वि.सं.२०४६ को जनआन्दोलनताका नेकपा मार्क्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा माले सित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगे।

२०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए। उनको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्न पुग्यो।क्रमश :