छैन कोही आफ्नो यहाँ

March 16, 2009

 

छैन कोही आफ्नो यहाँ
सबै छन पराइ
कस्तो दिन आयो यहाँ
मानिसले मानिससँग बाचनु पर्ने डराइ

हांसो छैन खुशी छैन
छैन यहाँ अमन चयन
अशान्ती नै रोज्नु पर्ने
हाम्रो कुनै चाहना हैन
आवाज छ बन्द यहाँ
सुक्यो मसी कलम मा
कस्तो लेखा लेखिदिएउ दैब
हाम्रै प्यारो नेपाल मा

जतियता को रापले
नेपाल जल्न थालिसक्यो
एकता को गाथाअब
ईतिहासमै सिमित हुन थालिसक्यो
कसले सल्काइ दियो आगो
हाम्रो सुन्दर नेपालमा
एउटै जात का फुल अब
लड्न थाले हिमाल पहाड तराइमा

एक आपसमा हामी लडेको देख्दा
अन्धकारका बिच लम्पसार  नेपाल देख्दा
छच्लकिन्छ आसु आँखामा
कम्पन हुन्छ मुटुमा
साथी कम्पन हुन्छ मुटुमा  

म पनि कवी भएछु

November 2, 2008

म पनि कवी भएछु
शनिबार साहित्य अन्तर्गत नेपाली हरु बिच सर्ब प्रिय ब्लग माइ संसार डट कम ले मानिसहरु भित्र रहेका अद्रश्य प्रतिभा लाई बाहिर ल्याउने प्रयास थालेको छ । जुन तपाईं हामी सबै का लागि आफ्ना रचना हरु प्रस्तुत गर्ने अबसर मिलेको छ । हो यस्तै भ्एको छ मेरो जिबन मा पनि
बिगत केही साता देखी सन्चालन मा आएको फोटो हेर्नुस् अनी कबिता लेखानुस् प्रतियोगिता मा मैले पनि आफ्नो कबिता पठाएको थिएं । जसमा  ६५ जना प्रतियोगी कबिहरु ले भाग लिएका थिए । जस मध्ये मेरो कबिता सर्बप्रथम भएछ।
एउटा ब्यक्ती का लागि प्रतियोगी बनेर कुनै पनि पुरस्कार जित्नु त्यो पनि प्रसिद्ध ब्लग मा । मलाई त हर्ष को आसु नै झर्यो । आफुलाई बिजयी का रुप मा हेर्न पाउदा। सोही कबिता लाई आज मैले यहाँहरु समक्ष्य प्रस्तुत गरेको छु ।

जन्म लियौ तिमीले यस धर्ती मा
नेपाली माटो हावा पानी अनी
यो नेपाली संसार मा

तिम्रा ति कोमल उठेका हातले
नब युग को सुरवात गर्ने सन्केत गर्दै छ

तिम्रा निदाएका ति म्रिगनयनी आँखाले
सुन्दर समुन्नत नेपाल को सपना देखदो हो

तिम्रा ति कलीला मन मस्तिस्कले
शान्तीप्रिय नेपाल को खाका कोर्दो हो

तिम्रा ती हरेक मुट्ठी मा
एकता को दरिलो पन देखिदो

हे नव युग कि नव बालिका
नेपाल बाट नटाढियोस कदापी
तिम्रा मन मस्तिस्क र आँखा

जन्म लियौ आखिर तिमीले नेपाली भुमी मा
फलोस फुलोस सिङारियोस हाम्रो नेपाल
नव युग कि नव बालिका तिम्रो आगमनमा 

 

बाल बालिका लाई सडक छाप हुन बाट बचाउ

October 23, 2008

आज माइ सन्सार ब्लग हेर्दै थिएं । त्यहां सडक बालबालिकाको दयनिय स्थिती को बारेमा लेखिएको लेख ले मलाई स्तब्ध बनायो । हुन त यहाँ धेरै सस्था छन बालबालिकाको नाम मा र पनि ति बाल बलिका ले सडक मा नै रात बिताउनु परेको छ । कलम कापी छैन हात मा गण्त्रन्त्रिक नेपाल मा पनि बाल बालिकाको स्थिती दयनिय छ । यस् घटना ले मेरो मन मस्तिस्क लाई सोच्न वाध्य बनाएका ले यो कबिता को मार्फत आफ्नो भाबना लाई उजागर गरेको छु ।

बाल बलिका को नाम मा लुट्ने यहाँ धेरै छन
सडकमा रात बिताउदा कती रुदो हो
ति अबोध बाल बालिका को कोमल मन
भबिस्यका कर्णधार हुन कलम कपी छैन हातमा
भएका छन टुहुरा आमा बा छैनन साथ मा
शिक्षा दिन पाये कती खुशी हुँदा हुन
अबसर पाये तिनले पनि सगर छुदा हुन

नहेप अब कसैले नि ति सडक बाल बालिका लाई
सक्छौ भने गर सहयोग हुनेछ तिन्को भलाई

सबै मिली तिनलाई सडक छाप हुनबाट बचाउ
कलम कापी खोजी देउ बिद्यालय पठाउ

नरोउ आमा तिमी - गीत

June 27, 2008

 

गहभरी आंसु बोकी नरोउ आमा तिमी
तिम्रो आंसु पुस्न म चाडै फर्कदै छु
आएको थिएं पर्देसिएर बिरानो मुलुक मा
धन कमाइ तिमीलाई सुख दिने आसमा

आमा को मामता के हुन्छ बल्ल मैले बुझें
साथी सङ्गी दिदी दाजु भाई सम्झना बोकी
धन कमाउने आस लाई यही बिट मर्दै
गुन्द्रुक ढेंडो मै रमाउन् आफ्नै प्यारो नेपाल रोजें  

तिम्रो यादले तड्पायो मलाई बिरानो मुलुकमा
बिरामी भएर थला पर्दा बाबु भन्ने कोही छैन
मन भरी पिडा बोकी गल्ली गल्ली भौंतारिदा
के भयो तिमीलाई भनी सोधीदिने कोही छैन ।

अब सुख दु:ख सबै तिमी सँगइ साट्नेछु
तिम्रै सामु अब म मात्री भुमी सिङार्ने छु
आफ्नै पौरख पसिना मा रम्न अब सिक्ने छु
तिम्रो आसु पुछी असल छोरो को परिचय दिने छु

गह भरी आसु बोकी नरोउ आमा तिमी
तिम्रा सपना साकार पार्न अब म
जन्म भुमी नेपाल को न्यानो माया सांची
नेपाली भुमी र आकाशमा रम्दै अघी बढ्ने छु

दौरा सुरवाल ढाका टोपी नेपाली को सान हो

June 14, 2008

हिमाल पहाड तराइ का ति पाखा पखेरामा
खोला झर्ना बस्ती अनी नेपाली आकाश मा
मेरो प्राण भन्दा प्यारो देश नेपाल लुकेको छ
डाफे मुनाल शान्ती को सन्देश छर्दै
उडेका छन निस्चल खुला आकाशमा
लाली गुरास ढक्मक्क फुलेका छन बन पाखा मा
सुन्दर हिमाल हासेको छ मन्द मुस्कान छर्दै
हिमालको काख मा छौ हामी पसिना बगाउदै
रहन पाउ शान्तती भएर नेपालकै जुनी भरी
मात्री भुमी नेपाल कै माया छ मन मुटु भरी
दौरा  सुरवाल ढाका टोपी नेपाली को सान हो
हिमाली पहाडी मदेसी बिच एकाता नै
नेपाल अनी नेपाली को गौरबमय पहिचान हो